साँस्कृतिक मञ्चको चौंथो सांगितिक प्रस्तुती तयारी अवस्थामा / सम्पूर्ण कुवेतवासी नेपालीलाई निम्तो


जय आले, कुवेत

१२ अप्रिल । “हाम्रो संस्कृति हाम्रो पहिचान” भन्ने मुल उद्देश्यका साथ कुवेत नगरीमा सबैभन्दा पहिला स्थापना भएको साँस्कृतिक संस्था नेपालकुवेत साँस्कृतिक मञ्चले नेपाली नयाँ वर्ष २०६८ को पावन अवसरमा आगामी १५ अप्रिल २०११ शुक्रवारको दिन, कुवेतको मालियास्थित एसिया-एसिया होटलमा कुवेतवासी नेपालीबीच शुभकामना सन्देश आदान-प्रदान गर्दै, आफ्नो चौंथो प्रस्तुती स्वरुप प्रस्तुत गर्न गईरहेको बृहत साँस्कृतिक कार्यक्रमको पूर्ण तयारी भएको जानकारी दिएको छ ।

नेपाली राजदूतावास कुवेत लगायत कुवेतमा कृयाशिल अधिकांश नेपाली सँघ-संस्थाहरुलाई मञ्चको तर्फबाट कार्यक्रममा उपस्थितिको लागि आमन्त्रणा पठाई सकिएको र कसैलाई भुलवश छुट हुन गएको खण्डमा यसै समाचारलाई आधार मानी, कुवेतवासी नेपालीहरुबीच प्रस्तुत हुन गईरहेको बृहत साँस्कृतिक कार्यक्रममा उपस्थितिको लागि समस्त कुवेतवासी नेपालीहरुलाई मञ्चका अध्यक्ष टिकाराम आचार्यले अनुरोध गर्नु भएको छ ।

१ के.डी मात्र प्रवेश शुल्क तोकिएको उक्त साँस्कृतिक प्रस्तुती कुनै व्यवसायिक प्रस्तुती नभई नयाँ वर्षको अवसरमा शुभकामना आदान-प्रदान र परम्परागतरुपमा मञ्चले नेपाली चाडपर्वहरुमा आफ्नो प्रस्तुती दिंदै आएकोले सो’को निरन्तरता एवं प्रवासी नेपालीहरुको नेपाली संस्कृती प्रति रहेको झुकावलाई कदर गर्ने उद्देश्यले मात्र यो कार्यक्रमको आयोजना गरेको पनि अध्यक्ष टिकाराम आचार्यले बताउँदै आउनु भएको छ ।

 

———————————————————————————–

 

News update,

 

नयाँ बर्ष २०६८ को स्वागतमा नेपालकुवेत साँस्कृतिक मञ्चले साँस्कृतिक धमाका मच्याउने

Posted on 03/04/2011

जय आले, कुवेत

०३ अप्रिल । नेपाली संस्कृती, परम्परा, पहिचान एवं प्रवासी नेपालीहरुको नेपाली संगित प्रति रहेको झुकावलाई दिगो राख्ने मनसाय र “हाम्रो संस्कृती हाम्रो पहिचान” भन्ने मुल उद्देश्यका साथ कुवेत नगरीमा सबैभन्दा पहिला स्थापना भएको साँस्कृतिक संस्था नेपालकुवेत साँस्कृतिक मञ्चले आगामी १५ अप्रिल २०११ को दिन, कुवेतको मालियास्थित एसिया-एसिया होटलमा दिनको ठीक २ बजेदेखी नेपाली नयाँ वर्ष २०६८ को पावन अवसरमा कुवेतवासी नेपालीबीच शुभकामना सन्देश आदान-प्रदान गर्दै, आफ्नो चौंथो प्रस्तुती स्वरुप बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

