तेल आपूर्तिमा करिव ४५ प्रतिशत कटौती


देशभर पट्रोलियम पदार्थको अभाव सुरू

२९ चैत, काठमाडौं । नेपाल आयल निगमले बक्यौता रकम बुझाउन नसक्दा भारतीय आयल कर्पोरेशन (आइओसी)ले तेल आपूर्तिमा करिव ४५ प्रतिशतले कटौती गरेको छ । यससँगै राजधानी लगायत देशभर पट्रोलियम पदार्थको अभाव सुरु भएको छ ।आयल निगमका प्रवत्ता मुकुन्द ढुङ्गेलका अनुसार अहिले आइओसीलाई ३ अर्ब ३६ करोड भारतीय रुपैयाँ तिर्नु पर्नेछ । पछिल्लो समय निगमले १ सय ३० करोड र ९० करोड बुझाएको भएपनि बक्यौता बढेपछि आइओसीले तेल आपूर्ति कटौती गरेको हो ।अनुदान दिने कि मूल्य समायोजन गर्ने भन्ने सरकारले तत्काल निर्णय नगरे आपूर्ति अझै कट्न सक्ने उहाँको भनाई छ । निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ ७५ पैसा, मटितेलमा ११ रुपैयाँ २५ पैसा, डिजेलमा २० रुपैयाँ ९६ पैसा र खाना पकाउने एलपी ग्यासमा २ सय ८८ रुपैयाँ ८६ पैसा घाटा छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण पनि निगमको घाटा बढेको हो । प्रवत्ता ढुङ्गेलका अनुसार गत मार्चमा निगमलाई १ अर्ब ४० करोड रूपैयाँ घाटा भएको छ भने चालु अप्रिल महिनामा कम्तिमा १ अर्ब ७६ करोड घाटा हुने अनुमान गरिएको छ ।

सरकारले मूख्य समायोजन लगायतका विषयमा सुझाव दिन एमाले प्रमुख सचेतक भिम आर्चायको संयोजकत्वमा कार्यदल गठन गरेको छ । नियमलाई सधै अनुदान दिन नसक्ने भन्दै सरकारले कार्यदलको सुझावका आधारमा अघि बढ्ने बताएको छ ।

Posted By : Narayan Nepal                                                           Source : Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.