नयाँ वर्षमा करोडौंको SMS


– सरस्वती ढकाल

लोडसेडिङ हटोस्, बजार भाउ घटोस्, देशमा शान्ति छाओस्, लोकतान्त्रिक संविधान आओस्, नयाँ वर्ष २०६८ ले समृद्धि ल्याओस् !!!

नयाँ २०६८ को खुसीयाली, सुख शान्ति र समृद्धिको यस्तै शुभकामना साटासाट गर्दै सर्वसाधारणले मोबाइल एसएमएसमा मात्रै करोडौं रुपैयाँ खर्चिएका छन् । नेपाल टेलिकमको नेटवर्कभित्रका ग्राहकबीच मात्र बिहीबार साँझसम्म ८२ लाखभन्दा बढी एसएमएस आदान–प्रदान भएको छ । यसमा एनसेल र यूटीएल नेटवर्कले भने तथ्यांक उपलब्ध गराएका छैनन् ।

केही समयअघि चिठीपत्र, कार्ड र टेलिफोनबाट आदानप्रदान गरिने शुभकामनाको परम्परा अहिले एसएसएले थेगेको छ । एसएसएसमार्फत शुभकामना साट्ने क्रम बुधबार साँझदेखि अत्यधिक बढेपछि टेलिकमको नेटवर्कमा ‘ओभर ट्राफिक’ भएकाले ‘डेलिभर’ नहुने समस्या देखिएको थियो । एसएमएस नेटवर्कमा बिहीबार पनि समस्या देखापरेको छ ।

धेरै प्रयोगकर्ताले एकैपटक एसएमएस तथा फोन गरेकाले सिस्टममा चाप परेको हुनसक्ने टेलिकमका व्यापार प्रबन्धक अनन्तमान सिंहले बताए । “ग्राहकलाई एसएमएसमा समस्या नपरोस् भनी नयाँ उपकरण ल्याएका छौं र यो अहिले परीक्षणकालमा छ, केही दिनमै यसबाट सेवा दिनेछौं,” उनले भने ।

ग्लोबल सिस्टम मोबाइल (जीएसएम), कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) प्रयोगकर्ताले एसएमएसको अत्यधिक प्रयोग गरेका छन् । टेलिकमका अनुसार जीएसएम प्रिप्रेड तथा पोस्टपेड र सीडीएमएका ग्राहकले बुधबार दिनभरमा १ लाख र बिहीबार साँझसम्म करिब ८१ लाख वटा एसएमएस आदान–प्रदान गरेका छन् ।

नयाँ वर्ष २०६८ को शुभारम्भसँगै टेलिकमले ग्राहकलाई एसएमएसमा ‘अटो रिप्लाई’, ‘कपी एसएमएस’, ‘स्पोन्सर एसएमएस’, ‘एसएमएस फरवार्ड’ लगायतका करिब दर्जन सेवा दिने अन्तिम तयारी गरेको छ । जीएसएमतर्फ प्रिपेड तथा पोस्टपेडमा यो सेवा दिन लागिएको हो । प्रतिस्पर्धी बजारमा ग्राहकले ‘भ्यालु एडेड’ सेवा खोज्ने क्रम बढेपछि नयाँ सुविधा दिन लागिएको कम्पनीले जनाएको छ ।

विद्युत् प्राधिकरणले दैनिक १४ घण्टा लोडसेडिङ गराएपछि दूरसञ्चार कम्पनीका सेवा प्रभावित भएका छन् । लोडसेडिङ भार बढ्दै गएपछि ब्याट्री ब्याकअप र सोलारले धान्न नसक्दा ट्राफिक जाम हुने, नेटवर्कले काम नगर्ने, फोन लागिहाले पनि एकतर्फी आवाज सुनिनेलगायतका समस्या बढेका छन् ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.