Daily Archives: 09/04/2011

लालीगुराँस साँस्कृतिक परिवारको दोस्रो सांगितिक प्रस्तुती भव्यतापूर्वक सम्पन्न


जय आले, कुवेत

नेपाली नयाँ वर्ष २०६८ लाई स्वागत र वर्ष २०६७ लाई बिदाइ गर्दै लालीगुराँस साँस्कृतिक परिवारले कुवेतवासी नेपालीहरुबीच शुभकामना सन्देश आदान प्रदानसहित आयोजना गरेको आफ्नो दोस्रो साँस्कृतिक प्रस्तुती ०८ अप्रिल २०११ को दिन, कुवेतको मालियास्थित एसिया एसिया होटलमा भव्यतापूर्वक सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एएफसी च्यालेन्ज कप फुटबल Live Update-नेपाल र उत्तर कोरिया


नेपालले  एएफसी च्यालेन्ज कप फुटबल अन्तरगत समुह डीको छनोट खेलमा आज आफ्नो दोश्रो खेल उत्तर कोरियासँग खेल्दै छ ।

सौजन्य: Kantipur TV (दशरथ रंगशालाबाट)

* ताजा गोल स्कोर हेर्नको लागी आफ्नो कम्प्युटर रिफ्रेश गर्नु होला, धन्यवाद !!

0     1

Live Update By: Narayan Nepal

बेलायती कलेजमा नेपाली पढाइ


लन्डन, चैत्र २५ – बेलायतमा नेपालीको आगमन बढिरहँदा यहाँका स्कुल कलेजले नेपाली विषयसमेत पढाउन सुरु गरेका छन् ।ब्रेन्ट साइड हाइ स्कुल, ग्रीनफोर्ड लन्डनमा यसै शैक्षिक सत्रदेखि जीसीएसई तह (एसएलसी सरह) मा नेपाली विषयको परीक्षा दिन पाइने भएको छ । नेपाली विद्यार्थी बढेपछि स्कुलको ‘डिपार्टमेन्ट अफ इथ्निक माइनोरिटी एचिभमेन्ट’ (ईएमए) ले परीक्षा दिन पाउने प्रबन्ध गरेको प्रशासकीय अधिकृत मुकुन्द सुनुवारले जनाए । पढ्नेक्रम जारी राख्नुहोस्

बस खस्दा २४ घाइते, ११ गम्भीर


विराटनगर, चैत्र २६ – झापाको लखनपुर-१ मा शनिबार दिउँसो एउटा बस पल्टँदा करिब दुई दर्जन यात्रु घाइते भएका छन् ।पूर्वबाट पश्चिमी गन्तव्यका लागि हिंडेको को १ ख २०६० नम्बरको बस अनियन्त्रित भइ सडकबाट १७ फिट तल खसेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

शेर्पा, सम्मान र सगरमाथा


काठमाडौ, चैत्र २६ – अंग्रेजी शब्दकोषहरूमा ‘शेर्पा’ शब्दका प्रायः दुईवटा अर्थ भेट्टाइन्छन् । पहिलोले जनाउँछ नेपालका हाम्रा शेर्पा दाजुभाइ/दिदीबहिनीलाई । अंग्रेजी भाषाको आधिकारिक मानिने शब्दकोष ‘अक्स्फोर्ड’ले ‘शेर्पा’लाई यसरी अथ्र्याउँछ, ‘नेपाल-तिब्बत सीमानामा बस्ने हिमाली जनसमुदायका सदस्य जो पर्वतारोहण क्षमताका लागि ख्यातिप्राप्त छन् । पढ्नेक्रम जारी राख्नुहोस्

स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धन लिम्बुवानमा


दमक, लिम्बुवान २०६७ चैत्र २३,
जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धनले पहिलो चरणको कार्यक्रमअर्न्तर्गत संविधान सभामा प्रस्तावित मस्यौदा प्रतिवेदनहरू’bout आफ्नो धारणा बनाई मुलुकैभरि छलफल गर्ने क्रममा २०६७ चैत्र २३ गते लिम्बुवानको दमक झापामा गठनबन्धन सदस्य दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को अध्यक्षतामा र सबै गठबन्दनका नेतृत्वहरूको आतिथ्यमा व्यापक सहभागिताका साथ एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । पढ्नेक्रम जारी राख्नुहोस्