नेपाल पर्यटन बर्ष २०११ र मजदुर आन्दोलनले पारेको असर


ईन्द्र भूषाल, कुवेत

“Once is not enough” भन्ने नाराका साथ शुरु भएको नेपाल भ्रमण बर्षको केही महिना बितिसकेको छ । जे जस्तो तयारीका साथ शुरु भएता पनी देशको राष्ट्रिय कार्यक्रमलाई सफल बनाउनु सरकारको मात्रै नभएर सबै नेपालीको कर्तव्य हो । नेपालको सुन्दरताको नजिकैबाट अनुभव गर्नको लागी हजारौं पर्यटक नेपाल भित्री सकेका छन् भनें अरु भित्रिने तयारीमा होलान ।

बिगतका बर्षहरुमा पर्यटकले भोग्नु परेका बिबिध समस्याहरुबाट सरकारले कुनै पाठ सिकेको छैन । बन्द, हड्ताल, मजदुर आन्दोलनले नेपालको पर्यटकिय व्यापारमा नराम्रो प्रभाव पारेको देखिन्छ । अघिल्लो हप्ता पोखराको चर्तित होटल “फिस्तैल लज” मजदुर माथि भएको अत्याचारको नाउँमा बन्द भएको समाचार आयो । हुन त त्यसरी बन्द भएमा ग्राहकहरु मेरोमा बढी आउँछन भन्ने बानी पोख्रेली व्यापारीहरुको पुरानो हो ।

समयमा नै बिचार पुर्‍याएर मजदुर आन्दोलनलाई रोक्ने जमर्को भएन भनें नेपाल भ्रमण बर्ष आन्दोलन चर्काउने बर्षको रुपमा चिनिने छ भने मजदुरका जायज मागलाई सुन्नु पर्ने बेलामा उल्टै कार्वाहीको बाटो अपनाउदा त्यसले कस्तो असार पार्ला ?  भ्रमणमा आउने पर्यटकलाई शान्त बातावरण, सफा बाटो, स्वादिष्ट भोजन अनी विश्वासिलो पद मार्गको खाँचो छ ताकी नेपाल फेरिपनी आउने मन बन्न सकोस् । जताततै आन्दोलन अनी पाइला-पाइलामा हुने दिक्दारीले भ्रमण बर्ष सफल हुँदैन । पर्यटकलाई आन्दोलन होइन मान-सम्मान अनी सत्कार दिन जरुरी छ । आन्दोलनले पर्ने असरले कसैको भलो गर्दैन, आउने भन्दा जानेको घुईंचो बढ्दै गयो भनें के होला नेपाल भ्रमण बर्षको गती ??

Posted by: Jay Ale

One response to “नेपाल पर्यटन बर्ष २०११ र मजदुर आन्दोलनले पारेको असर

  1. Indra Jee,

    These are the fact’s of current Nepal Situation, but don’t know who’ll find solution to get rid of it!

    http://www.bikramphotography.weebly.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.