प्रवासी नेपाली युवासंघ यूएईद्वारा घोर भर्त्सना


उमाकान्त पाण्डे “गाउँले”

यूएई डेस्क­, १२ अप्रिल । ­नेकपा एमालेबाट उर्जामन्त्री बनाइएका केन्द्रीय सदस्य गोकर्ण बिष्ट माथि गोंगबु टाउनप्लानिङस्थित घरनजिकै सोमबार साँझ अज्ञात समूहले खुकुरी प्रहार गरेको घटना प्रती प्रवासी नेपाली युवासघं यूएईले घोरभर्त्सना गरेको छ । एमालेको प्रवास कमिटी मातहतमा रहेको युवासघ यूएईले प्रेस विज्ञप्ती जारी गर्दै घटनाको भतर्सना गरेको हो ।

प्राजातान्त्रिक राष्ट्रिय युवा संघका भुतपुर्व अध्यक्ष समेत रहेका गुल्मीबाट बिजयी भएका सभाशद माथि गारिएको यो आक्रमण समग्र राष्ट्र बिरोधी र संविधान र शान्ती नचाहने तत्वबाट भएको युवासंघ यूएईको ठहर छ, जारी विज्ञप्तीमा उल्लेख छ ।

संघका यूएई अध्यक्ष महेश गिरीद्वारा हस्ताक्षर गरी जारी गरिएको प्रेस बिज्ञप्तीमा “मोबाइलमा कुरा गर्दै घर परिसरमा हिँडिरहेको अवस्थामा भएको उनी माथिको आक्रमण समग्र पार्टी प्रती गरिएको संकेत रहेको र यस्ता खालका घटना रोक्न सरकार समक्ष माग गर्दछौ” भनिएको छ ।

विज्ञप्तीमा “मोटरसाइकलमा आएका दुई जनाले लोडसेडिङको समयमा साँझ साढे ८ बजे बिष्ट माथि खुकुरी प्रहार गरेको घटना प्रती गम्भिर आपित्त जनाउँदै घटनाको सत्यतथ्य पत्ता लगाइ अपराधी माथि कडा कार्वाही गर्न सरकारलाई आग्रह गरिएको छ । आफ्नै दलको नेत्रित्वमा रहेको सरकार र सरकारमा सहभागिताका लागि घोषणा गरिएका मन्त्री माथि सोही दिन आक्रमण हुनु निन्दनिय कार्य भएकोले यस प्रती सरकार सचेत भएर अघी बढ्नु पर्ने स्थिती आएको उल्लेख गरिएको छ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.