Daily Archives: 20/04/2011

नेताहरुको उदाहरण बनिन् राधा ज्ञवाली


ईन्द्र भूषाल, कुवेत

सत्ताधारी पार्टीको कारणले गर्दा सरकारमा जान नपाएको रोदनमय गुनासो पोख्दै देश दौडाहामा मधेसी जनाधिकार फोरमका अध्यक्ष कुर्ली रहेको बेला मन्त्री पद पाएर पनि सपथ नलिईकन पद मुक्त भईन, एमाले महिला नेत्री राधा ज्ञवाली । सत्ता भनेपछी मरिहत्ते गर्ने नेपाली राजनीतिक पार्टीका नेताहरुलाई महिला नेत्रीको यो कामले थोरै भए पनी लाज मान्नु पर्ने रहेछ भन्ने सिकाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतबाट उम्कन सफल १८ महिलामध्ये झापाकी कुशुम शर्मा निकै आँटिली


होम कार्की ( कान्तिपुर संवाददाता )

कुवेतबाट उम्कन सफल १८ महिलामध्ये झापाकी कुशुम शर्मा निकै आँटिली देखिइन् । उनी ‘बन्धक’को अवस्थाबाट मुक्त भएर घर फिर्न पाएकोमा जति खुसी देखिन्थिन्, त्योभन्दा बढी यहाँबाट अवैध रूपमा मानिस पठाउने दलालले त्यहाँको एजेन्सीसँग मिलेर गर्ने ‘मानव कारोबार’ देखेर चिन्तित थिइन् पढ्नेक्रम जारी राख्नुहोस्

गजब छ बाँ !


मिटराँ हैन लिटराँ भे जाने ! एक लिटर प्यार्टोल लागे एक हजार रूपे…

दुई लागे दुई हजार… पढ्नेक्रम जारी राख्नुहोस्

वरिष्ठ कलाकार हरिवंशलाई पत्नी शोक


डम्बर रिमाल, कुवेत

आयो टप्प टिप्यो लग्यो मिती पुग्यो टारेर  टर्दैन त्यो… जस्तै बिन्ती गरोस झुकेर पदमा त्यो बिन्ती सुन्दैन त्यो…

वैशाख ७ – बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यलाई पत्नी शोक परेको छ । ४६ वर्षीया मिरा आचार्यको काठमाडौंको मोडल अस्पतालमा उपचारका क्रममा  बुधबार बिहान निधन भएको हो । लामो समयदेखि मुटुरोगबाट आचार्य पिडीत थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्

दूतावासको एक बर्षे कार्यकाल र नेपालीले पाएका सुविधाहरु


ईन्द्र भूषाल, कुवेत  

कुट्नैतीक सम्बन्ध स्थापनाको लामो समयपश्चात नेपाल सरकारले कुवेतमा नेपाली राजदूतावास स्थापना गरेको पनी एक बर्ष बितिसकेको छ । कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाहरुले भब्यरुपमा स्वागत गर्दै राजदूतलाई कुवेतमा नेपालीहरुको बाक्लै जन-घनत्व रहेको संकेत गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

धन्य अनुजा ! जसले भेट्टएको ९१ लाख रुपैयाँ फिर्ता दिइन्


हर्ष सुब्बा/धरान, वैशाख ७ । पैसाको लोभमा मान्छे कत्रा- कत्रा अपराध गर्न पछि पर्दैनन् । त्यस्ताले सिक्नुपर्छ अनुजाबाट, जसले भेट्टाएको ९१ लाख रुपैयाँ र हीराको हार सम्बन्धित व्यक्ति पत्ता लगाइकन फिर्ता दिइन् ।

काठमाडौं सीतापाइलाका ६५ वर्षिय पुरुषोत्तम पौडेलले आईएमईबाट इटहरी पैसा पठाए । भोलिपल्ट आएर उनैले बुझे र जेठी छोरी सुधा पोखरेललाई घर किन्न पुर्‍याइदिन धरान जाने बस चढे । पढ्नेक्रम जारी राख्नुहोस्

पासपोर्ट दुरुपयोगमा २ सभासद पक्राउ


प्रतिमा बास्कोटा/काठमाडौ, वैशाख ७ । कूटनीतिक राहदानी दुरुपयोग गरेको प्रमाणसहित प्रहरीले दुई सभासदलाई पक्राउ गरेको छ । जनता दलकी समानुपातिक गायत्री साह र मधेसी जनअधिकार फोरमका विश्वनाथप्रसाद यादवलाई प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार पक्राउ गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्