कालीगण्डकी बचत समुहद्वारा आयोजित भलिवल प्रतियोगिता सम्पन्न: SDFC ले पुन. कब्जा जमायो


जय आले, कुवेत

नेपाली नयाँ वर्ष २०६८ को स्वागतार्थ कुवेतवासी नेपालीहरुबीच शुभकामना आदान प्रदान गर्दै आपसी सम्बन्ध प्रगाढ बनाउने उदेश्यले बिगत २ वर्षदेखी कुवेतमा कृयाशिल रहेको संस्था कालीगण्डकी बचत समुह, कुवेतले आफ्नो चौंथो कार्यक्रम स्वरुप आयोजना गरेको अन्तर नेपाली भलिवल प्रतियोगिता २२ अप्रिल २०११ को दिन, कुवेतको मङ्गाफस्थित भलिवल मैदानमा अत्यन्त सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ ।

NRNA कुवेतका अध्यक्ष श्री राजेन्द्र तामाङ्गज्यूको प्रखुम आतिथ्यमा सम्पन्न भएको उक्त भलिवल प्रतियोगितामा जम्मा ११ नेपाली टिमहरुले सहभागी जनाएका थिए । जसको “A” पोलबाट तनहुँ पोखरा, नयाँ नेपाल-ए, SDFC, न्यु स्पोर्टस र कालीगण्डकी रेड थिए भनें “B” पोलबाट कालीगण्डकी हवाईट, नयाँ नेपाल-बि, नव प्रतिभा, क्रेज नेपाल, तमू समाज र नेशनल खराफी रहेका थिए ।

नक आउटको आधारमा खेलाईएको उक्त प्रतियोगिताको समुह चरणका खेलहरुमा आफ्ना निकट्तम प्रतिश्पर्धीहरुलाई पराजित गर्दै SDFC, नयाँ नेपाल-ए, तमू समाज र नव प्रतिभाले सेमिफाइनल चरणको यात्रा तय गरे, भनें सेमिफाइनलमा SDFC ले नयाँ नेपाल-ए लाई र तमू समाजले नव प्रतिभालाई पराजित गर्दै फाइनलमा प्रवेश गर्न सफल भए ।

फाइनल खेल SDFC र तमू समाज बिच अत्यन्तै प्रतिश्पर्धात्मक शैलीमा प्रस्तुत भए पनी कुवेतको नेपाली भलिवल जगतमा बिगत लामो समयदेखी आफ्नो कब्जा जमाउँदै आएको सशक्त टिम SDFC को अगाडि आखिर तमू समाजले लगातार २ सेटमै हारको परिणाम भोग्दै उपबिजेतामा चित्त बुझाउनु पर्‍यो, भनें SDFC ले पुन. एकपटक बिजेताको उपाधी कब्जा गरेको छ ।

आयोजकले प्रथम, दित्तिय र तृतिय हुने टिमहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको उक्त भलिवल प्रतियोगितामा दोस्रो उप-बिजेता अर्थात थर्ड पोजिसनको लागि नयाँ नेपाल-ए र नव प्रतिभा बिच पनि प्रतिश्पर्धात्मक खेल प्रदर्शन भएको थियो तर जित भनें नयाँ नेपाल-ए को पक्षमा परेको छ । यसैगरी मेन अफ द म्याचको उपाधी तमू समाजका कुशल खेलाडी राकेश गुरुङ्गले हात पारे भनें बेस्ट टिमको उपाधी नव प्रतिभाले प्राप्त गरेको छ ।

प्रतियोगितामा प्रथम, दित्तिय र तृतिय हुने टिमहरुलाई ट्रोफी, प्रमाणपत्र र खसी उपहार दिई सम्मान गरिएको छ । निर्धारित समय बिहान ८ बजेदेखी शुरु गरिएको उक्त भलिवल प्रतियोगिता सम्पन्न गर्दा साँझको ६ बजिसकेको थियो ।

2 responses to “कालीगण्डकी बचत समुहद्वारा आयोजित भलिवल प्रतियोगिता सम्पन्न: SDFC ले पुन. कब्जा जमायो

  1. well done tamu samaj vollyball team.we are so proud of u guys.keep it up

  2. Thanks lot Tamu samaj kuwait ka volleyball team we are so glad it short period improved well done .sampurna tamu samaj supporter.

    Amar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.