ओईलिएर झरेको फूल (वियोगान्त मेरो प्रेमकथा – भाग २)


राजन “कल्पित”

कोपिलामै ओईली झरे सबै जवानीका फूलहरू… बीच बाटोमै टुटिगए सबै जीवन तर्ने पूलहर…

त्यो रात पटकै मलाई निन्द्रा लागेन उसको यादमा तड्पी तड्पी सारा रात तन्द्रामा नै बिताएं छाती माथि ठुलै ढुंगाको छपनीले थिचिरहेको भान् हुन्थ्यो उसको याद र सम्झनाले मुटु भरियो आफैले आफैलाई समाल्न सकिन मन छचल्कियो उर्लिदो साउने भेलसरि आँसुको भेल उर्लेर आयो म यसलाई गह भित्रै रोक्न खोज्दा खोज्दै पनि कुनबेला पोखिएछ थाहै भएन । म आँसुको पोखरीमा गाडीएं आँसुले भिजेको सिरानीलाई काखी च्यापेर निदाउने असफल प्रयास गरि रहें । तर असफल म निदाउन सकिन । के भयो होला, किन हिजो देखि फोन आएको पनि छैन, फोन स्विच अफ मात्र छ पक्कै कुनै अनिष्ट हुनुपर्छ विचरी के गर्दै होलि ? सायद ऊ पनि म भन्दा  बेसी मेरै यादमा तडपि तड्पी मेरै नाम लिदै होलि यता म तकियालाई उसैको पर्तिमुर्ति सम्झी अंगालोमा बेरिरहे अनि रातलाई विहानीकाखा तर्फ धकेलिरहे । मनमनै एउटा गीत गुनगुनाउँदै -तिम्रै यादमा तडपी’ तडपी छेउभिज्यो सिरानीको…

दिनहरु दु:ख र पिडामा अनि रातहरु उसकै याद र सम्झनामा पानी बिनाको माछा सरि… त्यसै-त्यसै छट्पटीमा तडपी-तडपी बित्दै गए, न दिनमा भोक लाग्छ न त रातमा निन्द्रा नै, आकुल व्याकुल मन अनि एक्लो म । समयले हामीलाई पर्खन सकेन, मिनेट, घण्टा, दिन हुदै हप्ता बित्न लग्यो तर पनि केहि अतोपत्तो छैन । जीन्दगीमा गरेको एउटा मिठो भूल अनि उसैसंग बितेको त्यो रमाइलो क्षण सम्झनामा सिमित… अँह यो हुन सक्दैन, कदापी चाहेर पनि ऊसले मलाई बिर्सन सक्दिन एक दिन अवश्य उसको फोन आउने छ, सोच्दा सोच्दै मन उकुश मुकुश भयो, चिर चिर पसिना आउन थाल्यो, मन र शरीर फुलेर आयो, आफुलाई समाल्न गाह्रो महशुश भयो एक क्षण पनि कोठाको साँगुरो बेडमा अडाउन सकिन म आँफुलाई । उर्फ: उकुश मुकुश मन लिएर खुल्ला आकाश मुनि रात काट्ने उद्देश्यले घरको छत तर्फ लागें… हावा चली रहेकै थियो, कुवेतको आकाशमा मात्र जुन देखिन्थ्यो तर ताराहरु देखिदैन्थे अतितमा ऊ थिई वर्तमानमा म एक्लै थिएं ।

