बल्झिरहने चोट प्रेमको…


शिवराम पौडेल, कुवेत

सागर सरी चोखो माया तिमीलाई नै दिउँला, यो ज्यानले साथ दिए तिमीसँगै जिउँला… भन्ने गीत सुन्दा अतितमा घटेका घट्नाहरुको स्मरण हुन्छ । झन्डै १५ वर्षको कलिलो उमेर, स्कुले जीवनमा भएका सत्य-तथ्य घट्नाक्रमहरुको वृतचित्र यो नजरमा खेलिरहेको हुन्छ । कती छिटो समय अगाडि बढीरहेको रहेछ, समयको परिवर्तनसँगै मानव जीवनमा हरेक तरहका उतारचढावहरु पनी आउँदा रहेछन । स्कुले जीवनमा जानी-नजानी कसैसँग प्रिती गाँसेको थिएं । हरेक ब्यक्तीलाई पहिलो प्यार नै अटुट हुन्छ भन्ने सुनेको थिएं साच्चीनै रहेछ भन्ने कुराको महशुस यो मनमा कताकता हुन्छ । एकान्तमा बसी अतितका रमाइला दिनहरुलाई किताबको पानाझैं पल्टाउने कोशीस गर्छु, एकछिन अतितमै हराउँछु । आज उनी आफ्नो पारिवारिक जीवनमा व्यस्त छिन, तर मलाई मात्र किन यसरी अतिततिर समयले धकेली रहेको छ म बुझ्न सकेको छैन । मौनतामा आँखा बन्द गर्न पुग्छु तर भुल्न सक्दिन, “मानव जीवनमा व्यास्तता छैन भने एकल अवस्थामा अनगिन्ती सोंचाईहरु मस्तिष्कमा खेलिरहने गर्छ” त्यहि नै म मा लागू भएको अवलोकन गरिरहेको छु ।

उनी म प्रती आकर्षित भएको मलाई थाहा थिएन, दिनका दिन कुनै बहाना बनाई म सँग भेट्ने क्रम बढिरहेको थियो, म उनको नजिकिलाई इन्कार गर्दै जान्थें म सोच्ने गर्थें किन यसरी उनी म प्रती धाई रहेकी छिन । म बुझ्ने कोशीस गर्छु, हामीहरुको भेट दिनहुँ नै हुने गर्थ्यो, एकदिन उनले मलाई कक्षा कोठामा सानो कापिको पानामा 143 लेखी मलाई दिएकी थिइन तर मलाई 143 को मतलव थाहा थिएन । मैले उनको सामुन्ने च्यातेर फालिदिएं ।

भोलीपल्ट उनी म सँग बोल्न नचाहे जस्तो गरी म बाट टाढिन थालिन । म सोचाइमा परें । आखिर उनी किन यसरी म बाट तर्किरहेकी छिन । म 143 को मतलव बुझ्ने कोशीस गरें, एकदिन म आफै उनको सामुन्ने गएर सोधें तर उनले जवाफ दिन चाहिनन । आखिर यस्तो रह्स्य के छ यस 143 मा भन्ने कुराहरु मनमा  खेल्न थाल्यो । समय बित्दै गयो पालुवाले आफ्नो रुपरेखा बादली रहेका थिए, म यस रहस्य अङ्कको खोजिमा साथीहरु संग जान्ने जमर्को गरें, वास्तविक कुरो के रहेछ, तर साथीहरु 143 भन्दा हाँस्न थाले । बुद्दु त्यती पनी थाहा छैन यो भनेको “म तिमीलाई माया गर्छु” (आइ लभ यू) भनेको हो, तब म झस्यांग भएं । मनमा कुराहरु सल्बलाउन थाले, उनले मलाई माया गर्दिरहिछिन, मैले अन्जानमा उनको मनमा चोट पुर्‍याएको रहेछु ।

उनी म बाट टाढा भईसकेकी थिइन तर पनि अन्जानमै भएको भुल भएपनी क्षमा माग्नु नै उचित ठानें, म उनलाई आवाज दिन्छु तर उनी इन्कार मात्र गरिरहिन । म बाट यती ठुलो भूल भएछ, मैले उनलाई पत्र लेखें ।

“…. तिम्रो चाहनालाई मैले नकारत्मक सोंचेको होइन, म अन्जान थिएं । आज मात्र तिम्रो चाहनाको अनुभुती भयो यसको लागि म ह्रदयदेखी क्षमा प्रार्थी छु । त्यस्ता शब्दहरु मेरो मस्तिष्कले पहिचान गर्न सकेन यदी तिमीले मलाई माया गर्ने कुरा सिधै शब्दले भनेको भएपनी हुन्थ्यो यसरी घुमाउरो पाराले किन लेख्नु पर्थ्यो र ? आगामी दिनहरुमा यस्तो गल्ती गर्ने छैन, हामी दुईको मुटु अब एक हुने प्रतिबद्दताका साथ तिम्रो प्रेमलाई म स्विकार गर्छु । अन्तमा तिम्रो पत्रको प्रतीक्षामा…  तिम्रो…”

