कछुवाको गतिमा रह्यो नेपाली खेलकुद


वर्ष २०६७ प्रारम्भ हुँदा नेपाल ढाकामा आयोजना भएको ११ औं दक्षिण एसियाली खेलकुदमा प्राप्त गरेको ८ स्वर्ण, ९ रजत, १९ कांस्यसहित कुल ३६ पदकले दिलाएको उपलब्धिको ह्यांग ओभरमा थियो । ढाकामा पदक तालिकामा पाँचौं स्थानमा रहेको नेपालले यो वर्ष थप उपलब्धि प्राप्त गर्ने अपेक्षा  गरिएको थियो, तर नेपालको त्यस्तो अपेक्षालगत्तै आयोजना भएको १६ औं एसियाली खेलकुदमा तुहियो । ग्वाङजाओ एसियाडमा नेपालको प्रदर्शन सोचे भन्दा पनि खराब रह्यो। जसको प्रभाव नेपाली खेलकुदमा वर्षभरि नै देखियो। सबैभन्दा ठूलो कुरा यो वर्ष नेपालले आफ्ना गल्तीहरूवाट पाठ सिक्नुको  साटो विवादका नयाँ नयाँ श्रृंखलाको फेहरिस्त हेर्नुपर्‍यो। यस्तो विवादको जड स्वयं राष्ट्रिय खेलकुद परिषद् थियो। परिषद्भित्रको गतिहीनता कतिसम्म  अनुत्पादक रह्यो भने वर्षको अन्तसम्म आइपुग्दा-नपुग्दै राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक तथा कर्मचारीहरू परिषद्मा तालाबन्दी गर्ने अवस्थामा पुगे।  यस्तो अवस्थामा नेपाली खेलकुदले निकट भविष्यमा कुनै ठोस योजना बनाएर कुनै उल्लेखनीय सफलता प्राप्त गर्ने छ भन्ने आशा राख्ने आमजनता त  परका कुरा हुन्, खेलाडीसमेत देखिएका छैनन्।

एक पदकको सफलता

एसियाली खेलकुदमा प्रारम्भदेखि नै सहभागिता जनाउँदै आएको नेपालले पछिल्लो ग्वाङजाओ एसियाडमा स्वर्ण पदकको आशा राखेको थियो । अघिल्लो बै ंकक एसियाडमा रजत पदक जितेको नेपालले आफ्नो स्तर बढेको अनुभव गरेर स्वर्ण पदकको आशा राखेको थियो, तर मार्शल आर्टसँग सम्बन्धित खे लहरूबाट सोचेजस्तो सफलता प्राप्त हुन सकेन । मार्सल आर्टका खेलहरू तेक्वान्दो र कराँतेले यसअघि पाएको रजत र कांस्यको सफलतासमेत दोहो र्‍याउन सकेनन् भने उसु र जुडोले पनि नेपाललाई निराश बनायो । महिला क्रिकेटमा एसियाली क्षेत्रमा राम्रो नतिजा निकाल्दै आएको क्रिकेटले समेत  नेपाली टिमलाई निराश बनायो ।

पदकको आशा नराखिएका ब्याडमिन्टन, आर्चरी, एथलेटिक्स, चेस, साइकिलिङ, गल्फ, जिम्न्यास्टिक, कबड्डी, सुटिङ, सफ्ट टेनिस, टेबुल टेनिस, टेनिस,  भारोत्तोलन र  कुस्तीजस्ता खेलले केबल सहभागिताका लागि मात्र सहभागिता जनाए । पदकको झीनो आशा राखिएको बक्सिङ खेलमार्फत दीपक महजर् नले एउटा कांस्य पदक जितेर सिंगो नेपालको लाज बचाए । थाइल्यान्डका बक्सरलाई पराजित गरेर सेमिफाइनलको यात्रा गरेका दिपक सेमिफाइनलमा  भारतका बक्सरद्धारा पराजित भए । अन्ततः १६ औं एसियाडमा नेपालले उक्त एकमात्र कांस्य पदकमार्फत आफूलाई पदक तालिकामा उभ्यायो ।

महिलाले प्रतिष्ठा बढाएको वर्ष

क्रिकेटमा सधैं पुरुष खेलाडीहरूको प्रतिस्पर्धालाई रोमाञ्चक मानिन्छ तर नेपाली क्रिकेटको क्षेत्रमा पुरुष खेलाडीहरूले यो वर्ष कुनै उपलब्धि प्राप्त गर्न  सकेनन् भने पुरानो छविलाई समेत जोगाउन असफल रहे ।

यो वर्ष सिंगापुरमा सम्पन्न १९ वर्षमुनिका महिलाहरूको एसीसी च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले उपाधि हात पारे । एसियाका ११ राष्ट्रका महिला  खेलाडीहरूले सहभागिता जनाएको उक्त प्रतियोगितामा नेपालले आफ्नो समूहको सबै खेलमा सफलता हात पारेर फाइनलमा प्रवेश पाएको थियो ।  फाइनलमा नेपालले भुटानका महिला खेलाडीहरूलाई ६ विकेटले पराजित गरेका थिए । उक्त प्रतियोगितामा नेपाली टिमकी सरिता मगर ‘प्लेयर अफ दि  म्याच’ घोषित भएकी थिइन् ।