कुवेतका सडकहरु दिन हो या रात एकोहोरो कोशी नदि सुसाएझैँ सुसाई रहेका हुन्थे सडक पेटीमा लस्करै बलेका बिजुली बत्तिहरुले के दिन के रात कुवेतको झिलिमिली रातले लोडसेडिंगको चपेटामा चेपिएको विश्वको जलस्रोतमा दोस्रो धनि राष्टको नागरिक मलाई प्रतक्ष उपेक्षा गरेको भान हुन्थ्यो । तातो हावाको झोकमा उसिनिएको मन लिएर निर्थुक्क भिजेको शरीरले शुन्य आकाशमा ताराहरु खोज्ने असफल प्रयाश जारी थियो । जुनलाई साछी राखेर भन्नु पर्दा त्यो रात म ऊसलाई निकैनै मिस गरिरहेको थिए, सडक पेटीमा भुस्याहा कुकुरहरुको एकोहोरो आवजनै रात काट्ने माध्यम थियो, एक पहल रात बाँकीनै थियो, मनमा शान्ती थिएन । आँखाका परेलाहरु बिझाइरहन्थे सायद अनिन्द्राले हुनुपर्छ , गहभरि आँसु टिलपिल बाहेकहरु अरु कुनै विकल्प थिएन यति हुनुको बाबजुद पनि बिहानको  ५ बजे डिउटी जानुको बाध्यता संग रोजी रोटीको कथा लुकेको थियो । मन उडीरहेछ, उसको यादमा…

एक घडी, तीन पोला रात बाँकिनै थियो, अचानक मोबाइलमा घन्टी बज्यो नचिनेको बिल्कुलै नयाँ आदि फोन (लेन्डलाइन नम्बर) बाट । मनमा केहि शितलताको अनुभव महशुस भयो जोखिम मोलेरै भएपनि हतारिदै मैले फोन रिसिभ गरे । कांपेका स्वरहरु… अनि दबिएका शब्दहरुले भनिरहेको थियो “मेरो मुटु, मेरो राजा” मलाई बचाउनुहोश… म उसको पहिलो शब्दामनै भक्कानिएं अनि मन थाम्न सकिन… म निकै भाबुक बनिसकेको थिएं र भने मेरी “सिमा रानी” के भयो तिमीलाई यतिका दिन सम्म किन फोन नगरेकी ? म बोल्दा बोल्दै रोकिए ऊ एकोहोरो बोलिरहेकी थिई कांपेका स्वरहरूले संकेत गरिरहेको थियो कुनै अनिष्ट भईरहेछ ऊ ठूलै समस्यामा फसिरहेकी छ, ऊसको दुखमा साथ दिन मेरो मन आतुर थियो ऊ बर्बराइ रही – “मेरो राजा” फेरी पनि म भनिरहेकी छु मलाई बचाउनु होश ! अब एकपल पनि यो नर्कलोकमा पशुतुल्य मृतुवरण गर्न चाहन्न, मलाई अब मानवरुपी राक्षशहरुको पन्जाबाट मुक्त्त गर्नुहोस, मेरो स्वतन्त्र बाँच्न पाउने नैसर्गिक आधिकारको रक्षा गरिदिनुहोस । बिन्ति छ हजुरसँग भेटेको दिनदेखि मलाई एउटा बन्द कोठामा थुनेर राखेका छन्, तपाइँसंग सम्पर्क गर्ने कुनै माध्यम छैन, मोबाइल मालिक्नीले खोसेर राखेकी छ, आज बल्ल सबै सुतेको मौका पारेर झ्यालको शिसा फोरी किचनमा आइ किचनको फोनबाट गरेको भोलि बिहान सबै कुरा थाहा हुनेछ अनि मलाई छेद बिछेद पार्ने छ्न, कताकता त्यहि पापिष्ट ड्राईभरको मुखबाट सुनेकी छु- भोलिबिहनै सुर्यको पहिलो किरण संगै कि ! त मलाई लाईसन प्राप्त मानब तस्करी (एजेन्ट) को मा बुझाइने छ कि त मलाई पशुसरह क्रुर तरिकाले मारिने छ, अनि आत्महत्याको नाटक रची सिलिंग्मा झुण्डाईने छ जताततै पत्र पत्रिकामा हेड लाइन बन्नेछ, कुवेतमा फेरी एक नेपाली घरेलुकामदारको आत्महत्या ।