प्रवेश शुल्क १ के.डी मात्र तोकिएको उक्त साँस्कृतिक प्रस्तुतिमा मञ्चका सबै कलाकारहरुको साथमा नव प्रवेशिका नृत्यांगना कृषा के.सी समेतले आ-आफ्नो प्रस्तुती दिएर कुवेतवासी नेपालीलाई मनोरञ्जन दिलाउने छन भनें रिता हमाल-आचार्य, माधव शर्मा र दोर्णजंग गुरुङ्गका प्रत्यक्ष लोक दोहोरीले प्रस्तुतिमा थप रौनकता भर्ने मञ्चका अध्यक्ष टिकाराम आचार्यले धारणा व्यक्त गर्नु भयो ।

अध्यक्षज्यू, प्रवेश शुल्क १ के.डी मात्र तोकिएको रहेछ, किन यती न्युन शुल्कमा… यसरी त घाटामा गईंदैन र ? भन्ने कुवेतनेपाल डटकमले राखेको जिज्ञासामा, यो कार्यक्रम कुनै व्यवसायिक कार्यक्रम नभई नयाँ वर्षको अवसरमा कुवेतवासी नेपालीबीच शुभकामना सन्देश आदान-प्रदान गर्ने र स्थापना कालदेखीनै परम्परागतरुपमा यस मञ्चले नेपाली चाडपर्वहरुमा आफ्नो प्रस्तुती दिंदै आएकोले सो’लाई निरन्तरता दिन एवं प्रवासी नेपालीहरुको नेपाली संस्कृती प्रति रहेको झुकावलाई एक स्वच्छ भावनाले कदर गर्ने उद्देश्यले मात्र यो कार्यक्रमको आयोजना गरिएको पनि मञ्चका अध्यक्ष टिकाराम आचार्यले बताउनु भयो ।

कुवेतको नेपाली माहौलले अहिले कोल्टो फेरेको छ । २ वर्ष पहिलाको नेपाली माहौललाई फर्केर हेर्दा आकाश धर्तिको फरक देखिन्छ । त्यो बेला कुवेतमा नेपाली कार्यक्रमहरु बिरलै हुन्थें, कुनै एउटा नेपालीलाई देखभेट गर्न समेत मुश्किलले पाइन्थ्यो । तर अहिलेको नेपाली माहौलमा छुट्टै किसिमको रौनकता भरिएको छ । यहाँ एकै महिनामा २/४ वटा नेपाली कार्यक्रमहरु भएकै हुन तर कुनै दिन एकैचोटी दुईवटा कार्यक्रम जुधेको पनि पाईन्छ नेपाली समाज कुवेतमा ।

यसैगरी नेपाली नयाँ वर्ष २०६८ लाई स्वागत गर्ने क्रममा कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ-संस्थाहरुले आ-आफ्नो कार्यक्रम लिएर कुवेतवासी नेपालीलाई नेपाली नयाँ वर्ष मनाउन प्रेरित गर्न उत्सुकता जनाएको देखिन्छ । जसमा, आगामी अप्रिल ०८ मा लालीगुराँसले साँस्कृतिक परिवारको दोस्रो प्रस्तुती स्वरुप साँस्कृतिक कार्यक्रम, त्यसको लगत्तै अर्को हप्ता अप्रिल १५ मा नेपालकुवेत साँस्कृतिक मञ्चको चौंथो प्रस्तुती स्वरुप अर्को साँस्कृतिक कार्यक्रम र त्यसको लगत्तै अर्को हप्ता कालीगण्डकी बचत समुहको भलिवल प्रतियोगिता रहेका छन, भनें कुवेतवासी नेपालीलाई सबै कार्यक्रमहरुमा उपस्थिती जनाउन भ्याई-नभ्याई हुने अड्कलवाजी गर्न सकिन्छ ।

One response to “साँस्कृतिक मञ्चको चौंथो सांगितिक प्रस्तुती तयारी अवस्थामा / सम्पूर्ण कुवेतवासी नेपालीलाई निम्तो

  1. Oh ! Realy this is so much surprise , Unbeliable, who is managing this programme I whises them to success …………………..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.