शेर्पा, सम्मान र सगरमाथा


काठमाडौ, चैत्र २६ – अंग्रेजी शब्दकोषहरूमा ‘शेर्पा’ शब्दका प्रायः दुईवटा अर्थ भेट्टाइन्छन् । पहिलोले जनाउँछ नेपालका हाम्रा शेर्पा दाजुभाइ/दिदीबहिनीलाई । अंग्रेजी भाषाको आधिकारिक मानिने शब्दकोष ‘अक्स्फोर्ड’ले ‘शेर्पा’लाई यसरी अथ्र्याउँछ, ‘नेपाल-तिब्बत सीमानामा बस्ने हिमाली जनसमुदायका सदस्य जो पर्वतारोहण क्षमताका लागि ख्यातिप्राप्त छन् ।

लगत्तै अर्को ‘अनौपचारिक’ भन्दै शेर्पाको अर्थ यस्तो उल्लेख गर्छ अक्स्फोर्ड, ‘एक सरकारी अधिकारी या कूटनीतिज्ञ जसले शिखर (सगरमाथा होइन है !) सम्मेलनभन्दा केही अगाडि त्यसको तयारी कार्यभार बहन गर्छ ।’

गत वर्ष जी-८ र जी-२० शिखर बैठकहरू भन्दा केही अगाडि ती बैठकमा अमेरिकी सहभागिता’bout तयारी गर्ने अमेरिकी राष्ट्रपति बराक ओबामाका उपराष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्रोम्यानको व्यक्तित्व चित्रण गर्दै तयार पारेको लेखको शीर्षक विजनेस विक पत्रिकाले यस्तो राख्यो, ‘माइकल फ्रोम्यान, ओबामाका शिखर ‘शेर्पा’।’

सत्य हो, नेपालभन्दा बढी सगरमाथा र शेर्पा’bout विश्वले सुनेको छ । नेपाल’bout नसुन्नेहरूले पनि त्यो सर्वोच्च शिखर र त्यसैको सेरोफेरोमा बस्ने एउटा नेपाली जात समुदायलाई विश्वले चिनेको छ । त्यसैले कतिपय नेपालीहरूलाई अमेरिका या युरोपमा ‘शेर्पा हौ ?’ भनी सोध्छन् । केहीले चाहिँ ‘सगरमाथा चढेका छौ ?’ भन्छन् मानौं सगरमाथा फुल्चोकी डाँडो जस्तै हो । त्यस्तै प्रश्नले आजित भएर होला अमेरिकामा बसेर ‘वासिंटन पोस्ट’मा काम गर्ने एक जना पत्रकार अनुप काफ्लेले केही अघि आफ्नो टि्वटर परिचयमा लेखेका थिए, ‘नेपालबाट आएको हुँ तर म शेर्पा होइन ।’

खुसीको कुरा हो, हाम्रो देशको एउटा समुदाय विश्वव्यापी चिनिएको छ जसले शब्दकोषमा एकभन्दा बढी अर्थ ओगटेको छ ।

(त्यस्तै अर्को नेपाली शब्द ‘गोर्खा’ हो ।) धन्यवाद हिमालहरूलाई जसले नेपाल देश र ‘शेर्पा’ जातिलाई त्यो सौभाग्य र गौरवशाली परिचय दिएका छन् ।

मानिसहरूले त्यहाँ पाइला राखेदेखि नै हो हिमालहरूले उनीहरूलाई ख्याति दिएको । यस अर्थमा हिमाल मानिसहरूका लागि ख्याति, सम्मान र इज्जत कमाउने अग्ला मञ्च भएका छन् । सगरमाथा नचढेको भए के हामी एडमन्ड हिलारीलाई सम्भिmन्थ्यौं ? नागरिकता त्यागेका तेन्जिङ नोर्गेलाई ‘त्यो हाम्रो शेर्पा’ भन्दै गौरव गथ्र्यौं ? हाम्रो इगो शान्त पारिदियो तेन्जिङको त्यो चढाइले ताकि हामीले हाम्रै हिमाल पहिलोपटक चढ्नेको कुरा गर्दा एउटा कुहिरेकै मात्र नाम लिनु परेको छैन । कतिपय कुरा सांकेतिक हुन्छन् र तिनले पूरै समाज या समूहको मनोबल उठाउँछन् या गिराउँछन् । युद्धमैदानमा बहादुरीसाथ लड्ने त केही हजार सिपाही न हुन् तर ‘बहादुर गोर्खाली’ भन्दै हामी सबै नेपालीलाई एउटै घानमा राखेर हेर्दा हामी कति मख्ख पछौर्ं !