मेरो मृतु कसैको लागि पैसा कमाउने माध्यम बन्नेछ त कसैको लागि आशुको सागर अनि मेरो अस्थित्व माटोमा हराउने छ । मेरो नाम पनि कुबेतमा आत्महत्या गरेकी चेलीहरु सिता, गीता, कुमारी आदि आदि संगै हुनेछ अनि हजुरले पनि मलाई घृणा गर्नु हुनेछ छि: कस्तो कम्जोर मानसिकता भएको आइमाई… थाहा छ मर्नुनै जीवन देखि हार्नु हो त्यसैले हजुरसंग बिन्ति छ मलाई जीवनदेखि हार्नु होइन जित्नु छ, मलाई हार्न बाध्य नतुल्याउनुहोस्, अब म पटक पटक पशु सरह कौडीको मुल्यमा बेचिन चाहन्न अनि मानवरुपी राक्षशहरुको हातबाट मृतुवरण गर्न पनि चाहन्न त्यसैले भोलिबिहन सुर्यको पहिलो किरणले धर्ति मातालाई नचुम्दै भालेको पहिलो डाको नछुट्दै या त मैले यो दानव वस्ती छोडी सक्नु पर्नेछ, कि त आत्महत्याको बाटो रोज्नु पर्नेछ अनि धर्ति मातालाई सधैको लागि बिदाई गर्नु पर्नेछ । यी दुई बाटो बाहेक म संग अरु कुनै उपाय(विकल्प) पनि त छैन । उसका कुराहरुले म स्तब्ध बनिसकेको थिए मेरा कानहरु टालिए बोलीहरु बन्ध भए शरीर गलेर लुलो बनिसकेको थियो तर ऊ निभ्ने बेलाको दियो झैँ चम्किदै थिई, उसको चित्कार रोकिएन ऊ बोलिनै रही… मेरो मुटु ! मेरो प्राण ! मेरो राजा ! “त्यो दिनको सबैकुरा ड्राईभरले मालिकलाई भनिदिएछ त्यो काले मधेसी हाम्रो पिछा गरिरहेको रहेछ जब म हजुरको हात समाएर समुन्द्र तर्फ गएको देखेर ऊ रिसले जलेर घाइते बाघ सरि मेरो प्रतिक्षामा रहेछ, ऊ मलाई गाडीमा चढ्ने बेत्तिकै ठुलाठुला आँखाले खाउला जसरि हेर्दै अनेकौ प्रश्नहरु सोध्न थाल्यो मैले त को होस र मेरो पर्सनल लाइफ माथि हस्ताक्षेप गर्ने ? ऊ रिसले झन् आगो भएर भन्यो, त मेरो प्रेम होस, मेरो बर्षौ देखिको सपना अनि मेरो शिकार, म तलाई चाहन्थे तर व्यक्त गर्न सकेको थिएन जब त मेरै आँखा आगाडी अरु कोहि पर पुरुषको हात समाई समुन्द्र तर्फ… अनि आफ्नो अस्मिता लुटाईस त्यो मलाई सही सक्नु भएन, म उसलाई प्रति प्रश्न गरें प्रेम एक तर्फी हुदैन त मलाई चाहेर के भयो, म त तलाई चाहदिन ऊ झनै आगो बन्यो र सबै कुरा मालिक मालिक्नीलाई सुनाई मेरो जीवन  बर्बाद गरि दिने धम्कि देखायो मैले लाख बिन्ति गरे, ऊ झनै निर्दयी बन्यो बदलामा तँ के चाहन्छ्स ? भन्दा भोको बाघले के चाहन्छ ? उल्टै प्रतिप्रश्न गर्यो ऊ मलाइ  मजबुरिमा पारेर यौनशोषण गर्ने प्रपंचा रचिरहेको थियो मैले ठाडै अस्विकार गरें, म उसको शिकार बन्न चाहन्नथें ऊसले बारबार ब्ल्याकमेल गरिरह्यो ।

