नेपाल पत्रकार महासंघ कुवेत शाखाको “प्रेस बिज्ञप्ती”


“नेपाल पत्रकार महासंघ कुवेत शाखा अध्यक्ष सुजन के.सि. माथि सांघातिक हमला”

एप्रिल-२१ बिहीवार बेलुकी कुवेतको मालिया स्थित होटल एसिया एसियामा हुँदै गरेको एक परिवारिक भोजको अबसर पारेर कुवेतमा केही समय देखी बिबादित बनेका मेनपावर ब्यबसायी राम चन्द्र सुबेदीले नेपाल पत्रकार महासंघ कुवेत शाखा अध्यक्ष सुजन के. सि. माथी सांघातिक हमला गरेको घटनाको नेपाल पत्रकार महासंघ कुवेत शाखा घोर भर्सना गर्दै दोषी राम चन्द्र सुबेदीलाई छिटो भन्दा छिटो कारबाही गर्न कुवेत स्थित नेपाली दुताबास र संबन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।

कुवेतमा लामो समय देखी मेनपावरको ब्यबसाय गर्दै समय-समयमा बिबादित बनेका निज राम चन्द्र सुबेदीले पछील्लो पटक कुवेत स्थित रिजनल गेट कम्पनीमा १५७ जना नेपाली सबारी चालक कामदारहरुलाई सबै नक्कली कागजातको भरमा ल्याएका थिए । उनिहरु मध्ये ७१ जनालाई कुवेतमै करीब १ महिना बिचल्ली बनाइ नेपाल फर्काइएको थियो भने गत हप्ता मात्र २ जनाको सबारी दुर्घटनामा मृत्‍यु भएको थियो । पछिल्लो जानकारी अनुसार कुवेतमा बाँकी ८६ जना मध्ये ८३ जना कामदारहरुले भिसा र सबारी चालक अनुमतीपत्रको माग गरे पछी कम्पनीले पुन सबै कामदारहरुको काम रोकी सबैया स्थित क्याम्पमा राखिएको बुझिएको छ ।

गत मार्च १३ मा सो कम्पनीमा ६० जना बिचल्ली नेपाली सबारी चालक कामदारहरुको अलपत्र सम्बंन्धी समाचार संप्रेषण गरेकै न्युमा कुवेतमा रहेका पत्रकारहरुलाई दिन-दिनै धम्की आएको थियो भने सोही बिबादमा समाचार बाहिर ल्याउन सघाएको न्युमा नयाँ नेपाल क्लब कुवेतका अध्यक्ष दिल पुन माथि नेपाली दुताबास भित्रै निज राम चन्द्र सुबेदीले सांघातिक हमला गरेका थिए।यसै बिषयलाई लिएर कुवेतको संघ संस्थाका प्रतिनिधी माथि दुताबासमै थप्पडलगाउने अनी दिन रात कुवेतमा रहेका पत्रकारहरुलाई धम्क्याउने निज राम चन्द्र सुबेदीलाई कारबाहीको लागि नेपाली दुताबासमा अनुरोध गरिए पनि दुताबासले दुई पक्षलाई (दिल पुन तथा राम चन्द्र सुबेदी) बोलाई कुरा मिलाई छोडिएको अपुष्ट जानकारी प्राप्त भएको छ ।

यसरी पटक पटक बिबादित बनेका निज राम चन्द्र सुबेदिलाई नेपाली दुताबासले कुनै कारबाही नगर्नु र कसैको आडमा अझै पनि कुवेतको नेपाली समाजमा लामो समय देखी आफ्नो सामाजिक ब्यक्तित्व कायमा राख्न सफल नेपाल पत्रकार महासंघ कुवेत शाखा अध्यक्ष सुजन के.सि. माथि सार्बजनिक स्थानमा र बिशुद्द परिवारिक जमघटमा सांघेतिक हमला गर्नुले कुवेतमा रहेका सम्पूर्ण पत्रकारहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।

कुवेतमा लामो समय देखी समाज सेबामा समर्पित सुजन के. सि. कुवेतमा रहेको नेपाल कुवेत डटकम र मरुभुमीको कोसेली पत्रीकाको स्थापना कालदेखीकै प्रबन्ध निर्देशक हुनुहुन्छ भने नेपाल पत्रकार महासंघ कुवेत शाखाको अध्यक्ष, एन आर एन कुवेत सचिब लगाएत कुवेतका दर्जन भन्दा बढी नेपाली संघ-संस्थामा आबद्द हुनुहुन्छ ।

“नेपाल पत्रकार महासंघ कुवेत शाखा अध्यक्ष सुजन के.सि. माथि सांघातिक हमला” भएको घटना प्रति नेपाल पत्रकार महा संघ कुवेत शाखा घोर भर्सना गर्दै नेपाली दुताबास कुवेत, नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यलय काठमान्डौं, कुवेतमा रहेका नेपाली संघ-संस्थाहरु, देश बिदेशमा रहेका प्रेस कर्मी तथा संघ-संस्था र सम्बन्धित निकायहरुलाई दोषी राम चन्द्र सुबेदीलाई कडा भन्दा कडा कारबाहीको लागि हार्दिक अनुरोध गर्दछ ।

नेपाल पत्रकार महासंघ कुवेत शाखा

One response to “नेपाल पत्रकार महासंघ कुवेत शाखाको “प्रेस बिज्ञप्ती”

  1. nepali cheli bechera matrai pugena chha ki k ho? aba gunda gardi pani garna thale chha? yesto charitrahin byakti lai turunta karebahi garnu ati jaruri chha. tesaile sambandhit nikaye sanga anurodh garda chhu ki yesta byakti lai turunta karebahi gariyos.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.