Daily Archives: 11/04/2011

साँस्कृतिक कार्यक्रमको सन्देश र लुकेका प्रतिभाहरु


ईन्द्र भूषाल, कुवेत

खाडी मुलुकहरुमा नेपालीहरु कम भएको देश भनेर अहिलेसम्म शायद कुवेत नै पर्छ । तर आजकल नेपाली समाज कुवेतको चहल-पहल हप्तैपिच्छे हुने कार्यक्रम अनी त्यसमा सरिक हुने नेपाली जनसमुदायको उपस्थितिले नेपालीहरुको आगमन तिब्ररुपले बढेको अनुमान गर्न सकिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली बैज्ञानिकलाई चमत्कारिक सफलता


टेक बहादुर गिरी/ट्रम्सो (नर्वे), चैत्र १५ -नेपाली भान्साको सर्वसुलभ र परम्परागत् मसला बेसारले उपचारमा जटिल मानिएको महिलाहरुको गुप्तांगमा हुने बिभिन्न प्रकारका सङ्क्रमित रोग साथै  प्राणघातक क्यान्सर समेत निको हुने नेपाली बैज्ञानिकहरुको अनुसन्धानले देखाएको छ । नर्वेको त्रोम्सो बिश्वबिद्यालय अन्तर्गत फार्मेसी बिभागमा बिगत तीन बर्षदेखि बरिष्ठ अनुसन्धानकर्ताका रुपमा कार्यरत पढ्नेक्रम जारी राख्नुहोस्

एएफसी च्यालेन्ज कप फुटबल Live Update- नेपाल र श्रीलंका


नेपालले ‘एएफसी च्यालेन्ज कप फुटबल’ अन्तरगत समुह डीको छनोट खेलमा आज आफ्नो खेल श्रीलंकासंग खेल्दै छ ।

सौजन्य: Kantipur TV (दशरथ रंगशालाबाट)

* ताजा गोल स्कोर हेर्नको लागी आफ्नो कम्प्युटर रिफ्रेश गर्नु होला, धन्यवाद !!

      0                                           0

* आजको श्रीलङ्का बिरुद्धको खेल बराबरीमा टुङिएको छ।
छनौट चरणका तीन खेल मध्ये एकमा जित एकमा हार र एकमा बराबरी खेलेको नेपालले समूह उपविजेता बन्दै एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताका लागि छनौट भएको छ।   

Live Update By: Narayan Nepal

 

सिने गुरुङले जन्माइन् छोरी ‘मेलोडी’


काठमाडौं, चैत २९  – गायिका सिने गुरुङलाई पुत्रीलाभ भएको छ। चैत २ मा छोरी जन्माएकी सिनेले अबको तीन महिना सांगीतिक क्रियाकलापबाट विश्राम लिने बताएकी छिन्। ‘तीन महिना छोरीलाई मात्र। त्यसपछि कामकाजको योजना बनाउनु पर्ला,’ उनले नागरिकसँग भनिन्। फागुन ८ मा गीतकार उपासनाको ‘इलुजन्स्’ एल्बम विमोचनमा गीत गाएपछि उनी विश्राममा थिइन्। पढ्नेक्रम जारी राख्नुहोस्

टेलिकमद्वारा नयाँ वर्षमा विशेष सुविधा घोषणा


२८ चैत, काठमाण्डौं । नेपाल टेलिकमले नयाँ वर्ष विसं २०६८ को अवसरमा आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने भएको छ । टेलिकमका अनुसार जीएसएम र सीडीएमए पि्रपेडका ग्राहकहरुले नयाँ वर्षमा १ सय र २ सयको रिजार्ज कार्डमा १० प्रतिशत बोनस व्यालेन्स पाउने छन् । पढ्नेक्रम जारी राख्नुहोस्

लालीगुराँस परिवारद्वारा सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन


सुरेश गुरुङ्ग, कुवेत

कुवेतमा सञ्चालित साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवारले गत ०८ अप्रिलको दिन आफ्नो दोस्रो सांगितिक प्रस्तुती बिभिन्न रोचक र आकर्षक प्रस्तुतिहरुका साथ सम्पन्न गरेको छ । प्रस्तुती सफलतापुर्वक सम्पन्न पार्नमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगीहरुलाई परिवारले धन्यवाद ज्ञापन गरेको छ, जसलाई हामीले तल राखेका छौं । पढ्नेक्रम जारी राख्नुहोस्