राजु गुरुङ, कुवेत
नयाँ वर्ष २०६८ को स्वागत गर्दै खेलकुद को माध्यमद्वारा कुवेतमा कार्यरत नेपालीहरुमाझ एक आपसमा नयाँ बर्षको शुभकामना आदान प्रदान गर्दै आपसी सम्बन्ध प्रगाढ बनाउने उदेश्यले कालीगण्डकी बचत समुह, कुवेतले आगामी २२ अप्रिल २०११ को दिन, अन्तर नेपाली भलिवल प्रतियोगिताको आयोजना गर्ने पक्का भएको छ । यसअघी प्रतियोगिता कहाँ खेलाउने भन्ने टुङो नभएको भएको भए पनि अन्तत मङाफको भलीबल मैदानमै प्रतियोगिता हुने भ्एको जानकारी प्राप्त भएको छ । आयोजक कालीगण्डकी बचत समुहले आह्वान गरे बमोजिम सम्पूर्ण सहभागी टिमका प्रतिनिधिहरु माझ अस्ती शुक्रबार (१५ अप्रिल २०११) मालियास्थित गार्डनमा गोला प्रथाद्वारा टाइ सिट निर्धारण गरिएको छ । साथै कुवेतबासी सम्पूर्ण खेलप्रेमी नेपाली दर्शकहरुलाई आफ्नो उपस्थिती जनाइ खेलाडीहरुलाई मनोबल बढाइ दिन हुन आयोजक समितीले आग्रह गरेको छ ।
आयोजकद्वारा प्रतियोगिता सम्बन्धी जारी नियामावली जस्ताको तस्तै तल राखिएको छ ।
प्रतियोगिता सम्बन्धी नियम र जानकारीहरु:
१) प्रतियोगिता अप्रिल २२ तारिख बिहान ७ बजेबाट शुरु हुनेछ ।
२) टिम दर्ता गर्ने अन्तिम मिति अप्रिल १५ तारिक साँझ ३ बजेसम्म रहने छ ।
३) टिम दर्ता फोन मार्फत अथवा इमेल मार्फत पनि गर्न सकिने छ ।
४) गोलाप्रथा वा टाईसीट अप्रिल १५ तारिखकै दिन साँझ ३ बजे पश्चात गरिने छ ।
५) प्रतियोगितामा समाबेश हुनको लागि शुल्क के.डी १५ लाग्नेछ ।
६) खेल टीटी काउन्टबाट नकआउट चरणको आधारमा खेलाइने छ ।
७) खेल अवधिभरि खेलाडीहरुले रेफ्रीको नियम र निर्णयलाइ स्वीकार गर्नु पर्नेछ ।
८) प्रत्येक टिममा नौ’जना खेलाडीको नाम समाबेश हुनु पर्नेछ ।
९) प्रत्येक टिमबाट पाँच जना साथीहरु स्वयंसेवकको रुपमा खटाउनु पर्नेछ र स्वयंसेवक साथीहरुको नाम खेलाडी साथीहरुको नाम दर्ता गराउने समयमा दिनु पर्नेछ ।
१०) प्रत्येक टिमको टिम क्याप्टेन वा टिम मेनेजरको सिभिल आइडीको कपि र एक प्रति फोटो गोला प्रथाको दिनमा अनिबार्य रुपमा बुझाउनु पर्नेछ ।
११) कुनै पनि टिमको खेलाडी वा टिम सपोर्टरले मादक पदार्थ सेवन गरेर वा नगरेर पनि प्रतियोगिताको नियम बिपरित कार्य गरी प्रतियोगितामा दखल पुर्याउन गएको खण्डमा उक्त खेलाडी या सपोर्टरलाई आयोजक समितिले कुवेतको स्थानिय सेक्युरिटीलाई जिम्मा लगाई कानुन अनुसारको कार्वाहीको लागि अपिल गर्न वाध्य हुनेछ ।
१२) खेल मैदानमा प्रवेश गर्नु भन्दा अगाडी टिम क्याप्टेनले कुनै प्रकारको अशान्ति र नियम बिपरित जाने छैन भनेर लेखेको मन्जुरी पत्रमा सहिछाप गरेपछी मात्र खेल मैदानमा प्रवेश गराइने छ । जुन पत्र अरबिक र अंग्रेजी दुवै भाषामा लेखिएको हुनेछ ।
१३) बिगतका प्रतियोगिताहरुमा भएका हो-हल्ला र अशान्तिलाई मध्येनजर गर्दै यसपालिको प्रतियोगितामा कडा सुरक्षाको व्यवस्था भएकोले सम्पूर्ण टिमका टिम क्याप्टेनलाइ आफ्नो खेलाडी र सपोर्टरलाई अनुशाशित र मर्यादामा राखिदिनु हुन अनुरोध समेत गरिएको छ ।
१४) प्रतियोगितामा प्रथम र द्दित्तीय हुने टिमलाई खसी, कप, प्रमाणपत्र र त्रितिय हुने टिमलाई खसी र प्रमाणपत्रले पुरस्कृत गरिनेछ भनें चौंथो हुने टीमलाई सान्तवना पुरस्कार दिईने छ ।
१५) प्रतियोगिता भरिकै उत्कृष्ट अनि अनुशाशित खेलाडीलाई ‘मेन अफ द म्याच’को उपाधि दिईने छ ।
१६) खेल खेलाइने खेल मैदान १५ अप्रिलको दिन गोला प्रथा गर्ने समयमा निश्चित गरिने छ । यदि कवर्ड हलमा खेलाइने निर्णय भएमा दर्ता शुल्क के डी २५ लाग्ने छ ।
आदरणीय कुवेतवासी दाजुभाई, दिदीबहिनीहरु !! हामी सधै तपाईहरुको अमुल्य सुझाब सल्लाहको प्रतिक्षामा हुनेछौं र यस प्रतियोगितामा कोहि संघ-संस्था वा व्यक्तिगत तर्फबाट सल्लाह सुझाब अनि आर्थिक सहयोग अथवा कसैले सह-प्रायोजक गर्न चाहनु हुन्छ भने यहाँको महान भावनालाई हामी सहज रुपमा स्विकार गर्नेछौं । साथै “सानो बचत ठुलो सिर्जना” भन्ने मूल नारा सहित अगाडी बढिरहेको यस संस्थामा केहि कार्यकारिणी समितिको सदस्य पद खाली भएको हुँदा जो कोही इच्छुक महानुभावले सम्पर्क गरि सदस्यता लिन सक्नु हुनेछ भन्ने जानकारी समेत यसै सूचना मार्फत सुचित गराउँदछौं ।
सम्पर्क: टीम क्याप्टेन सुबाश श्रेष्ठ – ५५४५१३७४
आशिष कुँवर – ६५९९९११२/५०५४१२९५
ईमेल: kaligandaki.samuha@rocketmail.com
आयोजक समिति,
कालीगण्डकी बचत समूह, कुवेत- नेपाल
Wish you Allt he best Aashish ji. kaligandaki ko name Sunda pani Merai danda pakha tira ramayejasto lageko chha. Subhakamana chha tapaailaai New Year ko Ani Vollyball Turnament ko.
Manoj Mansun
manojmansun@yahoo.com
Mobile 60750833
lau bhadhai yaha haru lai
to whom do we need to contact for membership?