कुवेतबाट आमा आइन् बाकसमा


होम कार्की/काठमाडौ, वैशाख ४ । २०६८ को पहिलो दिनै रोशनका लागि अभिसाप बन्यो । त्यही दिन उनले ३१ वर्षीय आमा विमलालाई दागबत्ती दिनुपर्यो । अब उनको काँधमा ७, १२ र १४ बर्षीय बहिनीहरुको अभिभावकीय जिम्मेवारी आएको छ । हामीलाई पाल्न भनेर बुबा मलेसिया जानुभएको थियो । उहाँ कान्छी आमासँगै त्यता बस्न थाल्नु भएपछि आमा कुबेत उड्नुभएको थियो, त्रियुगा–११ उदयपुरका रोशनले भने, ‘कमाउन गएकी आमालाई ८ महिनामै बाकसमा प्याक भएर आएको अबस्थामा भेटियो ।’

चार महिनैअघि मृत्यु भएको आमा’bout उनी र आफन्तजन बेखबर रहेछन् । जानु भएपछि बेलाबेला फोन बार्ता भइरहेको थियो । मंसिरबाट सम्पर्क भएको थिएन, उनले भने– अस्ति (बुधबार) पो त्रिभुबन बिमानस्थलबाट एक्कासी शब बुझ्न फोन आयो ।

कतार एयरवेजबाट आएको बिमालाको शब भाई मदनले बिहीबार बुझेको थियो । मृत्यु भएको सूचना यति लामो समय पछि आयो मदनले भने, ‘हामीलाई काम गरिरहेको होला । नमिलेर सम्पर्क नभएको भन्ने लागेका थियो । यो हाम्रो कल्पना बाहिर थियो ।

त्यसदिन पशुपतिमा दाहसस्कार गरियो । काजक्रिया गर्न घर फिर्नुपर्ने रोशन र आफन्तजन काठमाडौंमा पठाउने दलाललाई कारबाहीको झमेलामा फसेका छन् । शब संगै आएको मेडिकल रिपोर्टमा बिमालाले ‘आत्महत्या’ गरेको उल्लेख छ । ‘कार्तिकतिर आफु निकै शारीरिक, मानसीक यातना भोगिरहेको भन्दै रुन्थिन्’ मदनले भने, ‘पठाउने एजेन्ट तारा बिकलाई यस’bout पटक पटक स्वदेश झिकाइदिन अनुरोध गरिरहेका थियौं पछि उनी पनि सम्पर्कबाहिर भइन् ।’

मलेसिया पुगेका श्रीमान् उतै कान्छी श्रीमती लिएर बसेपछि छोराछोरी पाल्न धौधौ परेपछि कमाउन भनेर गएको भदौमा कुबेत उडेका थिइन् । उनले मंसिर १ मै आत्महत्या गरेकी थिइन् । पाँचबर्षदेखि श्रीमान् मलेसियाबाट फर्केका छैनन् । बच्चाहरु मामाघरमा बस्दै आएका छन् । घरमा कुनै सम्पत्ति छैन् उनीहरुको रेखदेख ७० बर्षीय हजुरआमाले गर्दै आइरहेका छन्, आफन्त गौरबहादुर बिकले भने, साना बच्चाहरुको पो बिजोग भयो ।

एजेन्ट ताराले राहदानी बनाउदा पनि सम्पर्क ब्यक्तिमा आफ्नै नाम लेखाएकी रहिछिन् । श्रम स्वीकृति नलिई उनले सेटिङबाट त्रिभुबन बिमानस्थलबाटै कुबेत उडाएकी रहिछिन् । पीडित परिवारले तारालाई अबैध काम गरेको भन्दै गौशाला प्रहरी कार्यालयमा थुनाएका छन् ।

अबैधानिक रुपमा पठाएकोले पीडित परिवारले सरकारबाट पाउने राहत रकम, बिमाको पैसा पाउने सुबिद्याबाट बञ्चित भएका छन् । कतैबाट पनि राहत रकम पाउने अबस्था देखिएन मदनले भने, ‘सम्पत्तिको नाममा केही छैन्, दयनीय अबस्था छ, भान्जा-भान्जीको पो भबिश्य अन्धकार भयो ।’

Posted by: Jay Ale                                            Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.