के त्यस्तै मख्ख पर्ने अवसर नेपालका, माफ गर्नुहोला, ‘अल्छे’ राष्ट्रसेवकहरूले पाउलान् ? पाउन सक्छन्, अबका एक/डेढ महिनामा लीलामणि पौडेल नेतृत्वको नेपाली ‘शेर्पा’हरूको एउटा टोली आफ्नो सगरमाथा अभियानमा सफल भयो भने । अघिल्लो वाक्यको ‘शेर्पा’ले चाहिँ लगभग अक्स्फोर्डको दोस्रो अर्थ बोक्छ । पौडेल प्रधानमन्त्री कार्यालयका सचिव हुन्, नेपालको दोस्रो सबैभन्दा उच्च तहका कर्मचारीमध्येका एक । बिहीबार लुक्ला ओर्लेर सुरु भएको उनको सगरमाथा अभियानमा सामेल छन्, १४ निजामती (सरकारी) कर्मचारी जसमा संयोगले एउटै पहिलो अर्थदिने ‘शेर्पा’ छैनन् । सगरमाथामा विरलै चासो राख्ने ‘बाहुन’ -जसको पनि, डोरबहादुर बिष्टका अनुसार दुई अर्थ हुन्छन्, एक, जात अर्को प्रवृत्तिहरूले भरिएको छ त्यो टोली । तर नियोजित होइन । सरकारले नेपाल पर्यटन वर्ष, २०११ को मौका पारेर निजामती कर्मचारीलाई सगरमाथा चढ्न पठाउने उद्देश्यले प्रतिस्पर्धात्मक छनोटका लागि खुला आह्वान गरेको थियो । निवेदन दिनेमा शेर्पा थिए/थिएनन् यकिन भएन तर लाङटाङको ५ हजार ५ सय मिटर अग्लो याला पर्वत चढेर तथा अन्य शारीरिक तन्दुरुस्तिका मापदण्ड पूरा गरेर छानिएको टोलीमा गुल्मीका पौडेलसहित ११ बाहुन, तीन नेवार र एक संन्यासी छन् । ‘त्यो संयोग हो,’ बुधबार कान्तिपुरसँग कुरा गर्दै पौडेलले प्रस्ट पारे, ‘छनोट भएपछि मात्रै मैले टोलीका सदस्यहरूलाई चिनेको ।’ पक्कै, बाहुनहरूलाई सगरमाथा या हिमालमा शेर्पाको रेकर्ड तोड्नु

छैन । -सुपर शेर्पा भनी चिनिने लाक्पा तेन्जिङ शेर्पा- आप्पा होइ !- त्यो बाहुन बाहुल्य टोली लुक्ला ओर्लिनु एक दिनअघि त्यता लागेका थिए, २१ औं पटक सगरमाथा जित्ने लक्ष्यसाथ ।)

बाहुन बाहुल्य दोस्रो अर्थदिने ‘शेर्पा’ टोलीको लक्ष्यचाहिँ आफ्नो ‘जाति’ (नेपालका राष्ट्रसेवकहरू) लाई गौरवान्वित तुल्याउनु र उनीहरूमा उत्साह, जाँगर भर्नु रहेको छ । उनीहरूको ‘धुमिलिएको’ छवि ‘उजिल्याउनु’ छ । ‘जोखिम नउठाउने, सुविधाभोगी, चुनौती नखेप्ने र व्यक्तिगत स्वार्थका लागि काम गर्नेका रूपमा निजामती कर्मचारीप्रतिको परम्परागत अवधारणा छ,’ पौडेलले बुधबार काठमाडौंमा भने, ‘हामी त्यो अवधारणा बदल्न चाहन्छौं । हामी जोखिम उठाउन तयार छौं । व्यक्तिगत फाइदा होइन, राष्ट्रको,

