लोकतन्त्र दिवस र नेपालीले देखेका यथार्थहरु


ईन्द्र भूषाल, कुवेत

आज देशले फेरी लोकतन्त्र दिवस मनायो । सरकारी तवरबाट आफ्नै किसीमको कार्यक्रम गरेर औपचारिकता निभायो भने बिभिन्न राजनीतिक पार्टीहरुले आफ्नै पार्टीगत कार्यक्रम गरेर लोकतन्त्रको परिभाषा लगाए ।

नेपालमा लोकतन्त्र पटक-पटक अपहरणमा पर्ने गरेको छ । चाहे त्यो राजा महेन्द्रको पालामा होस् या ज्ञानेन्द्रको पालामा । जनताले चाहेको परीपाटी देशमा जनताको लागि कार्यनवयन गर्नुलाई नै सोझो शब्दमा लोकतन्त्र भन्ने बुझिन्छ । घरमा धेरै तला थप्ने चाहना राखिन्छ भने जग बसाल्दा बलियो किसिमले बसाल्नु पर्‍यो अनी जगमा प्रयोग हुने सामान पनि गुणस्तरको हुनुपर्छ अन्यथा तला थप्ने त के ढलान पनि नगर्दै भत्किन सक्छ बनाउदै गर्दाको घर ।

नेपालको लोकतन्त्र पनि यस्तै घरको कहानी जस्तो भएको छ । २०६२,६३ तिरको आन्दोलन हजारौ नेपालीहरुको ताकत अनी वीर शहीदहरुको बलिदानले सफल भएको हो । जनताले कस्तो किसीमको परिवर्तन चाहेका थिए र आज कस्तो दुर्दशा भोग्नु परेको छ सबैको सामुन्ने छर्लङ छ । लोकतन्त्रका पहरेदार भनेर कहिल्यै नथाक्ने नेताहरु आफ्नै पार्टी भित्रको लोकतन्त्रलाई बुटले कमिला किचे जस्तो गरेर अगाडि बढी रहेका छन । अन्तर पार्टी संघर्ष कुनै पनि राजनीतिक पार्टीमा राम्रो सँग लागु हुन सकेको छैन । नेताको बोली नै सर्बेसर्बा पार्टीमा लागु भईरहन्छ अनी आफै बिचार गरौ कसरी संस्थागत हुनसक्छ देशमा लोकतन्त्र ?

आफ्नै घर भित्र लोकतन्त्रको जग बसाल्न नसक्ने राजनेताहरुले कसरी बसाल्न सक्छन सिंगो देशमा लोकतन्त्रको परिपाटि ? जब पार्टी भित्र लोकतन्त्रको बिकास हुन्छ तब मात्र योग्य प्रतिनिधिको छनौट हुनसक्छ अनी मात्र जनताहरुले आफ्नो बिबेकले सहि उम्मेद्बारलाई छान्न सक्छन तब मात्र लोकतन्त्रको खम्बा बलियो हुनसक्छ । तर अफसोस् हाम्रो देश नेपालमा त्यस्तो हुन अझै सकेको छैन । प्रजान्तन्त्र भनेको लुट्तन्त्र जस्तो भएको छ । अशान्ति, अराजकता अनी न्यायपालिका लङगडो बन्दै गएको छ । लोकतन्त्रका आधारहरु लुट्तन्त्रका अगाडि निरिह बन्दै गईरहेका छन जुन एउटा लोकतन्त्र मनाएको देशको लागि मजाक बाहेक अरु के नै हुनसक्छ र ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.