बहराइनबाट छुट्टीमा घर गएकाहरु काठमाडौंमा अलपत्र


सन्तोष दाहाल, बहराइन

१० अप्रील २०११ । बहराइनमा पहिला चलेको राजनैतिक हिंसाले चरम सिमा नाघेको बेला नेपाल सरकार मात्र हैन भारत, बंगलादेश, पाकीस्तान, फिलीपीन्स तथा अन्य धेरै राष्ट्रहरुले नयाँ भिषामा बहराइन आउन रोक लगाएको थियो । अहिले बहराइनको स्थिती सामान्य भएकोले गर्दा सबै राष्ट्रहरुले नयाँ तथा पुराना भिषा प्राप्त गर्ने व्याक्तिहरुलाई बहराइन आउनको लागि छुट दिईसकेका छन् । तर नेपाल सरकारले मात्र किन नयाँ तथा पुरानो भिषा भएकालाई रोक लगाई रहेको छ ? धेरै नेपालीहरु आफ्नो छुट्टी मनाउन नेपाल गएका छन् तर यस्तो प्रकारको रोक लगाईएको कुरा कसैलाई पनि थाहा छैन । उनीहरुलाई एयरपोर्टबाट फर्काउँदा मात्र थाहा हुन्छ । यसरी उनीहरुलाई फर्काउँदा उनीहरुको एयर टिकट खेर जाने र फेरी उनीहरुलाई कम्पनीले टिकट नदीने तथा काठमाडौको महंगो लजमा बस्दा उनीहरुलाई धेरै समस्यामा परिरहेको छ ।

बहराइनका धेरै कम्पनीहरुले नेपाल सरकारले किन बहराइन आउन कामदारहरुलाई रोकीरहेको छ भनेर नेपाली क्लब, बहराइन तथा एनआरएनए, बहराइनका पदाधिकारीहरुलाई सोधपुछ गरीरहेका छन् । केही नेपालीहरु समयमा बहराइन आउन नसक्दा उनीहरुको जागीर समेत गईरहेको छ भने छुट्टी जान समय पुगेकाहरुलाई पनि छुट्टी नदिएकाले गर्दा नेपालीहरु छुट्टी मनाउन नेपाल जान पाईरहेका छैनन् ।

अब बहराइनको स्थिती पहिलाकै जस्तो भईसकेकाले गर्दा नयाँ आउने कामदारहरुलाई श्रम स्विकृती दिई बहराइन आउन सहजरुपमा बाटो खोलीदिए सायद धेरै नेपालीहरुले रोजगार पाउने थिए । छुट्टी मनाउन गएकाहरुलाई पनि सहज रुपमा बहराइन आउन बाटो खोलीदिए धेरै नपालीहरुले पाईरहेको रोजगार गुम्ने थिएन होला ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.