खनाललाई चड्कन फापे पनी कुर्ची नफाप्ने संकेत


ईन्द्र भूषाल, कुवेत

आफ्नै पार्टीका प्रमुख नेताहरुको नेत्रित्वमा बनेको सरकारलाई हरतवरबाट असहयोग गर्दै राजिनामा दिन लगाएर देशलाई ६ महिनासम्म बिना सरकार अन्धकारमा धकेल्ने झलनाथ खनाल अन्तत नेपालको प्रधानमन्त्री बन्न सफल भए । झलनाथको प्रधानमन्त्री बन्ने चाहनाले देशको अवस्था कहाँसम्म पुर्‍यायो र संबिधान बनाउने समयमा नेताहरु के कुरामा समय बिताए सबैको सामु छर्लङ्ग छ ।

अमेरिकाका पूर्व राष्ट्रपती बुश देखी भरतका गृहमन्त्री सम्मले जुत्ता खाए । बुशलाई जुत्ताले के फलिफाप भयो र चिंदमबरमलाई के फापेन समयले देखाएको छ तर नेपालका बर्तमान प्रधानमन्त्री झलनाथ खनाललाई भनें आफ्नै कार्यकर्ताको चड्कन असाध्यै फापेको देखियो । चड्कन खाएको दुई हप्ता नपुग्दै खनाल नेपालको प्रधानमन्त्री बन्न सफल भएका हुन । यो भन्दा भाग्यमानी चड्कन राजनीति बित्रचित्रको नेतामा शायद कसैले पाएको छैन होला ।

राजनीति गर्नेलाई कुर्चिमा पुग्न जती सजिलो हुन्छ, त्यहाँ गएपछी कुर्ची जोगाउन र चाहेजस्तो काम गर्न सयौगुणा गाह्रो हुन्छ भन्ने कुरा फेरी साँचो सावित भएको छ । सहमतिको सरकार बनाएर संबिधान लेख्ने भन्दै नाक फुलाएर हिंड्ने खनाल दुई महिना हुँदा पनी मन्त्रिमन्डल गठन गर्न नसकेर असफल हुँदै गएका छन । अफ्नै पार्टीमा आफुले चलाएको तिर अब खनालतिरै फर्किएको छ । चारैतिरबाट घेरिएका खनाल अब पार्टी भित्रैबाट पनि घेरिंदै छन । आफ्नै भन्नेले अब कोल्टे फेर्न थाले पछी चड्कन फापे पनी कुर्ची नफाप्ने र असफल प्रधानमन्त्री बनेर इतिहास रच्ने मेसो आएको छ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.