पत्र उनीको हातसम्म पुर्‍याउन साथीको सहयोग लिएं, साथीले यो पत्र दिएको कुरा सुनायो, दिन महिना बित्दै गयो तर पत्रको जवाफ पाउन सकिनं, मनमा अनगिन्ती प्रश्नहरु उब्जन थाल्यो, यती ठुलो गल्ती कसरी गर्न पुगेछु पछुतो मात्र लाग्न थाल्यो र निराशामै उनको पत्रको प्रतिक्षामा रहें ।

यती धरै माया कसरी गर्न पुगेछ आफैलाई थाहा लागेन, पानी बिनाको माछा जस्तो छट्पटाउन पुगें । मनभित्र अनगिन्ती सवालहरु उत्पन्न हुन थाल्यो । आफ्ना भाई बहिनी आफन्तजनहरुलाई पनि माया गरिन्छ तर यती व्यकुल्ता हुँदैन तर पराईको माया यती गाढा किन ? आफैलाई प्रश्न गर्दै रहें, समयको दौडानसँगै स्कुले जीवनबाट बिदाई हुने दिनहरु पनी नजिकिंदै थियो । प्यारको पागल पनलाई पछाडि छाडि नजिकै आएको परिक्षातिर मन मष्तिक केन्द्रित गर्ने जमर्को गरें र परिक्षाको तयारीतिर लागें । एकान्तमा बसी किताबको पानाहरु पल्टाउँदै थिएं, उनी मेरो सामुन्ने आएर सोधिन… कत्तिको तयारी छ त परिक्षाको लागि ? मेरो मुखाबाट एक्कासी मलाई माफ गरिदेउ भन्ने शब्द निक्लियो, उनले आफ्नो भाबुकतालाई हाँसोमा उडाउँदै के को माफि हो मैले के भनेकी थिएं र ? उनको जवाफबाट मलाई केही मात्रमा भए पनी ह्रदय हल्का भएको महशुस भयो । खुशीले उनलाई हेरि रहन पुगें, उनी नजर झुकाएर किताबको पाना पल्टाउदै आँखाबाट आँशु बगाउँदै  भन्न थालिन, यतिका दिनसम्म किन नबोलेको ? मेरो प्रश्न उनी आफैले गर्न थालिन तर पनि मेरो आफ्नो गल्तीलाई स्विकार गर्दै आउने दिनहरुमा एक साथ रहने वाचाका साथ आउने परिक्षाको तयारीमा लाग्यौ… हामी दुईको माया गाढा हुँदै गयो, एकछिन नदेख्दा पनि अत्यासका पिडाहरु मनमा सल्बलाउन थाल्थो । “रमाएर तिमी सगै लाग्छ सधैं हाँसी रहुँला, तिमी भित्र हराएर जुनी जुनि बाँची रहुँला, फाटे पनि हाम्रो माया मनमनै सिउने वाचाहरु हुन्थे ।

एकाएक समयको रफ्तारहरु अगाडि बढिरहेको थियो, हामी दुईको बिछोडका दिनहरु पनि त्यही रफ्तारमा नजिकिंदै थियो, परिक्षाको अन्तिम दिन नै हाम्रो मिलनको अन्तिम दिन रहेछ । तर पनि हामी भौगोलिक दृष्टिकोणले जती टाढा रहे पनी हाम्रो मायाप्रिती  अनन्तसम्म रहने प्रतिबद्दताकासाथ आफ्नो आफ्नो गाउतिर लाग्यौं । पत्रचार र समय समयमा हुने गर्थ्यो, हामी जती टाढा भएपनी अनन्तसम्म रहने वाचाहरुले हामी दुईको यूगलजोडीमा बाँधिने आसामा दिनहरु गन्दै उनको प्रतिक्षामा रहें ।  तर भगवानलाई हामी दुईको माया प्रिती मन्जुर रहेनछ । उनले मलाई अन्तिम पत्र भनेर लेखेको चिट्ठी पाएं, चिट्ठीमा लेखिएको थियो आमा बुवाको कठोरताको अगाडि मेरो केही लागेन, महिले हाम्रा वाचा बन्धनहरु पुरा गर्न असक्षम भएं । तिम्रो अङ्गालोमा बाँधिने सपना सपनामै सिमित रह्यो म अर्काको हातबाट मेरो सिउदो रङ्गाउदै छु । हामी बिचको माया क्षणिक मात्र रहेछ भनी मलाई भुल्ले कोशीस गर यो जुनि तिम्रो हुन नसके पनि अर्को जुनीमा तिम्रै हुन पाउँ भनी भगवान गर प्रथाना गर्दछु ।

पत्र पाएपछी म छाङ्गाबाट खसे जस्तो भएं, हामी बिचका सबै वाचा बन्धनहरु अर्थ बिहिन भए उनी पराइको अँगालोमा बाँधिन पुगिन, म उनको यादमा जल्नु सिवाए केही रहेन । जानी नजानी कसैलाई ह्रदयदेखी माया गरेको थिएं । आज त्यही मायालाई सम्झी नयाँ जिन्दगीको शरुवात गर्ने कोशीसमा छु । भगवानसँग प्रथाना गर्दछु यस्तो क्षणिक माया कसैमा नहोस यदी हुन्छ भने सफलता प्राप्ती होस्… जीवनमा कयौं चोटहरु खाएं तर प्रेमको चोट भनें बल्झी रहँदो रहेछ अनन्त सम्म…

One response to “बल्झिरहने चोट प्रेमको…

  1. wow ! siva bro its wonderful

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.