त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा डच नागरिकलाई नौ केजी चरेश सहित पक्राउ


त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा डच नागरिकलाई नौ केजी चरेश सहित पक्राउ (२०६७ चैत्र २७, आइतवार) काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल प्रहरीले शनिवार ‘डच’ नागरिकलाई नौ केजी चरेश सहित पक्राउ गरेको छ । विमानस्थल प्रहरी प्रमुख रमेशविक्रम शाहका अनुसार काठमाडौबाट नेदरल्याण्डका लागी उड्ने आर के फ्लाईका यात्रु पिटर ल्यूवेलबाट उक्त परिमाणको चरेश बरामद भएको हो ।

‘एनटि५के९८एलओ५’ राहदानी वाहक पिटरले सामान्य व्यागेजमा नक्कली फल्स बटम बनाई उक्त परिणामका चरेश लुकाई छिपाई लैजाने लाग्दा प्रहरीले ‘एक्स-रे’ मा जाँच गर्दा फेला पारेका थिए । नेपाली चरेशको ठूला माग रहेको युरोपको नेदरल्याड चरेश खुला रुपमा उपभोग गर्न पाउने देश हो । मदिरा सेवन गरेर लठृ परेर विमानस्थल पुगेका पिटरको साथबाट दुई वटा राहदानी भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी नयाँ राहदानीबाट दुई पटक र पुरानो राहदानीबाट ६ पटक नेपाल आएको देखिन्छ ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार पिटरले प्रहरीको आँखा छली यसअघि एक दुई पटक चरेश लैजान सफल भएका देखिन्छ । केही दिन अघि मात्रै बिमानस्थल प्रहरीले एक इजरायली नागरिकबाट नौ केजी चरेश बरामद गरेका थिए । विमानस्थल प्रहरीले बरामद चरेश सहित पिटरलाई थप अनुसन्धान गर्न लागू औषध कानून कार्यान्वयन इकाई पठाएको छ ।

Posted by: Suresh Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.