उमेर समूहकै १९ वर्षमुनिको पुरुषहरूको क्रिकेट प्रतियोगितामा भने नेपालले फाइनलमा पराजित हुनुपर्‍यो । उमेर समूहको खेलमा राम्रो नतिजा निकाल्दै  आएको नेपाली युवा टिम फाइनलमा अफगानिस्तानसँग ६५ रनले पराजित भयो । थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न उक्त उमेर समूहको खेलमा  नेपालले लिग चरणमा अफगानिस्तानलाई पराजित गरे पनि फाइनलमा सफलता दोहोर्‍याउन सकेन । श्रीलंकन प्रशिक्षक रोय डायस नेपाली टिमबाट  अलग भएपछि पहिलो पटक नेपाली प्रशिक्षकको प्रशिक्षणमा उत्रिएको नेपालले प्रतियोगितामा राम्रो नतिजा निकाल्दै आएको थियो । यसअघि उमेर  समूहका १० वटा प्रतिस्पर्धामा ८ वटामा उपाधि जितेको नेपाली युवा टिमले उक्त प्रतियोगितामा भने उपविजेतामै चित्त बुझाउनुपर्‍यो । उक्त प्रतियो गिताको फाइनलमा पुग्ने दुवै टिमले १९ वर्षमुनिको विश्वकप छनौट प्रतियोगिता खेल्न पाउने नियमका कारण नेपालले फाइनलको यात्रासँगै आफ्नो  स्थान विश्वकप छनौट खेलका लागि सुरक्षित गर्‍यो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकप क्रिकेट प्रतियोगितामा नयाँ सदस्यराष्ट्रहरूलाई प्रवेश दिने नीति लिएपछि सुरु भएको आईसीसी डिभिजन लिग  प्रतियोगिताको चौथो चरणमा नेपालले यसै वर्ष सहभागिता जनायो । पाँचौं चरणबाट चौथो चरणमा प्रवेश पाएको नेपालले इटालीमा भएको उक्त  प्रतियोगितामा सफलता पाएको भए तेस्रो चरणमा उक्लने थियो । पाँच राष्ट्र सम्मिलित उक्त प्रतियोगितामा नेपालले ३ खेलमा जित र २ खेलमा हार  बेहोरेर तेस्रो चरणको प्ले अफका लागि छनौट भयो । तान्जानियालाई १० विकेटले पराजित गरे पनि नेपाल तेस्रो चरणमा उक्लन सकेन ।

यसैगरी यो वर्ष नेपालको क्रिकेटले विगतको जस्तो सफलता नपाए पनि एसियाली क्रिकेट काउन्सिलले प्रकाशित गरेको वरियताक्रममा भने नेपालले  शीर्ष स्थान हात पारेको थियो । टेस्ट प्रतियोगिता नखेल्ने एसियाली राष्ट्रहरूको उक्त वरियताक्रममा नेपालको उपलब्धिलाई संतोषजनक नै मान्नुपर्छ ।

लिग फर्कियो, खेल फर्किएन

विश्वकै लोकपि्रय खेल फुटबल नेपालमा पनि सर्वाधिक लोकपि्रय मानिन्छ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ -एन्फा)मा  विगत केही वर्षदेखि देखिएको विवादका कारण नेपाली खेलकुदले फुटबलका प्रतियोगिताहरू आयोजना गर्न नसकेको धेरै समय भैसकेको थियो । वि.सं.  २०६३ सालदेखि अखिल नेपाल फुटबल संघमा चर्किएको विवादका कारण लिग फुटबल प्रतियोगिता आयोजना हुन सकेको थिएन । त्यस्ता विवादहरूलाई  थाँती राखेर एन्फाले चार वर्षपछि यसै वर्ष लिग फुटबल आयोजना गरेर नेपाली खेलाडी तथा खेलप्रेमी दुवैलाई राहत प्रदान गर्‍यो । उक्त घटनाले ने पाली खेलकुदलाई नै विवादले विनाश मात्र निम्त्याउँछ, विकास होइन भन्ने पाठसमेत पढायो ।

चार वर्षको अन्तरालमा पहिलो पटक आयोजना भएको लिग फुटबल प्रतियोगिताको उपाधि नेपाल प्रहरी क्लबले हात पार्‍यो । ए डिभिजन लिगको  अन्तिम खेलमा न्युरोड टिमलाई १ का विरुद्ध २ गोलले पराजित गरेर नेपाल प्रहरीले आफ्नो उपाधि रक्षा मात्र गरेन, अपितु नेपाली फुटबलको विकासका  लागि नयाँ मार्गचित्र समेत निर्धारण गर्‍यो ।

