Daily Archives: 24/04/2011

लोकतन्त्र दिवस र नेपालीले देखेका यथार्थहरु


ईन्द्र भूषाल, कुवेत

आज देशले फेरी लोकतन्त्र दिवस मनायो । सरकारी तवरबाट आफ्नै किसीमको कार्यक्रम गरेर औपचारिकता निभायो भने बिभिन्न राजनीतिक पार्टीहरुले आफ्नै पार्टीगत कार्यक्रम गरेर लोकतन्त्रको परिभाषा लगाए । पढ्नेक्रम जारी राख्नुहोस्

कथा कुमारी आमाहरूको


जनकराज सापकोटा/नारायणगढ

 हेटौँडा, बस्तीपुरकी कस्तूरी शर्मा २५, नारायणगढ बस्ने सम्झना थापामगर, २० र माडी कल्याणपुरकी कल्पना क्षेत्री २१, बीच कम्तीमा एउटा समानता छ। यी तीनै ख्यालख्यालमै कुमारीआमा बनेका हुन्। प्रेमको कमजोर धरातलमा फक्रिएको सम्बन्ध र त्यसैको परण्िमका रूपमा उनीहरूले खेप्नुपरेको सामाजिक दुत्कार यी तीनको साझा नियति हो। हेटाँैडा, भैँसेकी उर्वशी विष्ट र हटिया माइत भई हाल कमानेमा बस्ने कौशिला ठकुरी पनि यस्तै पात्र हुन्, जसले कुमारीआमा बनेपछिको सामाजिक सास्ती खेपिरहेका छन् र आँखाभर आँसु बहाइरहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

३२ वर्षपहिलेको मनाङबासी


प्रदीप पोखरेल, डेनेक/माइकल थोमा

 ३२ वर्षपछि खुलेको आकाश, आँखैमा ठोक्किने हिमाल । तर, उपल्लो मनाङको रित्तिँदो अवस्था । बसाइँ सर्नेहरूको ताँती । मनाङीहरूले खेती थन्काएर बदेन पर्व मनाइरहेका थिए । तीन वर्षमा एकपटक मनाइने सो पर्वमा अर्कोपटक सहभागी हुन पाइने हो या होइन, कसैलाई थाहा थिएन । कोही पर्व समापनसँगै थातथलोबाट टाढिँदै थिए । समुद्रपार व्यापारका लागि गाउँ छाड्ने तयारी गर्नेको संख्या ठूलो थियो । पढ्नेक्रम जारी राख्नुहोस्

साई बाबाको आज बिहान निधन .


 दुई दिनपछि अन्तिम संस्कार-
पुट्टापर्थी, वैशाख ११ (एजेन्सी)- भारतीय धर्मगुरु साई बाबाको आज बिहान सात बजेर ४० मिनेटमा ८५ वर्षको उमेरमा निधन भएको छ। श्वासप्रश्वास र मुटुमा समस्या देखिएपछि उनलाई चैत १४ गतेदेखि अस्पतालमा भर्ना गरिएको थियो। यो खबरपछि उनका हजारौँ भक्तहरु साई बाबाको निधन भएको अस्पतालतिर ओइरिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

नेपालकुवेत म्यानपावर एसोसियसनको “प्रेस विज्ञप्ती”


२१ अप्रील २०११ रात्री १० वजेको हाराहारीमा भएको मालीयाको एशिया-एशिया रेष्टुरेन्टमा अप्रत्याशित घटना प्रति नेपालकुवेत म्यानपावर एशोसियसनको ध्यानाकर्षण भएको छ । पारिवारिक भोजमा यस्ता कृयाकलापले नेपाली समाजको छवीलाई धमिल्याएको र कुवेतमा प्रवासी नेपालीहरुको आपसी सदभावको कमीको ठहर नेपालकुवेत म्यानपावर एसोसियसनले गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्