प्रतिकारमा उत्रदाको प्रतिफल हो यो सब म जीवन र मृतुको भुमरीमा घुमी रहे, झनझन् कम्जोर बन्दै गए कम्जोर मानसिकताको उपज आज म… साचिकै त्यो दिनदेखि म केहि खाएकी पनि छैन, म चरम शारीरिक तथा मानसिक यातनाको शिकार बनेकी छु । मालिक्नी नभएको मौका छोपी मालिकले जबर्जस्ती मेरो अस्थित्व माथि पटक पटक बलात्कार गरिरहन्छ, यो कुरा सब एक दिन मालिक्नीलाई थाहा भयो रंगे हात ऊसले मालिकको कठालो समात्न पुगी अनि मलाई गाडीमा हालेर मेडिकल चेकअप गर्न निजि हस्पिटल पुर्‍याई । मेरो गर्वमा तिनमहिनाको उसको पतिको पाप हुर्किदै थियो, यो खबरले म बिहोश बन्न पुगेछु, गर्व पतन गर्दा झनै फसिने डरले मालिक्नीले मलाई घरमा लिएर आइ अनि कोठामा थुनेर राखेकी… म अब जिउदो लास बनेर पटक पटक मर्दै बाच्न चाहन्न अनि बचेखुचेको मेरो अस्थित्व बार बार लिलाम गर्न चाहन्न मेरो अस्मिताको हकदार अनि रक्षक सिर्फ मेरो मुटु.. हजुर मात्र… बोल्दा बोल्दै उसका स्वरहरु  दब्बिए.. उसको दर्दनाक चित्कारले मेरो कोमल हृदयमा नराम्रो गरि असर पर्यो, म मानवरुपी दानवहरुको बिरुद्धमा.. आगो बनेर सबैलाई खरानी बनाउन चाहन्थे, शरीरमा तातो रगत उम्लिरहेको थियो तर विवस सहनु अनि अफैलाई मानसिक पिडा दिनु अनि क्रुर अत्याचारको आगोमा जलिरहेकी प्रिय मायालुको दर्दनाक दुखमा मुकदर्शक बन्नु सिबाए कुनैपनि विकल्प थिएन, मजबुरीको नाम माहात्मा गान्धी भनेझै म विवश उस्को कुरा सुनिरहे… जब जब अन्याय र अत्यचारले सिमा नाग्छ तब मुक्तिको लागि मानिस आगो बन्दछ र दुस्मनलाई जलाउने कोशिश गर्छ अन्तत: नसकेमा ऊ आफै जलेर भस्म हुने गर्छ म जल्न होइन जलाउन चाहन्थे तर ऊ आफै जलेर भस्म हुने छनक देखाउथी “सिमा” “सिमा” म उसलाई बोलाई रहे उसका स्वरहरु सुकिरकेका थिए उसले लामो सास तानेर आन्तिम शब्द बोलि- “मुटु” यदि मेरो माया लाग्छ भने त्यहि हाम्रो पहिलो मिलन भएको ठाँउ समुन्द्रको किनारमा आउनु यदि म मानबरुपी राक्षसको पन्जाबाट बाचिछु भनें हजुरलाई कुरिरहेकी हुनेछु अन्यथा मेरो मृत्युमा आँसु नबगाउनु एउटी राम्री जीवनसाथी  चुन्नु, म माथि आकाशबाट हजुरको खुशी हेर्दै पर्खीरहेकी हुनेछु, ऊसको बोलि रोकियो मैले आकाश तर्फ हेरिरहे आकाशमा कालो बादल मड़ारी रहेको थियो…!!

क्रमश…

Posted by: Jay Ale

One response to “ओईलिएर झरेको फूल (वियोगान्त मेरो प्रेमकथा – भाग २)

  1. hello rajan g, dherai nai parkhaunu vayo hamilai hjurko tesro bhag ko lagi hami yaha kaam garne dui jana sathi dherai byakul va6aum ki k hun6 agadi vaner. hjurko sahitya pani dherai ramro 6 malai dherai man paryo yo story lai lamo banaudai gayo vanne euta kitab nai bann sak6. best of luck for write this real happend in kuwait’s story……we r waitng for ur next……plz..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.