नक्कली कागजबाट राज्यकोष लुट्ने सुवेदीलाई २४ करोड जरिवाना


सामान निकासी नगरे पनि भन्सार कर्मचारीको मिलेमतोमा कागज बनाई राज्यकोषबाट कर फिर्ता सुविधाअन्तर्गत रकम झिक्ने लेखापरीक्षक थलमान सुवेदी संलग्न सातवटा र्फमबाट करिब २४ करोड रुपैयाँ तिराउने निर्णय आन्तरिक राजस्व विभागअन्तर्गतका ३ कार्यालयले गरेका छन् । राज्यकोषबाट ११ करोड ७० लाख रुपैयाँ झिकेका ती र्फममाथि थप दस्तुर र ब्याज जोडेर उक्त रकम तिराउने निर्णय गरिएको हो ।आन्तरिक राजस्व कार्यालय भक्तपुर, ३ नम्बर लाजिम्पाट र वीरगन्ज कार्यालयले रकम तिराउने निर्णय गरेका हुन् । उनीमाथि थप ३ करोड रुपैयाँ कर निर्धारण हुने सम्बद्ध स्रोतले जनाएको छ । आन्तरिक राजस्व भक्तपुर कार्यालयले दिगम्बर ट्रेड इन्टरनेसनल र भीमेश्वर ट्रेड हाउससँग करिब १४ करोड रुपैयाँ तिराउने निर्णय गरेको कार्यालयसम्बद्ध स्रोतले जनाएको

छ । दिगम्बर ट्रेड थलमान आफैं तथा भीमेश्वर ट्रेड हाउस उनकी छोरीको नाममा दर्ता छ । ‘उनी संलग्न दिगम्बर ट्रेड हाउसको पनि कर निर्धारण प्रक्रिया सुरु भइसकेको छ,’ स्रोतले भन्यो ।

यसबाहेक उनका सहयोगी अशोक अधिकारी संलग्न सरिता इन्टरप्राइजेज र सरिता इन्टरनेसनललाई २ करोड ५८ लाख रुपैयाँ तिराउने निर्णय गरिएको छ । अधिकारी नै संलग्न आशुतोष इम्पेक्स र शिवशक्ति इन्टरनेसनलसँग ८ करोड ५० लाख रुपैयाँ तिराउने निर्णय वीरगन्ज कार्यालयले गरेको छ । विभागले सातै र्फमले लिएको कर फिर्ताको अनुसन्धान गरी अभियोग पुष्टि भएपछि कर निर्धारण गर्न र्फम दर्ता भएको कार्यालयमा फाइल पठाएको थियो ।

कारबाही अन्तिम चरणमा पुगेका बेला पाटन पुनरावेदन अदालतमा रिट हालेर पक्राउ नगर्न निषेधाज्ञा जारी गराउने थलमानको प्रयास विफल भएको छ । विभागले सार्वजनिक सूचना गरी नागरिक अधिकार र मूल्य अभिवृद्धि कर (भ्याट) ऐनअन्तर्गत प्राप्त गोपनीयताको अधिकारको हनन गरेको दाबी गरेका थिए । उनले आफूलाई पक्राउ नगर्न अदालतबाट निषेधाज्ञा माग गरेका थिए । तर अदालतले उनको मागबमोजिम रिट जारी गर्न नपर्ने आदेश शुक्रबार दिएको थियो । उनको पक्षबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, रमण श्रेष्ठ, माधव बाँस्कोटा, बालकृष्ण न्यौपानलेलगायतले बहस गरेका थिए । पत्र काटेर बयानका लागि उपस्थित हुन बोलाउँदा अटेर गरेपछि विभागले उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको थियो ।

सरकारले कुनै सामान निकासी गरेपछि उक्त सामान वा कच्चा पदार्थ खरिद/आयातमा तिरेको भ्याट फिर्ता दिने सुविधा दिएको

छ । स्वदेशी उत्पादनको लागत कम भई विदेशी बजारमा प्रतिस्पर्धी हुन सकून् भनेर यस्तो सुविधा दिइएको हो । निकासीमा प्रतिप्रज्ञापनपत्र ५ सय ७८ रुपैयाँ बाहेक कुनै शुल्क लाग्दैन । तर थलमानले सामान किनेको नक्कली बिल बनाएर भन्सार कर्मचारीको मिलेमतोमा निकासी गरेको कागज बनाई रकम झिकेका थिए । चाउचाउ, मैदा, वनस्पति घिउ, अगरबत्तीलगायत सामान निर्यात गरेको देखाइएको थियो । थलमानले सामान खरिद नगरेकाले भ्याट तिरेका थिएनन् ।

निकासी नै नगरे पनि निकासी गरेको प्रज्ञापनपत्र बनाएर राज्य कोषमा लुट गर्न सघाउने भन्सार कर्मचारीलाई तत्काल कारबाही सुरु गर्न सार्वजनिक लेखा समितिले चैत २६ गते अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । कर्मचारीमाथि कारबाही नहुँदा यस्तो लुट प्रवृत्ति निरुत्साहित नहुने ठहर्‍याई समितिले यस्तो निर्देशन दिएको हो । रसुवाबाट निकासी भएको कागज बनाइ दिने रसुवा भन्सारका तत्कालीन प्रमुख (खरिदार) कृष्ण हमाललाई भन्सार विभागमा सरुवा गरिए पनि कारबाही प्रक्रिया सुरु भएको छैन । हमालले ४० करोड रुपैयाँभन्दा बढीको सामान निकासी भएको प्रज्ञापनपत्र बनाएर राज्यकोष लुट्न सघाएका थिए ।

यस्तै २०६२ देखि गत जेठसम्म तातोपानीबाट निकासी गरेको प्रज्ञापनपत्र बनाइदिने कार्यमा कम्तीमा ७ जना भन्सार अधिकृतको मिलेमतो फेला परेको छ । तिनको सोधीखोजी भएकै छैन । भन्सार विभागका महानिर्देशक टंकमणि शर्माले समितिले यस्तो निर्देशन दिएको सूचना पाएको जनाउँदै दोषी कर्मचारीमाथि कारबाही हुने बताए ।

Posted by: Dambar Rimal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.