भलिबल प्रतियोगिता नेपालीहरुको मनोरञ्जनको लागि राख्दै आएका हौं: आषिश कुँवर


ईन्द्र भूषाल, कुवेत  

स्थापना सँगै भलिबल प्रतियोगिता राख्दै आएको कालीगण्डकी बचत समुहले आफ्नो चौंथो कार्यक्रम पनि पुन. भलिबल खेलाएर प्रवासी नेपाली खेलकुद प्रेमीहरुलाई मनोरन्जन प्रदान गरेको छ । गर्मी शुरु भईसकेको भएपनी भाग्यले नेपालीलाई फेरी एक पटक साथ दियो र अतिनै राम्रो वाताबरणमा सम्पूर्ण खेलहरु २२ अप्रिलमा सम्पन्न भए ।

आयोजक समितिको उचित व्यवस्थापन, खेलाडीहरुको अनुशासन अनी खेल खेलाउने रेफ्रिहरुको सही निर्णय र उपस्थित दर्शकहरुको माया ममताले अन्त्य सम्म खेलहरु रमाइलो सँग सम्पन्न भएका थिए । किन तपाईंहरुको चौंथो प्रस्तुती पनि भलिवल नै रह्यो भन्ने कुवेतनेपाल डटकमका संवाददाता ईन्द्र भूषालले राखेको जिज्ञासामा खेल सम्बन्धी छोटो प्रतिकृया दिंदै समुहका अध्यक्ष आषिश कुँवरले भलिबल एउटा यस्तो प्रतियोगिता हो जसले सजिलैसँग नेपालीहरुलाई मनोरन्जनका साथ आपसी भाईचाराको सम्बन्ध बलियो बनाउन मद्दत गर्ने र खेलाडीहरु बिचको सम्बन्ध अझै बलियो बनाउने गर्दछ त्यसैले भलिवलको आयोजना गरिएको धारणा व्यक्त गर्नु भयो ।

NRNA कुवेतका अध्यक्ष एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङ्ग प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा कुवेतमा रहेका बिभिन्न सँग-संस्थाका प्रतिनिधिहरु अतिथीको रुपमा रहनु भएको थियो । जस्मा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका अध्यक्ष किरण पौड्याल, उपाध्यक्ष धर्मराज गिरी, नयाँ नेपाल क्लबका अध्यक्ष दिल पुन, लालीगुराँस साँस्कृतिक परिवारका अध्यक्ष बि.बि मल्ल ठकुरी, कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले, तमू समाज कुवेतका अध्यक्ष अमर गुरुङ्ग र पत्रकारहरु लगायत बिभिन्न माहानुभाबहरुको उपस्थिती रहेको थियो ।

अन्तत: फेरी जित्यो SDFC ले
कुवेतको नेपाली भलीवल इतिहासमा लामो समयदेखी बलियो पकड बनाएको SDFC टिमले फेरी पनि फाईनलमा तमु समाजलाई हराउँदै प्रथम स्थान पाउन सफल भयो भने तमु समाजले उपबिजेतामा चित्त बुझाउनु परेको छ । तेस्रो स्थानमा नयाँ नेपाल क्लब रहेको थियो । बिजेता टिमलाई प्रमुख अतिथीले प्रमाण पत्र, सिल तथा खसी प्रदान गर्दै सफल रुपमा कार्यकरम सम्पन्न गरेकोमा आयोजक लगायत सबै खेलाडीहरुलाई बधाई दिनु भएको थियो ।

तमु समाजमा खुशीयाली  
यसैगरी स्थापनाको छोटो समयमानै नेपाली समाज कुवेतमा चर्चित बन्न पुगेको संस्था तमु समाज कुवेतका खेलाडीहरुले प्रदर्शन गरेको खेल देखेर तमु समाजमा खुशी छाएको थियो भने अर्को पटकको खेलको लागि राम्रो तयारीको व्यवस्था हुने पर्ने आवाज उठेको थियो ।

2 responses to “भलिबल प्रतियोगिता नेपालीहरुको मनोरञ्जनको लागि राख्दै आएका हौं: आषिश कुँवर

  1. indra dai thanks for news…

  2. good job kaligandaki keep it up always.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.