जितु नेपाल…


जितु नेपाल हास्य कलाकारिताको क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । झन्डै डेढ दशकदेखि निरन्तर रूपमा दर्शकलाई स्वस्थ मनोरञ्जन दिएर हँसाइरहेका जितुले टेलिभिजन च्यानलबाट प्रसारण भएका दर्जनौ टेलिश्रृंखलामा अभिनय गरेका छन् । थुप्रै नेपाली चलचित्रमा समेत हास्यकलाकारका रूपमा अभिनय गरिसकेका जितुलाई दर्शकले दिनेश डिसीको ‘ट्वाक्क-टुक्क’ मार्फत चिन्न पाएका हुन् । उक्त हास्य कार्यक्रमबाट जितुको लोकपि्रयता ह्वात्तै बढेको थियो ।

त्यसो त ट्वाक्क-टुक्कअघि पनि जितुलाई डिसीले नै टेलिशृंखला विमानचालकमा अभिनय गराएका थिए। आकर्षक संवादमार्फत दर्शक हँसाउन सिपालु जितु विगत पाँच वर्षभन्दा बढी समयदेखि नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको हास्यशृंखला जिरे खुर्सानी’ मा निर्देर्शक तथा मुख्य कलाकारका रूपमा सक्रिय छन् । जिरे खुर्सानीमा ‘मुन्द्रे’ का रूपमा लोकपि्रय जितुलाई कतिपय दर्शक यही उपनामले चिन्छन् । सोमबार राति प्रसारण भैरहेको जिरे खुर्सानी लोकपि्रय हुनुमा जितुसँगै शिवहरि पौडेल, किरण केसी तथा राजाराम पौडेलको पनि उत्तिकै योगदान छ ।

यो शृंखलाको लोकपि्रयतासँगै जितु स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रममा आकर्षणको केन्द्रसमेत बन्दै आएका छन् । युरोपलगायत जापान, कोरिया आदि एसियाका थुप्रै देश पुगेर स्टेज कार्यक्रम दिइसकेका जितु स्वदेशकै महोत्सवहरूमा पनि उपस्थिति जनाइरहन्छन् । यसबीच नयाँ वर्ष २०६८ को स्वागतका लागि आगामी मंगलबार आयरल्यान्डको डब्लिनमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन पर्सि आइतबार त्यसतर्फ उड्न लागेका जितुसँग साप्ताहिकको तीन प्रश्नः

बाटोमा हिँड्दा दर्शकहरूले ‘मुन्द्रे’ भनेर बोलाउँदा कस्तो लाग्छ ?

रमाइलो लाग्नुका साथै मुन्द्रेका रूपमा हास्यकलाकार जितु नेपाल सफल भएको छ भन्ने पनि लाग्छ ।

स्टेज कार्यक्रम रमाइलो कि टेलिभिजन कार्यक्रम ?

मेरा लागि दुवै रमाइलो तर स्टेज कार्यक्रममा तुरुन्तै ताली पाइन्छ भने लोडसेडिङका कारण टेलिभिजनमा हाम्रो कार्यक्रम हेर्न नपाएका दर्शकको गाली पाइन्छ ।

आयरल्यान्डको कार्यक्रमको तयारी कस्तो छ ?

पहिलो पटक युरोपको यो देश जान लागेकाले राम्रै तयारी गरेको छु । झन्डै दुई घन्टासम्म दर्शकलाई हँसाउने नया-नया खुराक लिएर जाँदैछु ।

Posted by : Dambar Rimal                                   Source: Saptahik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.