दूतावासको एक बर्षे कार्यकाल र नेपालीले पाएका सुविधाहरु


ईन्द्र भूषाल, कुवेत  

कुट्नैतीक सम्बन्ध स्थापनाको लामो समयपश्चात नेपाल सरकारले कुवेतमा नेपाली राजदूतावास स्थापना गरेको पनी एक बर्ष बितिसकेको छ । कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाहरुले भब्यरुपमा स्वागत गर्दै राजदूतलाई कुवेतमा नेपालीहरुको बाक्लै जन-घनत्व रहेको संकेत गरेका थिए । दूतावास नहुँदाको पिडा पटक-पटक भूगतीसकेका नेपालीहरुलाई दूतावास आएपछी सरल र सहज तरिकाले काम हुनेछ भन्ने आशा पलाउनु गलत थिएन । एक बर्षको अन्तरालमा दूतावासले आफ्नो श्रोत र साधनले पुगेजती काम गर्दै आएको हरेक कुवेतवासी नेपालीको मुखबाट सुन्न पाईन्छ । यद्दपी, बेला बेलामा दूतावास विवादमा नपरेको भने पक्कै होइन । काम गर्दै जाँदा गल्ती, कमी, कमजोरी हुनु स्वाभाविक हो तर त्यसलाई सच्याएर लाने काम गर्नु नै बुद्विमानी मानिन्छ, जुन काम दूतावासले गर्दै आएको छ । एक समय यस्तो थियो मरे पनी महिनौ सुत्नु पर्ने फ्रिजको काखमा तर अब त्यो संकट टरेको छ कुवेतवासी नेपालीको लागि ।

नेपालबाट भारत हुँदै कुवेतको बिभिन्न शहरमा आई घरमा काम गर्ने नेपाली नारीहरु अब आनन्दसँग नेपालबाटै सिधा कुवेत आएका छन, जुन अतिनै राम्रो शुरुवात हो, दूतावासको । गैह्र-कानुनी किसिमले कुवेतमा बस्न वाध्य चेलीहरुलाई सेल्टरसम्म दिएको छ दूतावासले जुन अतिनै सराहनिय कार्य हो । समग्रमा भन्नुपर्दा हजारौं नेपालीहरुलाई रोजगारी प्रदान गर्ने म्यानपावर व्यवसायी नेपाली दाजुभाई, दिदीबहिनीहरु पनि संगठित भएका छन अनी प्रकृयागत ढंगले रोजगारी दिएका छन नेपालीहरुलाई । शायद दूतावासको राम्रो पहल र व्यवसायीको उद्वार मन नभए त्यो पनि सम्भव थिएन ।

दूतावास नेपालीका समस्या समाधान गर्न मात्र होइन देशको परराष्ट्र नीतिलाई लागु गर्दै अन्य देशसँग राम्रो कुटनीतिक सम्बन्ध स्थापना गर्ने प्रमुख माध्यम हो, जसले गर्दा नेपालको सम्बन्ध सम्बन्धित देशसँग गाढा बनोस । नेपाली दूतावास कुवेतमा स्थापना भएको धेरै समयपश्चात नेपाल सरकारको तर्फाबाट उच्च तहको भ्रमण परराष्ट्रमन्त्रीको भएको थियो त्यसलाई पनि केही उपलब्धी मान्नु पर्छ भनें कुवेत स्वतन्त्रताको पचासौं वार्षिक कार्यक्रममा नेपाली राष्ट्रपतीले गरेको कुवेत भ्रमण अनी कुवेत सरकारले दिएको सम्मान झन भुल्नै नसकिने छ ।

कुवेतले नेपालको राजधानीको बाटो मर्मतको लागि चासो देखाएको छ भनें बिभिन्न तरिकाले सम्बन्ध प्रगाढ बन्दै गएको छ । दूतावास आएपछी नेपालको लागि भिषा रोकिएको छैन भनें नेपालीहरु कुवेत भित्रिने क्रम तिब्र भएको छ, जे कामको लागि दूतावासको स्थापना भएको हो केही मात्रमा त्यो भएको छ भन्दा फरक पर्दैन ।

नेपाली सँघ-संस्थाको गतिबिधि पनी सोंचेभन्दा बढी भएका छन । दुई दर्जन त संस्थाहरु नै पुगिसकेका छन । सकि-नसकी र भ्याई-नभ्याई पुग्नु हुन्छ हाम्रा महामहिम राजदूत नेपालीहरुले बोलाएको नेपाली कार्यक्रमहरुमा… लाग्छ उहाँ नेपाली समाज र आफ्ना नेपाली दाजुभाई-दिदीबहिनीहरुको मन आफु बसुन्जेल कुँडाउन/दुखाउन चाहनु हुन्न । जसलाई “धेरै पाएका छौ नेपालीले तर गुमाएका छैनौं केही” भन्दा अत्युक्ती नहोला ।

Posted by: Jay Ale

3 responses to “दूतावासको एक बर्षे कार्यकाल र नेपालीले पाएका सुविधाहरु

  1. great indra dai bhayako yathartha kura lekhnubhayo.sadai alochana hoina real kura pani lekhnuparcha.dutabash ayapachi dherai ramro bhayako chha.

  2. thank indra ji for giving progress of nepal embassy in kuwait.nice to see yopu in media group of kuwaitnepal.com

  3. Indra Jee,

    Luv to read your article, keep up your great effort:)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.