माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एवं कुवेतनेपाल डटकमको “प्रेस बिज्ञप्ती”


मिति :  २३ अप्रिल २०११

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतका भू. पू. प्रवक्ता एवं कुवेतनेपाल डटकमका भू. पू. सञ्चारकर्मी श्री सुजन के. सी. माथि २१ अप्रिल २०११ को साँझ, एक पारिवारिक भोजमा कुवेतको मालियास्थित एसिया-एसिया होटलमा भएको हातपातको घटना अत्यन्तै निन्दनिय भएको ठहर गर्दै उक्त घटना प्रति माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत एवं कुवेतनेपाल डटकम परिवार गम्भीर रुपमा खेद प्रकट गर्दछ ।

साथै, यस्ता किसिमका असहज कृयाकलापहरुले देश या बिदेशमा कुनै पनि नेपालीहरुको भलो नहुने हुँदा भविष्यमा कुनै पनि प्रवासी नेपाली माथि यस्ता घटना नदोहोरियून र सम्पूर्ण प्रवासी नेपालीहरुले अमन चयन र शान्तिका साथ जीवनयापन गर्न पाउने बाताबरणको सिर्जना होस् भन्दै यस घटनाको निष्पक्ष अनुसन्धान र तहकिकात गरि दोषीमाथि उपयुक्त कानूनी कार्वाहीको प्रकृया अगाडि बढाउन नेपाली राजदूताबास कुवेत समक्ष हामी हार्दिक अनुरोध गर्दछौं ।

श्री सुजन के. सी. हाल नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष, नेपालकुवेत डटकमका प्रबन्ध निर्देशक एवं गैर आवासिय नेपाली सँघ – राष्ट्रिय समन्वय समिती, कुवेतका सचिव समेत  हुनुहुन्छ ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत
एवं कुवेतनेपाल डटकम परिवार ।

टिप्पणीहरु बन्द गरियो ।