(निजामती) संगठनको र आफूले काम गर्ने संस्थाका लागि जुनसुकै तहको जोखिम उठाउन तयार छौं तर त्यो जोखिम व्यक्तिगत हुनेछ । हामीले सगरमाथामा सफलता पाए त्यो सम्पूर्ण नेपालीको र निजामती कर्मचारीको हुनेछ ।’

पक्कै, तेन्जिङ या आप्पाको चढाइमा सबै नेपालीले गौरव गर्दै आएका छन् जसरी उनीहरू बलभद्र कुँवरको बहादुरीप्रति गौरव गर्छन् । बहादुरी र सफलताका एकाध घटनाले समाजमा व्यापक प्रभाव पारेका हुन्छन् । सम्भवतः त्यसैले मानिसहरूलाई कसैले नगरेको या खतरापूर्ण काम गर्न उक्साउँछ । त्यसो गर्दा व्यक्तिगतरूपमा पनि उसको ख्याति समाजमा फैलिन्छ । व्यक्तित्व र उसलाई उत्प्रेरणा दिने अनेक तह र आवश्यकता हुन्छन् जसलाई १९४३ मै मनोविज्ञानका अमेरिकी प्राध्यापक अब्राहम मास्लोले पिरामिडमार्फत प्रस्ट पारेका थिए । ‘आवश्यकताको तह’ भनिने मास्लोको पिरामिडको सबैभन्दा तल ‘मनोवैज्ञानिक’

(श्वासप्रश्वास, खाना, पानी जस्ता आधारभूत) आवश्यकता छन् भने दोस्रो ‘सुरक्षा’ सिँढीमा ज्यान, रोजगारी, स्रोत, नैतिकता, परिवार, स्वास्थ्य र सम्पत्तिको सुरक्षा छन् । ‘प्रेम’ नामको तेस्रो सिँढीमा मित्रता, परिवार छन् भने चौथोमा इज्जत, विश्वास, उपलब्धि, अरूबाट सम्मान । पाँचौंमा आत्म वास्तविकीकरण पर्छ जसमा अथ्यहरूको स्वीकार गर्नेदेखि सिर्जनशीलता, समस्या समाधानजस्ता विषय पर्छन् ।

सरकारी सेवामा नेपाली समाजमा मास्लोले दोस्रो सिँढीमा राखेजस्तो सुरक्षित रोजगारी नै हो । तर त्यो सेवामा जानेबित्तिकै मास्लोले चौथोमा उल्लेख गरेजस्तो ‘इज्जत’ पाइन्छ भन्ने छैन । बरु त्यसको उल्टो, पौडेलले भनेजस्तै, सरकारी कर्मचारीको छवि नकारात्मक छ । त्यो न्यूकीरण गर्दै कर्मचारीलाई इज्जत दिलाउन यो ‘बाहुन बाहुल्य शेर्पा’ टोलीको सगरमाथा आरोहणले योगदान दिने अपेक्षा टोली सदस्यबाहेक समाजका अन्य तप्काको पनि अपेक्षा छ । ‘फाइल ढिला सार्ने (अल्छे) का रूपमा कर्मचारीलाई लिइने गरेको छ,’ टोलीलाई बिदाइ गर्दै काठमाडांैमा बुधबार पर्यटन व्यवसायी योगेन्द्र शाक्यले भने, ‘त्यो छवि बदल्न यो कदम उठाउनु भएको होला । हिमालमा एक दिन के सही निर्णय लिन एक मिनेट ढिला भयो भने ज्यानै जान्छ । त्यसैले तपाईंहरूले सफलता पाए कर्मचारीको छवि सुधार र उनीहरूमा आत्मविश्वास सिर्जना गर्न सहयोग पुग्ने आशा छ ।’

Posted by:DPR                                                             Source:ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.