Daily Archives: 23/04/2011

भलिबल प्रतियोगिता नेपालीहरुको मनोरञ्जनको लागि राख्दै आएका हौं: आषिश कुँवर


ईन्द्र भूषाल, कुवेत  

स्थापना सँगै भलिबल प्रतियोगिता राख्दै आएको कालीगण्डकी बचत समुहले आफ्नो चौंथो कार्यक्रम पनि पुन. भलिबल खेलाएर प्रवासी नेपाली खेलकुद प्रेमीहरुलाई मनोरन्जन प्रदान गरेको छ । गर्मी शुरु भईसकेको भएपनी भाग्यले नेपालीलाई फेरी एक पटक साथ दियो र अतिनै राम्रो वाताबरणमा सम्पूर्ण खेलहरु २२ अप्रिलमा सम्पन्न भए । पढ्नेक्रम जारी राख्नुहोस्

कालीगण्डकी बचत समुहद्वारा आयोजित भलिवल प्रतियोगिता सम्पन्न: SDFC ले पुन. कब्जा जमायो


जय आले, कुवेत

नेपाली नयाँ वर्ष २०६८ को स्वागतार्थ कुवेतवासी नेपालीहरुबीच शुभकामना आदान प्रदान गर्दै आपसी सम्बन्ध प्रगाढ बनाउने उदेश्यले बिगत २ वर्षदेखी कुवेतमा कृयाशिल रहेको संस्था कालीगण्डकी बचत समुह, कुवेतले आफ्नो चौंथो कार्यक्रम स्वरुप आयोजना गरेको अन्तर नेपाली भलिवल प्रतियोगिता २२ अप्रिल २०११ को दिन, कुवेतको मङ्गाफस्थित भलिवल मैदानमा अत्यन्त सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

घुराइ बानी होइन, रोग


वैशाख १० – सुत्दा घुर्ने बानी छ ? घुर्दाघुर्दै सास रोकिनाले आत्तिएर ब्युँझने गर्नुभएको छ ? राति बारम्बार निद्रा खलबलिन्छ ? निद्रामा बर्बराउनुहुन्छ ? उत्तर सकारात्मक छ भने एकपटक चिकित्सक कहाँ गइहाल्नुस् । बढी घुर्नु आफैंमा एउटा रोग हो ।  पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एवं कुवेतनेपाल डटकमको “प्रेस बिज्ञप्ती”


मिति :  २३ अप्रिल २०११

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतका भू. पू. प्रवक्ता एवं कुवेतनेपाल डटकमका भू. पू. सञ्चारकर्मी श्री सुजन के. सी. माथि २१ अप्रिल २०११ को साँझ, एक पारिवारिक भोजमा कुवेतको मालियास्थित एसिया-एसिया होटलमा भएको हातपातको घटना अत्यन्तै निन्दनिय भएको ठहर गर्दै उक्त घटना प्रति माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत एवं कुवेतनेपाल डटकम परिवार गम्भीर रुपमा खेद प्रकट गर्दछ । पढ्नेक्रम जारी राख्नुहोस्

अनुजा’bout अन्योल


हर्ष सुब्बा,

सार्वजनिक बसमा छुटेको रकम फिर्ता दिएको विषयमा अनुजा बानियाँको सर्वत्र प्रशंसा भयो । तर शुक्रबार दिनभर प्रश्न व्याप्त भयो- ‘पैसा पाउने व्यक्ति खोइ त ?’

भोजपुर भुल्के घर भई धरान बस्ने २१ वषर्ीया अनुजाका अनुसार उनले काठमाडौं सीतापाइलाका पुरुषोत्तम पोखरेललाई ९१ लाख रुपैयाँ र हीराको हार भएको झोला बुझाएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल पत्रकार महासंघ कुवेत शाखाको “प्रेस बिज्ञप्ती”


“नेपाल पत्रकार महासंघ कुवेत शाखा अध्यक्ष सुजन के.सि. माथि सांघातिक हमला”

एप्रिल-२१ बिहीवार बेलुकी कुवेतको मालिया स्थित होटल एसिया एसियामा हुँदै गरेको एक परिवारिक भोजको अबसर पारेर कुवेतमा केही समय देखी बिबादित बनेका मेनपावर ब्यबसायी राम चन्द्र सुबेदीले नेपाल पत्रकार महासंघ कुवेत शाखा अध्यक्ष सुजन के. सि. माथी सांघातिक हमला गरेको घटनाको नेपाल पत्रकार महासंघ कुवेत शाखा घोर भर्सना गर्दै दोषी राम चन्द्र सुबेदीलाई छिटो भन्दा छिटो कारबाही गर्न कुवेत स्थित नेपाली दुताबास र संबन्धित सबैमा हार्दिक अनुरोध गर्दछ । पढ्नेक्रम जारी राख्नुहोस्