नेताहरुको शुभकामना सन्देश र विवश नेपाली जनताहरु


ईन्द्र भूषाल, कुवेत

घुम्दै फिर्दै फेरी नेपाली नयाँ साल शुरु हुँदैछ । नयाँ सालमा शुभकामना आदन प्रदान गर्नु र सुख शान्तीको कामना गर्नु परम्परा नै भईसकेको छ । अनलाईन समाचार पत्रीकाहरुले गर्दा त शुभकामनाको बाढी नै चलेको पाईन्छ । पहिला पहिला बडा दशैंमा राजाले बोल्छन भनेर हजुरबाले रेडियो खोलेर बसेको ताजै लाग्छ मलाई । राजाले जनतालाई शुभकामना दिन्थे र अहिलेका भु.पु राजाले पनि दिने गर्छन् । मैले यहाँ शुभकामनालाई कोट्याउन खोजेको ’causeं जे बिषयलाई लिएर शुभकामना दिने गरिन्छ त्यसमा सफलताले भरिएको र  मनको चाहना पुरा भएको देख्ने ईच्छा व्यक्त हुन्छ ।

यदी मैले आफैले कुनै काम खराब गर्दैछु, तर पनी जानीजानी नजाने जस्तो गर्छु अनी दोष जती अरुको टाउकोमा थुपार्नलाई हजार कोशीस गर्छु । अनी फेरी सफलताको शुभकामना अलाप्छु भनें पवित्र शुभकामना शब्दको अर्थ र त्यसको भावना कहाँ पुग्छ ?

आज धेरै साल भईसकेको छ नेपाली जनताहरुले नेपाली राज नेताहरुका शुभकामना सुनेर बर्षौं बिताएको  अनी अनी जे कुराको सफलता को लागि शुभकामना दिईएको थियो त्यो सफल हुन परै जाओस असफल बनाउन कुनै कसर बाँकी नराखेको अनी फेरी उही शुभकामनाको शब्द दोहोर्‍याएको । हैरान छन नेपाली जनताहरु नेताहरुका सन्देश सुनेर । सुन्दिन भने पनी सुन्नुपर्छ अनी देख्दिन भनेपनी आँखा बन्द गरेर हिंड्न नसकिने साह्रै कष्ठकर समय आएको छ नेपाली जनतहरुलाई । सालै पिच्छे शुभकामना दिने अनी गर्ने होइन सिन्को भाँच्ने काम । देश रोएको छ, जनताहरु भोका छन, चारैतिर असफलताको बादल मडारिएको छ । फेरी सुन्नुपर्छ नयाँ सालको शुभकामना अनी फेरी देख्नुपर्छ राजनेताहरुलाई जसले देश डुबाउँदै छन अनी सारा नेपालीहरुलाई रुवाउँदै छन । नयाँ सालमा नेताहरुको बुद्दी पलाओस अनी सुन्न मजा हुन्छ पवित्र शब्द “शुभकामना”  ।

Posted by: Jay Ale

One response to “नेताहरुको शुभकामना सन्देश र विवश नेपाली जनताहरु

  1. ६०१हरु हो! नयाँ बर्षको शुभकामना भन्दा पनि नेपाली जनतालाई “नयाँ संबिधान” चाहिएको छ | बरु सम्पूर्ण नेपाली जनताले नेताहरुको सद्बुद्धिको कामना चाहिं यस बर्ष पक्कै गरौँ |

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.