बुटवलको सडकमै कांग्रेस नेता पौडेलद्धारा पत्रकार सम्मेलन


“यो ११ वर्ष हामी हाम्रा सम्पदा र विभूतिहरुबाट भन्दा पनि माओवादी-सरकारी सुरक्षा निकायबीचको भिडन्त र हताहतीबाट विश्वमा चर्चामा रह्यौ । त्यसैले मंसिर ५ गतेको शान्ति सम्झौताले हामी मिलेर देश निर्माणमा लाग्नेछौ भन्ने सन्देश विश्वलाई दिएको छ ।”

आफु निकट पत्रकार संगठन प्रेस युनियनको दबाबपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बुटवलमा सडकमै पत्रकार सम्मेलन गर्नुभएको छ । युनियममा आवद्ध पत्रकारहरुले रिपोर्टस् क्लब रुपन्देही शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भए कालो झ8डा देखाउने चेतावनी दिएपछि पौडेल सडकमै आयोजित पत्रकार सम्मेलनमा सहभागी हुन बाध्य हुनुभएको थियो । उहाँले बुटवलको ट्राफिक चोकमै उभिएर पत्रकारहरुको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

सो क्रममा कांग्रेस नेता पौडेलले  शान्तिप्रक्रिया र संविधान लेखन कार्य नटुंगियोस् भन्ने चाहेको माओवादीलाई प्रधानमन्त्री झलनाथ खनालले सघाएको आरोप लगाउनु भयो । वर्तमानस्थितिलाई नै निरन्तरता दिई माओवादीले राजनीति गर्न चाहेको पौडेलको आरोप थियो ।

माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईको प्रधानमन्त्री हुने चर्चा’bout पत्रकारहरुको जिज्ञासामा पौडेलले संविधान र शान्तिप्रक्रिया सार्थक निष्कर्षमा पुग्ने सुनिश्चित भए कांग्रेसलाई जो कसैको नेतृत्व स्विकार हुने बताउनुभयो । सडकमै पत्रकार सम्मेलन गरेकोप्रति पौडेलले असन्तुष्टि व्यक्त गर्नुभएको थियो । उहाँले आपसी समन्यव गरेर कार्यक्रमको आयोजना गर्न युनियनमा आवद्ध पत्रकारहरुलाई सुझाव पनि दिनुभयो ।

Posted by: Suresh Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.