लालीगुराँस साँस्कृतिक परिवारको दोस्रो सांगितिक प्रस्तुती भव्यतापूर्वक सम्पन्न


जय आले, कुवेत

नेपाली नयाँ वर्ष २०६८ लाई स्वागत र वर्ष २०६७ लाई बिदाइ गर्दै लालीगुराँस साँस्कृतिक परिवारले कुवेतवासी नेपालीहरुबीच शुभकामना सन्देश आदान प्रदानसहित आयोजना गरेको आफ्नो दोस्रो साँस्कृतिक प्रस्तुती ०८ अप्रिल २०११ को दिन, कुवेतको मालियास्थित एसिया एसिया होटलमा भव्यतापूर्वक सम्पन्न गरेको छ ।

गत वर्ष नेपालीहरुको महान चाड बडा दशैंलाई स्वागत गर्दै आफ्नो प्रथम प्रस्तुती स्वरुप “दशहरा सांगितिक रमझम-२०१०” र “बक्रे इद”मा अन्तर नेपाली भलिवल प्रतियोगिताको समेत आयोजना गरी सफलताका साथ सम्पन्न गरेको यस परिवारले हमेशा नयाँ-नयाँ प्रस्तुतिहरु दिई दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाउने प्रयत्न गरेको पाईन्छ । जसमा नेपाली संगित दुनियाँमा विगत १७ वर्षदेखी लगातार योगदान दिंदै आउनु भएका ख्यातिप्राप्त संगितकार तथा नृत्य निर्देशक श्री नबिन श्रेष्टज्यू र वहाँकी धर्मपत्नी “जो एक खारिएकी लोकगायिका हुनुहुँदो रहेछ” अस्मिता श्रेष्ठज्यू पनि यस साँस्कृतिक परिवारमा आवद्व हुनु भएको छ । खासगरी नविन श्रेष्ठको ट्राफिक हवल्दार कमेडी नृत्य र अस्मिता श्रेष्ठको चर्चित लोकगायक राजेन्द्र बिरहीसँगको लोक दोहोरीले कार्यक्रमलाई हदैसम्म रोचक र आकर्षक बनायो, भनें परिवारका अन्य कलाकारहरुको प्रस्तुती पनि निकै आकर्षक रहेका थिए ।

नेपाली राजदूतावास कुवेतका दित्तिय सचिव श्री पुष्पराज भट्टराई, बरिष्ट साहित्यकार/कवि श्री होमबहादुर क्षेत्री र लालीगुराँस परिवारका अध्यक्ष श्री बि.बि मल्ल ठकुरीज्यूले एकसाथ पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेपश्चात नेपाली राष्ट्रिय गानसहित कार्यक्रमलाई मूर्तरुप दिइएको थियो भनें लालीगुराँस परिवारका कोषाध्यक्ष एवं साहित्यकार/पत्रकार श्री मनोज काफ्ले ‘मनसुन’ले नयाँ वर्षको शुभकामना सहित स्वागत मन्व्य दिनु भएको थियो । यसैगरी NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्ग, साहित्यकार होम बहादुर छेत्री र नेपाली दूतावासका दित्तिय सचिव पुष्पराज भट्टराईले शुभकामना मन्व्य दिनु भएको थियो ।

लालीगुराँसको दोस्रो सांगितिक रमझममा परिवारका निम्न कलाकारहरुको निम्न प्रस्तुतिहरु रहेका थिए

१) लाइभ कन्सर्ट : स्वागत गीत सामुहिक प्रस्तुती
२) रिना शाक्य : जिन्दगानी दर्पण छाँया – एकल नृत्य
३) देव लिम्बु : दर्शन नमस्ते (एकल गीत)
४) मनिता रसाईली : तिर्खा लाग्यो (एकल नृत्य)
५) राजेन्द्र बिरही : चरी रुखैमा (लोक गीत)
६) बविता गुरुङ्ग/धन गुरुङ्ग : माईली रोधी घरैमा (युगल नृत्य)
७) जोहान दर्नाल : हिउँ भन्दा चिसो (एकल गीत)
८) सागर राई : त्यही भएर मैले (एकल गीत)
९) मनोज काफ्ले : कौडा भाका (पश्चिमाञ्चलको प्रख्यात गीत)
१०) चन्दन लिम्बु : क्या दामी भो (एकल गीत)
११) नबिन श्रेष्ठ : ट्राफिक हवल्दार (कमेडी नृत्य)
१२) अस्मिता श्रेष्ठ : लालु पाते नुँघ्यो भुँईतिर (एकल गीत)
१३) सागर राई/मनिता रसाईली  : कालो चश्मा नलाउ (युगल नृत्य)
१४) बिबि मल्ल : मैले छुँदा पानी (एकल लोक गीत)
१५) सुरज शाह/रिना शाक्य : युगल नृत्य
१६) दुत बहादुर लोप्चन : झिमझिम सानु नझिम्काउ परेली (एकल गीत)
१७) देव लिम्बु : नाइ नभन्नु ल (एकल गीत)
१८) युवराज काफ्ले : धुर्मुस (कमेडी प्रस्तुती)
१९) अस्मिता श्रेष्ठ/राजेन्द्र बिरही : लोक दोहोरी, लगायत अन्य कलाकारहरुबाट आ-आफ्नो प्रस्तुतीहरु प्रस्तुत गरिएका थिए ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सचिव ईन्द्र प्रसाद भूषाल र नेपाली समाज कुवेतमा महिला संचालिकाको रुपमा परिचित सुश्री किरण आलेले संयुक्त रुपमा संचालन गर्नु भएको उक्त साँस्कृतिक कार्यक्रमको सभापतित्व परिवारका अध्यक्ष बिबि मल्ल ठकुरीले गर्नु भएको थियो भनें नेपाली राजदूतावास कुवेतका दित्तिय सचिव श्रीमान/श्रीमती पुष्पराज भट्टराईज्यूको प्रमुख आतिथ्य रहेको थियो भनें बिशिष्ट अतिथिहरुमा साहित्यकार/कवी श्रीमान/श्रीमती होम बहादुर क्षेत्री र NRNA कुवेतका अध्यक्ष श्रीमान/श्रीमती राजेन्द्र तामाङ्गज्यू हुनु हुन्थ्यो ।

