भोलिदेखि काठमाडौँमा एएफसी प्रेसिडेन्टस कपको खेल


काठमाडौं, वैशाख ६ (नागरिक)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी प्रेसिडेन्ट्स कपको समूह चरण आयोजनाको सबै तयारी पूरा भएको जनाएको छ । समूह ‘सी’ का खेल बुधबारदेखि दशरथ रंगशाला र सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा हुँदैछ ।

प्रेसिडेन्ट्स कपमा नेपालको प्रतिनिधित्व नेपाल पुलिस क्लबले गर्नेछ। समूह चरण खेल्न तुर्कमेनिस्तानको एफसी बाल्खन फुटबल क्लब शनिबार नै काठमाडौं आइसकेको छ भने पाकिस्तानको वाप्डा फुटबल क्लब र चाइनिज ताइपेको ताइवान पावर कम्पनी सोमबार आइपुगेका छन्। पहिलो दिन बुधबार दशरथ रंगशालामा पुलिस र वाप्डाबीच प्रतिस्पर्धा हुनेछ। सोही दिन हल्चोकमा ताइवान पावर र बाल्खनबीच खेल हुनेछ। पुलिसका सबै खेल दशरथ रंगशालामै हुनेछ। वैशाख ९ मा बाल्खनसँग खेल्ने पुलिसले ११ गते ताइवान पावरको सामना गर्नेछ। राउन्ड रोबिनपछि शीर्ष दुई टोली फाइनल चरणमा पुग्ने छन्।

खेल संचालन गर्न म्याच कमिस्नर, रेफ्री एसेसर, फिफा रेफ्री, फिफा सहायक रेफ्री सबै शनिबारै काठमाडौं आइसकेका छन्। एसियाली फुटबल महासंघ (एएफसी) को ग श्रेणीमा परेका राष्ट्रका लिग च्याम्पियनले प्रेसिडेन्ट्स कपमा भाग लिने प्रावधान छ। समूह चरणमा भाग लिने हरेक टोलीलाई तयारीस्वरुप एएफसीले १५ हजार अमेरिकी डलर उपलब्ध गराएको छ। एन्फा महासचिव धीरेन्द्र प्रधानले प्रेसिडेन्ट्स कपको समूह चरण आयोजनालाई ५४ लाख रुपियाँ खर्च हुने बताए।

अघिल्लो महिना सम्पन्न च्यालेन्ज कप छनोटमा तोकिएको टिकट दरले यसपटक पनि निरन्तरता पाएको छ। भिआइपीतर्फ ५ सय र साधारण प्यारापिटतर्फ २ सय रुपियाँ टिकट दर तोकिएको छ। च्यालेन्ज कपको छनोटको टिकट बिक्रीबाट एन्फाले झन्डै ५० लाख संकलन गरेको थियो। यसपटक एन्फाले टिकट बिक्रीबाट १० लाख रुपैयाँ संकलन हुने अनुमान गरेको छ।

प्रेसिडेन्ट्स कपमा पुलिसको यो चौथो सहभागिता हो। सन् २००७ देखि पुलिसले लगातार तीनपटक प्रेसिडेन्ट्स कपमा नेपालको प्रतिनिधित्व गरेको छ। २०६३ मा लिग च्याम्पियनका रूपमा प्रवेश पाएको पुलिसले त्यसपछिका दुई वर्ष पूर्वविजेताको हैसियतमा भाग लियो। २०६३ पछि विवादका कारण लिग नहुँदा पुलिसले सहभागिताको मौका पाएको हो।

पहिलो सहभागितामा नै पुलिस फाइनलसम्म पुगेको थियो। प्रेसिडेन्ट्स कपमा त्यो नै नेपाली क्लबको उच्च प्रदर्शन हो । २००५ मा काठमाडौंमा आयोजना भएको पहिलो संस्करणमा नेपालबाट नबिल थ्री स्टारले सहभागिता जनाएको थियो। त्यतिबेला थ्री स्टार सेमिफाइनलसम्ममात्र पुग्न सफल भएको थियो। २००६ मा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, २००९ मा पुलिस र २०१० मा न्युरोड टिम (एनआरटी) पहिलो चरणबाटै बाहिरिएका थिए। पुलिस २००८ मा सेमिफाइनलसम्म पुगेको थियो।

एन्फाले दक्षिण एसियालीस्तरीय दुई प्रतियोगिता आयोजनाको दाबेदारी प्रस्तुत गरेको अध्यक्ष गणेश थापाले जानकारी दिएका छन्। एन्फाले साफ यु-१६ र साफ क्लब च्याम्पियनसिप आयोजनाको प्रस्ताव गरेको हो। थापाका अनुसार यु-१६ जुलाईको अन्तिममा र क्लब च्याम्पियसिप सेप्टेम्बर १ देखि १५ सम्म आयोजना गर्ने भारतमा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले गत साता निर्णय गरेको हो। क्लब च्याम्पियनसिपको विस्तृत खाका भने तयार भइनसकेको थापाले बताए। यसैबीच दोस्रो महिला साफ च्याम्पियनसिप फुटबल आयोजनाका लागि भारत र श्रीलंकाले दाबेदारी गरेको उनले जानकारी गराए।

Posted by: Suresh Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.