अनुजा’bout अन्योल


हर्ष सुब्बा,

सार्वजनिक बसमा छुटेको रकम फिर्ता दिएको विषयमा अनुजा बानियाँको सर्वत्र प्रशंसा भयो । तर शुक्रबार दिनभर प्रश्न व्याप्त भयो- ‘पैसा पाउने व्यक्ति खोइ त ?’

भोजपुर भुल्के घर भई धरान बस्ने २१ वषर्ीया अनुजाका अनुसार उनले काठमाडौं सीतापाइलाका पुरुषोत्तम पोखरेललाई ९१ लाख रुपैयाँ र हीराको हार भएको झोला बुझाएकी थिइन् ।

ती व्यक्ति कहाँ छन् त ? ‘सम्पर्क गरेको नम्बरसमेत डिलिट भएछ,’ अनुजा भन्छिन् । प्रहरी, प्रशासन र सञ्चारकर्मीबाट यसमा चासो भएपछि उनले आफूले काठमाडौंमा सम्पर्क गरेका र आफूलाई फोन आएका नम्बर पत्ता लगाइदिन प्रहरीलाई आग्रह गरेकी छन् । ती नम्बरका आधारमा पैसा बुझ्ने व्यक्ति पत्ता लगाई छानबिन गर्नसमेत उनले अनुरोध गरेकी छन् ।

उनले पैसा बुझाएको भन्ने समाचारका तयारीका सिलसिलामा पुरुषोत्तमका परिवारका सदस्य भन्दै कान्तिपुरलाई सम्पर्क गरेका -छोरी) सुधा, -छोरा) अनिल र

-मीतछोरी) अनिता कार्की भने पुनः सम्पर्कमा छैनन् । उनले पुरुषोत्तमलाई सार्वजनिक हुन आग्रह गरेकी छन् । ‘धेरैले धेरैथरी सोचेकाले फिर्ता पाउने व्यक्ति -पुरुषोत्तम) लाई सार्वजनिक हुन आग्रह गर्छु,’ उनले शुक्रबार कान्तिपुरसँग भनिन्, ‘राम्रो काम गर्दा उल्टै मेरो बदनाम हुन थाल्यो ।’

धरानमा सँगै बस्ने अनुजाका दाजु -ठूलो बुबाका छोरा) कुमार बानियाँले भने बहिनीले पैसा भेट्टाएको र फिर्ता दिएको कुरामा त्यति पत्यार नलागेको प्रतिक्रिया दिएका छन् । अनुजाले पैसा भेट्टाएको भनेको समयमा हलेसी घुम्न गएका कुमारले भने, ‘म बाहिर घुम्न गए पनि घरमा छोरो थियो । त्यति ठूलो रकमसहितको झोला भेट्टएिको भए उसले पनि थाहा पाउनुपर्ने हो ।’ उनले अनुजा डेढ महिनादेखि आफूसँगै बस्दै आएकी बताए ।

 चैत २६ गते इटहरीबाट धरानको सार्वजनिक

बसमा आफूले उक्त सम्पत्तिसहितको झोला फेला पारेको र २८ गते पोखरेललाई फोन गरेर सम्पत्ति फिर्ता दिएको दाबी अनुजाले गर्दै आएकी छन् । यससम्बन्धी समाचार सार्वजनिक भएपछि उनलाई राष्ट्रपतिले समेत टेलिफोन गरी बधाई दिएका थिए । घटनापछि उनी इटहरीस्थित दिदी-भिनाजुकहाँ बस्दै आएकी छन् ।

भिनाजु चक्र बिष्टले पैसा बुझाएको समाचार आइसकेपछि मात्र आफूले अनुजाको यो घटना’bout थाहा पाएको बताए । ‘फोन डायलका आधारमा यसको सत्यतथ्य बुझ्न प्रहरीलाई अनुरोध गर्छौं,’ उनले भने ।

पैसा फेला पारी बुझाएको समाचार पुरुषोत्तमका मीतछोरी भन्दै धरानकै अनिता कार्की नामक युवतीले दिएकी थिइन् । पुरुषोत्तमकै छोरा बताउने अनिल पोखरेलले समेत इटहरीबाट टेलिफोन गरी यस’bout थप पुस्ट्याइँ गरेका थिए । ‘तर उनीहरू कोही सम्पर्कमा छैनन्,’ बिष्टले भने ।

Source: ekantipur     Posted By: Thapa Bikram

One response to “अनुजा’bout अन्योल

  1. anuja timile ramro kam garechhau ni ta malai pani khusi ko khabar sanda dhere khusi lago ma chudaraj

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.