यसैगरी अन्य अतिथि दिर्घामा लालीगुराँस परिवारका संरक्षक श्री यादव श्रेष्ठ, कानुनी सल्लाहाकर क्याप्टेन श्री कुल प्रसाद गुरुङ्ग, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एवं NRNA कुवेतका उपाध्यक्ष श्रीमान/श्रीमती धर्मराज गिरी, मरुभुमिको कोसेली/नेपालकुवेत डटकमका प्रबन्ध निर्देशक सुजन के.सी, प्रधान सम्पादक राजन रिमाल, कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले, तमू समाज कुवेतका अध्यक्ष अमर बहादुर गुरुङ्ग, उपाध्यक्ष खोप बहादुर गुरुङ्ग, नेपाल तामाङ्ग घेदुङ्ग कुवेतका अध्यक्ष सुन बहादुर तामाङ्ग, उपाध्यक्ष श्रीमान/श्रीमती अर्जुन तामाङ्ग, नेपालकुवेत साँस्कृतिक मञ्चकी उपाध्यक्ष प्रिती लामा, क्रेज नेपालका अध्यक्ष नबिन बराल, नेपालकुवेत मेनपावर एशोसियसनका अध्यक्ष बम बहादुर पुलामी, उपाध्यक्ष कल्याण श्रेष्ठ, महासचिव नवराज श्रेष्ठ, सचिव राजु खड्का, सल्लाहाकार राजु थापा, नयाँ नेपाल युवा क्लवका अध्यक्ष दिल बहादुर पुन, जन-जागृती युवा समाजका अध्यक्ष दिपक क्षेत्री, लालीगुराँसका निकट सहयोगी एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सदस्य शिव कुमार श्रेष्ठ र आईपिसीका नेपाली शिक्षक केदारनाथ खरेल हुनुहुन्थ्यो भनें पत्रकारहरुमा नेपालकुवेत डटकमका नवराज पन्थी, आनन्द आचार्य, अर्जुन बस्नेत र कुवेतनेपाल डटकमका शिवराम पौडेल, चन्द्र तामाङ्ग, डम्बर रिमाल, नारायण नेपाल र सुरेश गुरुङ्ग हुनुहुन्थ्यो ।

कार्यक्रमका प्रमुख झलकहरु केही समयमै अपलोड गर्नेछौं:

 

One response to “लालीगुराँस साँस्कृतिक परिवारको दोस्रो सांगितिक प्रस्तुती भव्यतापूर्वक सम्पन्न

  1. धन्यवाद जय सर् समाचार सम्प्रेसन गर्नु भएको मा।।। शायद कमै मात्र मा छन् होला सागर राई जि को कला अनी गला लाई मन नपराउने। असाध्यै राम्रो स्वर ले मन्च थर्काइ दिनु भयो।। प्रतिभा राम्रो छ सफलता को पाइला अगाडि बढाउदै जानु होला सागर जि! अनी सागर राइ जस्ता प्रतिभा सिल गायक को लालिगुरास परिवार ले सम्रछेण गर्नु जुरुरी छ।।। मलाई लाग्छ नयाँ कलाकार हरु सम्पूर्ण राम्रो हुनुहुन्छ।।।मलाई लाग्छ नयाँ कलाकारहरु को प्रस्तुती ले लालिगुरास लाई अझ सफलता मिल्ने नै छ। नबिन श्रेष्ठ,अस्मिता श्रेष्ठ,युबराज काफ्ले;जोहन दर्नाल आदी धन्यवाद कलाकार मित्र हरु मा सधैं सफलता मिल्दै जाओस शुभकामना छ मेरो तर्फबाट

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.