रणभूमी होइन शान्तीभूमी बनोस् नेपाली राजदूतावास


कुवेतनेपाल न्यूज डेस्क

कुवेतवासी नेपालीहरुको बिसौं वर्षदेखीको व्यग्र प्रतिक्षापश्चात कुवेतमा नेपाली राजदूतावासको स्थापना भएको पनि बर्ष दिन नाँघिसक्यो । यस समयको अन्तरालमा पीडित कुवेतवासी नेपालीहरुले कयौं सुबिधाहरु उपभोग गर्दै आएका छन, आफ्ना नागरिकहरुलाई हरसम्भव सुविधा प्रदान गर्ने प्रयत्न दूतावासले गरेको सत्यता पनि नेपाली समाज कुवेतमा छुप्न सकेको छैन ।

समयको दौडानसँगै अझ सरल, सहज र सुलभढंगले पीडित नेपालीहरुको समस्या समाधानमा दूतावास सकृय हुन्छ भनी आशा, भरोसा र अभिलाषा बोकेका छन नेपाली जनसमुदायले “नेपाली राजदूतावास कुवेत माथि ।” तर, जती-जती समय बितेर गएको छ उही रफ्तारमा दूतावास विवादको भूमरिमा परेको देखिन्छ । जुन नेपाल सरकार, नेपाली समाज अनी कुवेतसँगको बलियो कुटनैतीक सम्बन्ध बिस्तारको लागि शुभ सन्देश अवश्य होइन ।

कतिपय विवाद त यसरी निस्के, जो परालको आगोको रफ्तारमा उर्ल्यो अनी च्याम्चुम्मै निभ्यो पनि । आखिर यस्तो किन हुन्छ ? जसले परालमा आगो सल्काए उनैले निभाएको पनि प्रत्यक्ष देख्न पाईयो यहाँ । दूतावास भनेको प्रवासी नागरिकहरुको लागि नेपाल सरकार हो, सुरक्षाको लागि हर नागरिकले शरण लिने कक्ष हो । तर, नेपालीहरुको लागि कतिसम्म दुर्भाग्यको कुरो, आज त्यही दूतावास नेपाली/नेपाली मुक्का हानाहान गर्ने थलो र झगडाको केन्द्र जस्तो देखिएको छ, भनें जब पीडित नेपालीहरुले जुन अभिलाषा बोकेर दूतावासमा शरण लिन पुग्छन् उनिहरुले आफु सुरक्षित रहेको अनुभूती कसरी गर्ने ? जबकी दूतावास कर्मचारीहरुको अगाडि त्यसमाथि पनि दूतावास परिसरमै नेपाली/नेपालीबीच मारामार र काटाकाट हुन्छ भने सुरक्षाको जिम्मेवारी कसले लिने ? यो नितान्त सोंचनिय सवाल खडा भएको छ, प्रवासी नेपालीहरुको लागि ।

सन्दर्भ नयाँ नेपाल युवा क्लवका अध्यक्ष, नेपाल मगर सँघ कुवेतका अध्यक्ष एवं समाजसेवी दिल बहादुर पुन मगरमाथि हिजो १२ अप्रिल २०११ को दिन, नेपाली राजदूतावास कुवेत परिसरभित्रै भएको आक्रमणको हो । जुन समाचार कुवेतका नेपाली अनलाईन पत्रीकाहरुमा सम्प्रेषित भएपछी हामीले टेलिफोन मार्फत पीडित दिल पुन’लाई संपर्क गरेका थियौं । उनले दु:खी हुँदै भनें, जे नहुनु पर्ने थियो त्यही हुन गयो, जुन नेपाली समाज कुवेतको लागि राम्रो संकेत होइन । फेरिपनी राजदूतज्यूले पीडितलाई न्याय र पीडकलाई सजाँय दिने आश्वासन दिनु भएको छ । जसको लागि सम्पूर्ण कुवेतमा कृयाशिल रहेका नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुको समेत उपस्थितिमा यस मुद्दाको छिनोफानो गरिने पनि अध्यक्ष पुन’ले बताए ।

जे हुनु पर्ने हो त्यो हुँदैन, जे नहुनु पर्ने हो त्यही बढी हुन्छ नेपालदेखी लिएर नेपालीहरु बस्ने समाजमा । नयाँ वर्ष २०६८ को पूनित आगमनमा नयाँ बिचार, नयाँ शोध र नयाँ कार्यको थालनी गर्न सक्ने श्री पशुपतीनाथले सम्पूर्ण प्रवासी नेपाली लगायत नेपाली नियोगलाई कृपा प्रदान गरुन, ताकी नेपाली कुटनैतीक नियोगहरु रणभूमी होइन शान्तिभूमी बनेको प्रवासी नेपालीहरुले अनुभूती गर्न पाउन यही नै हाम्रो अग्रिम शुभकामना !

(सम्पादक डेस्क, १३ अप्रिल २०११)

Advertisements

One response to “रणभूमी होइन शान्तीभूमी बनोस् नेपाली राजदूतावास

  1. कुवेट मा दुताबास आए देखी, नेपाली जनता को भलो हुने कुनै खास काम गरेको छैन । दुताबास को यो गैर जिम्मेवार गतिबिधी हेर्दा, कुवेट मा दुताबास चाहिन्छ भनेर हस्ताक्षर सकलन अभियान मा बेकार हस्ताक्षर गरेछु जस्तो लागेको छ । सधैं भरी काण्ड, आफ्नो जिम्मेवरी पुरा नगर्ने भए फेरी दुताबास चहिएन भनेर हस्ताक्षर गर्न तयार छु ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.