Daily Archives: 17/04/2011

कालीगण्डकी बचत समुहद्वारा आयोजित अन्तर नेपाली भलीबल प्रतियोगिताको टाइसिट प्रकाशित


राजु गुरुङ, कुवेत

नयाँ वर्ष २०६८ को स्वागत गर्दै खेलकुद को माध्यमद्वारा कुवेतमा कार्यरत नेपालीहरुमाझ एक आपसमा नयाँ बर्षको शुभकामना आदान प्रदान गर्दै आपसी सम्बन्ध प्रगाढ बनाउने उदेश्यले कालीगण्डकी बचत समुह, कुवेतले आगामी २२ अप्रिल २०११ को दिन, अन्तर नेपाली भलिवल प्रतियोगिताको आयोजना गर्ने पक्का भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Kharafi Group chairman Nasser Al-Kharafi dies


The billionaire chairman of the Kuwaiti conglomerate Kharafi Group, a major shareholder in telco Zain, has died in Cairo from a heart attack.Nasser Al-Kharafi headed the Kuwaiti family-owned firm which had stakes in several listed firms in the Gulf state. पढ्नेक्रम जारी राख्नुहोस्

साहित्य समाज ब्रुनाईको शुभकामना कार्यक्रम सम्पन्न


विश्वदिप तिगेला/ब्रुनाई, १६ अप्रिल २०११ । विश्व नेपाली साहित्य महासङ्घ संग सम्बद्ध प्रवासी नेपाली साहित्य समाज बेलायत ब्रुनाईले शुभकामना कार्यक्रम भब्यताका साथ सम्पन्न गर्यो । पढ्नेक्रम जारी राख्नुहोस्

हलिउड अभिनेत्री ‘डेमी मुर’को १६८ घण्टा नेपालमा


-अश्विनी कोइराला, तीन सन्तानकी आमा तथा ४८ वर्षिया महिला कस्ती देखिन्छिन् ? सबैले सजिलै भन्ने कुरा हो, जीवनबाट थाकिसकेकी, रोग निम्त्याउन थालेकी एवं निराश । यदि हलिउड कलाकारको कुरा गर्ने हो भने उनीहरू सुन्दर त देखिएलान्, तर मानसिक रोगले ग्रस्त हुन सक्छन् । यद्यपि हालै नेपाल आएकी  हलिउडकी चर्चित नायिका डेमी मुर ती सबैबाट टाढा थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्

गोलभेडाको मूल्य २० गुणा सस्तो


अमन कोइराला/सर्लाही, वैशाख ४ । राम्रो मूल्य पाएर यस वर्षको मध्य सिजनमा अप्रत्याशित आम्दानी गरेका गोलभेडा किसानले उत्पादनको अन्तिम समयमा भने मजदुर खर्चसमेत नउठ्ने भाउमा चित्त बुझाउनु परेको छ ।

चैत अन्तिम सातादेखि गोलभेडाको भाउ गिर्दा छ । अहिले प्रतिकिलो २ रुपैयाँमा बिक्न हम्मे पर्छ । मध्य सिजनमा ४० रुपैयाँ किलोमा हातहातै बिक्री भएको गोलभेडा अहिले टिपेर बजार पुर्‍याउँदा लाग्ने खर्चसमेत नउठ्ने कृषक बताउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्

खनाललाई चड्कन फापे पनी कुर्ची नफाप्ने संकेत


ईन्द्र भूषाल, कुवेत

आफ्नै पार्टीका प्रमुख नेताहरुको नेत्रित्वमा बनेको सरकारलाई हरतवरबाट असहयोग गर्दै राजिनामा दिन लगाएर देशलाई ६ महिनासम्म बिना सरकार अन्धकारमा धकेल्ने झलनाथ खनाल अन्तत नेपालको प्रधानमन्त्री बन्न सफल भए । झलनाथको प्रधानमन्त्री बन्ने चाहनाले देशको अवस्था कहाँसम्म पुर्‍यायो र संबिधान बनाउने समयमा नेताहरु के कुरामा समय बिताए सबैको सामु छर्लङ्ग छ । पढ्नेक्रम जारी राख्नुहोस्

दुबईमा नेपाली कल्याणकारी समिति, यूएईको प्रशंसनीय शुभकामना कार्यक्रम


विरही रिजाल, यूएई

१६ अप्रिल २०११ । नेपालीको शानको प्रतीक नेपाली राष्ट्रिय झन्डा फर्फराउने दुबईको एभरेष्ट इन्टरनेश्नल होटलमा १५ अप्रिल अर्थात् नयाँ वर्ष वि.स. २०६८ को दोश्रो दिन सधैं झैं दिउसो तीन बजेपछि नेपाली संस्कृति र साहित्य घन्किन थाल्यो । कोहि साहित्यमा डुब्न थाले त कोहि सांस्कृतिक गायन र नृत्यमा रमाउन थाले । पढ्नेक्रम जारी राख्नुहोस्

साहित्य महासङ्घको शुभकामना कार्यक्रम: प्रतियोगी कविता लिनेक्रम शुरु


१४ अप्रिल २०११, ब्रुनाई, नयाँ बर्ष २०६८ को पहिलो दिन विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिले इ-शुभकामना कार्यक्रम सम्पन्न गर्यो । नेपालको समय बेलुकी ७ बजे शुरु भएको कार्यक्रममा महासङ्घका महासचिव विश्वास दीप तिगेलाले ब्रुनाईबाट सबैलाई नयाँ बर्षको शुभकामना सहित अभिवादन टक्राए, पढ्नेक्रम जारी राख्नुहोस्