चार वर्षको अन्तरालपछि आयोजना गरिएको लिग फुटबलले नेपाली खेलप्रेमीहरूमा आशाको सञ्चार गरे पनि विवाद मुक्त भने रहन सकेन । यो वर्षको  लिग फुटबल ठुलो तामझामका बाबजुद म्याच फिक्सिङको घेरामा पर्‍यो । म्याच फिक्सिङको विवाद कतिसम्म दुःखदायी थियो भने त्यसले कतिपय क्लब  र खेलाडीहरूको निष्ठालाई समेत सन्देहको घेरामा ल्यायो । सशस्त्र प्रहरी क्लबलाई बी डिभिजनमा घटुवा गर्न ब्वाइज युनियन र मच्छिन्द्र क्लबले म्याच  फिक्सिङ गरेको आरोप लागेपछि नेपाली फुटबल म्याच फिक्सिङको आरोप खेप्न बाध्य भयो । नेपाली खेलकुदमा यो घटना नौलो नभए पनि एन्फाले  वर्षौं पछि सञ्चालन गरेको लिग प्रतियोगिताको गरिमालाई भने त्यसले केही हदसम्म नकारात्मक प्रभाव पार्‍यो । लिग प्रतियोगितामा थि्रस्टारका किरण  चेम्जोङ -बेस्ट गोलकिपर), मच्छिन्द्र क्लबका रोहित चन्द -बेस्ट डिफेन्डर), नेपाल प्रहरीका पर्वत पाण्डे -बेस्ट मिडफिल्डर), थ्री स्टारका सन्तोष साहुखल  -बेस्ट फरवार्ड) तथा नेपाल प्रहरीका विराटकृष्ण श्रेष्ठ -बेस्ट कोच) को उपाधिबाट सम्मानित भए ।

यसै वर्ष ए डिभिजनमा उक्लेको बौद्धको हिमालयन शेर्पा क्लबले यो वर्ष पहिलो उपाधि हात पार्‍यो । सानमिगेल नकआउट फुटबल प्रतियोगिताअन्तर्गत  शेर्पा क्लबले न्युरोड टिमलाई शून्यका विरुद्ध १ गोलले पराजित गरेर उपाधिसहित २ लाख रुपैयाँ हात पारेको थियो । थ्रीस्टार क्लबले यो वर्ष सम्पन्न  बि्रटिस गोर्खा कप फुटबल प्रतियोगिताको उपाधि रक्षा गर्‍यो । दशरथ रंगशालामा भएको फाइनल खेलमा थि्रस्टारले मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रे करमा १ का विरुद्ध ३ गोलले पराजित गरेको थियो । गत वर्ष भएको फाइनल खेलमा पनि थि्रस्टार क्लबले मनाङ मस्र्याङ्दीलाई फाइनलमै शून्यका विरुद्ध  २ गोलले पराजित गरेको थियो ।

थ्रीस्टार क्लबले नै यो वर्ष पोखरामा सम्पन्न आहा गोल्डकपको उपाधि हात पार्‍यो । आफ्नो छैटौं सहभागितामा थ्रीस्टार क्लबले फाइनलमा मनाङ-मस्यार् ङ्दी क्लबलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दै दोस्रो पटक उपाधि हात पारेको थियो । प्रतियोगितामा थ्रीस्टारका सञ्जीव बुढाथोकी उत्कृष्ट खेलाडी  घोषित भएका थिए ।

नेपाली पुरुष फुटबल खेलाडीहरूले यो वर्ष थोरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए । न्युरोड टिम एएफसी प्रेसिडेन्ट कपको छनोट चरण खेल्न  ढाका पुग्यो । उक्त छनोट चरणमा न्युरोड टिम पहिलो चरणबाटै बाहिरियो । पुरुषहरूको तुलनामा महिला खेलाडीले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियो गितामा केही उल्लेखनीय सफलता दिलाए । गत वर्ष ढाकामा आयोजना भएको साग प्रतियोगितामा रजत पदक जितेका नेपाली महिला खेलाडीहरूले  यसै वर्षदेखि प्रारम्भ भएको पहिलो महिला दक्षिण एसियाली फुटबल च्याम्पियनसिपमा समेत उपविजेताको उपलब्धि प्राप्त गरे ।

माथिल्लो निकायमा विवाद कायमै

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् -राखेप) यो वर्षभरि नै  विभिन्न विवादको घेरामा रह्यो । आर्थिक अनियमितादेखि कर्मचारी  भर्नासँग सम्बन्धित विवादका कारण राखेपको मूलद्वारमा विभिन्न संघसंस्थाले एक दर्जनभन्दा बढी पटक तालाबन्दी गरे । तालाबन्दीको क्रम अझै जारी  छ ।

यसैगरी नेपाल ओलम्पिक कमिटीको विवाद पनि यसै वर्ष छताछुल्ल भयो । विगत केही वर्षदेखि ओलम्पिक कमिटीको आधिकारिकताको विषयका ’boutमा  भैरहेको विवाद यो वर्ष पनि कायमै रह्यो ।

Posted by: Dambar Rimal                                                   Source: Saptahik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.