Daily Archives: 16/04/2011

गजल…!!


मनोज काफ्ले ‘मनसुन’

नसा पिउनेको बास यहाँ
धेरै जसो बदमास यहाँ
नैतिकतालाई पाखा फालेर
फोड्न उठे अकाश यहाँ पढ्नेक्रम जारी राख्नुहोस्

जागिरभन्दा आफ्नै व्यवसायबाट आनन्द


सन्दीप निरौला, सञ्चालक, सूर्य रिकन्डिसन सेन्टर, विराटनगर

 मैले यो व्यवसाय सुरू गरेको दुई वर्ष भयो । यो व्यवसायमा लाग्नुभन्दा अघि म एउटा ट्राभल्स एजेन्सीमा काम गर्थें । ट्राभल्स एजेन्सीमा काम गरेको आधारमै मोटरसाइकलको कारोबार सुरू गरेको हुँ । ट्राभल्स एजेन्सीमा काम गर्ने क्रममा ग्राहकसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने बुझें । जुनसुकै व्यवसाय गर्दा पनि ग्राहकलाई देवता ठान्नुपर्छ । जतिसुकै राम्रो व्यवसाय सञ्चालन गरे पनि यदि ग्राहकलाई रिझाउन सकिएन भने त्यो व्यवसाय उँभो लाग्न सक्दैन । पढ्नेक्रम जारी राख्नुहोस्

गृह माओवादीलाई दिए प्रधानमन्त्रीलाई थन्को लगाइन्छ: ओली


 काठमाडौं, वैशाख ३ – एमाले नेता केपी शर्मा ओलीले प्रधानमन्त्री झलनाथ खनालले पार्टी निर्णय विपरीत गृहमन्त्रालय माओवादीलाई दिए प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट हटाउने चेतावनी दिएका छन् । ‘गृहमन्त्रालय माओवादीलाई दिए उहाँलाई साह्रै महंगो पर्छ,’ रिपोर्टर्स क्लवको साक्षात्कारमा शनिबार उनले भने । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा नयाँ नेपाली जोडीको दाम्पत्य जीबन शुरु


ईन्द्र भूषाल, कुवेत

नयाँ सालको आगमन सँगै कुवेतमा कार्यरत एक नेपाली जोडीले आजीबन सँगै बाँच्ने, सँगै मर्ने बाचाका साथ १५ अप्रिल २०११ को दिन, नेपाली ख्रिष्टियन चर्च कुवेतमा इसाई परम्परा अनुसार प्रणय सुत्रमा बाँधिएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालकुवेत साँस्कृतिक मञ्चको चौंथो सांगितिक प्रस्तुती सम्पन्न


जय आले, कुवेत

१६ अप्रिल । नेपालकुवेत साँस्कृतिक मञ्चको आयोजनामा नयाँ वर्ष २०६८ को अवसरमा कुवेतवासी नेपालीबीच शुभकामना सन्देश आदान-प्रदान गर्दै प्रस्तुत गरेको चौंथो बृहत साँस्कृतिक प्रस्तुती १५ अप्रिल २०११ शुक्रवारको दिन, कुवेतको मालियास्थित एसिया-एसिया होटलमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कास्कीका ४३ गाविस खुल्ला दिशामुक्त घोषित, झण्डै तीन करोड खर्च


धन बस्नेत/पोखरा, साढे तीनवर्षो प्रयासपछि कास्कीका ४३ वटै गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषित भएका छन् । गएको चैत अन्तिमसाता सबै गाविसलाई जिल्ला विकास समितिले खुल्ला दिशामुक्त घोषणा गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

सुन प्रतितोला ४१ हजार १ सय


विवाहको मौसम सुरु हुने बेला फेरि बढेको सुनको मूल्यले ग्राहकलाई तर्साएको छ । बुधबारसम्म ४० हजार ६ सय ५० मा बिक्री भएको सुनको मूल्य शुक्रबार ह्वात्तै बढेर तोलाको ४१ हजार १ सय रुपैयाँमा पुग्यो ।यसले गर्दा ग्राहकका साथै व्यवसायीलाई नकारात्मक प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘ग्राहकले किन्न नसक्ने अवस्था आएको छ,’ उनले भने, पढ्नेक्रम जारी राख्नुहोस्

छाला जोगाऔं घामबाट


नेपालगन्जबाट हालै राजधानी फर्केकी रिना ऐनामा अनुहार हेर्दा आत्तिन्छिन् । नेपालगन्जको सातदिने बसाइमै उनको अनुहार, गर्दन, हात घामले डढेर कालै भएका छन् ।’फिल्ड वर्कले गर्दा घाममै हिँड्नुपर्‍यो, बिहान सनस्क्रिन लोसन लगाएर निस्कन्थें र पनि यस्तो भयो,’ रिना भछिन्न्, ‘मेरो छालाको रंग सामान्य हुन महिना दिनभन्दा बढी लाग्छ रे ।’ पढ्नेक्रम जारी राख्नुहोस्