मुस्लिम महिलाले नकाब तथा बुर्का लगाउनु अपराध मानिने


पेरिस, फ्रान्समा सोमबारदेखि नयाँ कानुन लागू भइरहेको छ । नयाँ कानुन अनुसार सार्वजनिक जीवनमा कोही पनि मुसलमान महिलाले नकाब वा बुर्का भित्र अनुहार लुकाउन पाइँदैन । नयाँ कानुन अनुसार यदि कसैले बुर्का वा नकाबभित्र अनुहार छिपाउनु अपराध मानिन्छ । कानुन तोड्नेलाई एक सय ५० युरो जरिवाना समेत हुन सक्छ । यसैगरी कानुन तोड्नेलाई नागरिक कोर्ससमेत लिन लगाइनेछ ।

यस नयाँ कानुनअनुसार बुर्का वा नकाब लगाउन बाध्य पार्नेलाई पनि जरिवानासहित दस हजार सजाय हुन सक्छ । अब कोही महिला नकाब वा बुर्का लगाएर बाहिर निस्केमा प्रहरीले ती महिलालाई रोकेर जरिवाना गर्नेछ । जरिवाना धेरै नभए पनि सांकेतिक रूपमा यो ठूलो भएको विश्लेषकहरूले बताएका छन् ।

कुनै विशेष पहिरनमाथि प्रतिबन्ध लगाउने युरोप पहिलो देश बनेको छ । बुर्का वा नकाब मुस्लिम धर्मावलम्बीका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । समाजमा साझा हिसाबले बस्नका लागि बुर्का तथा नकाबविरोधी रहेको पनि फ्रान्सेली अधिकारीले बताएका छन् । फ्रान्सका अधिकांश जनता यस कानुनको समर्थकका रूपमा रहेको पनि बताइएको छ ।

फ्रान्सेली अधिकारीहरूका अनुसार फ्रान्समा सबै नागरिकलाई समान अधिकार भए पनि यस पहिरनले महिलालाई तुच्छ देखाउँछ । फ्रान्समा केवल दुई हजारमात्र बुर्का वा नकाब लगाउने महिला भएकाले त्यसविरुद्ध प्रतिबन्ध लगाउनु आवश्यक थियो वा थिएन भन्ने प्रश्न उठिरहेको छ । यता राष्ट्रपति निकोलस सार्कोजीले आफ्नो लोकप्रियता घटिरहेका वेला मुस्लिम मुद्दा उछालेर मत तान्नका लागि नयाँ कानुन ल्याएको आरोप आलोचकहरूले लगाएका छन् ।

Posted by: Jay Ale                                      Source: NP

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.