क्यान्सर पीडितको श्रीमानलाई कुवेतदेखी नेपालसम्मको टिकट उपलब्ध गराए कुमार झापालीले


जय आले, कुवेत

नेपालमा कलेजोको क्यान्सरबाट ग्रसित बनेकी रुपन्देही जिल्ला रुईपुर गा.बि.स, वडा नं. ७ हरैयाकी खेमकला बसौलाको श्रीमान हाल कुवेतको अल्मुल्ला सेक्युरिटी कम्पनीमा कार्यरत श्रीकान्त बसौलालाई कुवेतदेखी नेपालसम्मको हवाई टिकट एक व्यक्तित्वबाट उपलब्ध गराईएको छ ।

उनलाई टिकट उपलब्ध गराउने व्यक्ति नेपालकुवेत मजदुर सँघका संयोजक श्री कुमार झापाली हुनुहुन्छ । झापालीले संस्थाको तर्फबाट फ्लाई दुबईको टिकट उपलब्ध गराउँदै १४ अप्रिलको दिन कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आलेलाई उक्त टिकट श्रीकान्त बसौला समक्ष पुर्‍याई दिन अनुरोध गर्दै हस्तान्तरण गर्नु भएको हो । टिकटको तालिका अनुसार श्रीकान्त बसौला १६ अप्रिलको बिहान ०८.४० बजेको फ्लाईटमा नेपाल जाने छन् भनें टिकट आजै बसौलालाई हस्तान्तरण गरिने छ ।

कुमार झापाली अहिलेको एम्नेष्टीको अवसरमा नेपाली दूताबाससँग सहकार्य गर्दै दूतावासबाट ट्राभल कागजात प्राप्त गरी दूताबासको गेटमा अलपत्र अवस्थामा रहेका मजदुर नेपालीहरुलाई सहयोग गर्दै अन्य काम र प्रयोजनको लागि सम्बन्धित निकायसम्म नि:शुल्क पुर्‍याई दिने र नेपाल जानको टिकटको लागि एयरलाईन्सहरुमा आफै उपस्थित भई सुपथ मुल्यमा हवाई टिकट समेत उपलब्ध गराउँदै उचित सल्लाह र सुझाव दिंदै आएका कुवेतको नेपाली समाजमा नयाँ समाजसेवी भनेर उदाउँदै गरेका व्यक्ती हुन ।

कलेजोको क्यान्सरबाट ग्रसित खेमकला बसौला हाल उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित पशुपती सिंघानिया रिसर्च इन्स्टिट्युटमा रहेकी छिन् । उनको उपचारार्थ ठुलो रकमको आवश्यकता पर्ने जनाईएको छ, भनें कुवेतवासी नेपाली जनसमुदायबाट पीडितको श्रीमानले ५५० के.डी. आर्थिक सहयोग स्वरुप रकम संकलन गरेको कुवेतनेपाल डटकमलाई जानकारी दिएका छन ।

सहयोगकै क्रममा पीडितको शिध्र स्वास्थ्य लाभको कामना गर्दै माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले समेत लालीगुराँस साँस्कृतिक परिवारको दोस्रो प्रस्तुतीको अवसरमा क्लवका उपाध्यक्ष श्रीमान/श्रीमती धर्मराज गिरीमार्फत सहयोग स्वरुप केही रमक पीडितको श्रीमान श्रीकान्त बसौलालाई हस्तान्तरण गरेको थियो ।

4 responses to “क्यान्सर पीडितको श्रीमानलाई कुवेतदेखी नेपालसम्मको टिकट उपलब्ध गराए कुमार झापालीले

  1. oh dai teti jabo ticket diyeko ni k onlinema diyeko hau ma bhayeta eklai dinethiye ni 40 kd ko ta hola anyway thanks

  2. at first namaskar kumar ji !
    hamro nepali samaj sewak haru ko bichar yestai hunu par6,
    ani balla hamra nepali sojo saja daju bhai haru ley yo khadi muluk ma dukha, pida paudina, bhan6an ni buda pakha ley aaru ko lagi gare pachi aafu lai pani karam mil6 its ok bro i know, yo ta kasting matra ho picture ta baki nai 6. hoina ra bro saath ma naya barsa 2068 saal ko subha kamana !!!!!!……………………..

  3. Weldone Mr. Jhapali. Keep it up.

  4. Thank you for your co-operation (Mr:Jhapali)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.