हैदराबाद, चैत २५ (एजेन्सी)- चिकित्सकहरूले भारतीय आध्यात्मिक गुरु साईबाबाको स्वास्थ्य स्थिति स्थिर, तर गम्भीर भएको जनाउ दिइरहेका बेला धेरैमा एउटा खुल्दुली पैदा भएको छ- खर्बौँ सम्पत्तिका मालिक साईबाबाको शेषपछि को हुन्छ उत्तराधिकारी? साईबाबाका भतिजा आरजे रत्नाकर र उनका विश्वासपात्र के चक्रवर्ती उत्तराधिकारको दौडमा अग्रपंक्तिमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। रत्नाकर साईबाबाका भाइ जानकीरामका छोरा हुन् भने चक्रवर्ती सत्यसाई केन्द्रीय ट्रस्टका सचिव। साईबाबाका भाइ जानकीरामको पाँच वर्षअघि निधन भएपछि रत्नाकारलाई ट्रस्ट सदस्य बनाइएको थियो।
सत्तरीको दशकमा पहिलोपटक साईबाबालाई भेटेका पूर्वआइएसआई अफिसर चक्रवर्तीले अनन्तपुर जिल्लाको कलेक्टर भएका बेला उनीसँग घनिष्ठ सम्बन्ध बनाएका थिए। उनी ट्रस्ट स्थापनादेखि नै सदस्य छन्। सन् १९८१ मा चक्रवर्तीले सरकारी जागिर छाडेर ‘सत्यसाई इन्स्टिच्युट अफ हायर लर्निङ’ खोलेका थिए।
भारतीय सञ्चारमाध्यमहरूले पुट्टपर्तीबासी र अनुयायीमाझ रत्नाकरको राम्रो छाप रहेको र चक्रवर्तीको ट्रस्टमा राम्रो पकड रहेको बताएका छन्।
भारतीय दैनिक टाइम्स अफ इन्डियाले जानकीरामको मृत्युपछि चक्रवर्तीले साईबाबा तथा अनुयायी र स्थानीय बासिन्दाबीचको गतिविधिमा रोक लगाएको भनी स्रोतलाई उद्धृत गर्दै समाचार छापेको छ। पत्रिकाका अनुसार चक्रवर्तीले अनुयायीसँग भेट्न साईबाबालाई रोक्ने गरेका थिए।
को उत्तराधिकार बन्ने भन्ने’bout आन्तरिक संघर्ष चर्र्किएपछि आन्ध्र प्रदेश सरकारले ट्रस्ट आफ्नो मातहत ल्याउने योजना बनाइरहेको छ। सरकारी योजनाअनुसार भए सन् १९६६ मा परोपकार तथा धार्मिक चन्दा ऐन पारित गरेर तिरुमाला तिरुपती देवस्थानम्लाई राज्यमातहत ल्याइएझैँ राज्यसरकारले ट्रस्टलाई आफ्नो नियन्त्रणमा ल्याउनेछ।
सन् १९८७ को परोपकार तथा हिन्दु धार्मिक संस्था ऐनअनुसार आन्ध्र प्रदेश सरकारले कुनै पनि धार्मिक संस्थालाई आफ्नो अधीनस्थ ल्याउन सक्नेछ।
आन्ध्र प्रदेश राज्यसरकारले त्यसका लागि वरिष्ठ सरकारी अधिकारीको नेतृत्वमा पाँच सदस्यीय कमिटी गठन गरेको छ। पुट्टपर्ती पुगेको उक्त समूहले साईबाबाको शेषपछि ‘श्री सत्य साईबाबा केन्द्रीय ट्रस्ट’को हस्तान्तरण कार्य अनुगमगन गर्नेछ। हस्तान्तरण कार्यमा विवाद भए त्यसलाई सरकारमातहत ल्याउँदा अपनाउने प्रक्रिया’bout समूहले सिफारिस गर्नेछ।
ट्रस्टको वित्तीय विषयमा मूल्यांकन गर्न राज्य वित्तीय विभागका प्रमुख सचिव एलभी सुब्रमन्यमलाई खटाइएको छ। सरकारले ट्रस्टमा कति सम्पत्ति छ भन्ने थाहा नभएको जनाएको छ।
नेपाल, भारतलगायत विश्वभर साईबाबाका लाखौँ अनुयायी छन्। ट्रस्टसँग ४ खर्ब भारतीय रुपैयाँबराबर सम्पत्ति रहेको अनुमान छ। ट्रस्ट भारतमा तिरुपति मन्दिरपछि सबैभन्दा धनी धार्मिक ट्रस्ट मानिन्छ। विश्वभरमा १ हजार २ सय साईकेन्द्र छन्। ट्रस्टको स्वामित्वमा पुट्टपर्ती विमानस्थल र रेल्वे स्टेसन छ। सरकारले ट्रस्ट आफ्नो अधीनमा ल्याउँदा कुनै विवाद नदेखियोस् भनेर न्यायालयको समेत सहयोग लिने जनाएको छ।
ट्रस्टले अहिले विद्यालयदेखि विश्वविद्यालयसम्म सञ्चालन गरिरहेको छ। दुईवटा अन्तर्राष्ट्रिय स्तरका सुविधासम्पन्न अस्पताल, एउटा रंगशाला, खानेपानी योजनासमेत ट्रस्टले सञ्चालनमा ल्याएको छ। नब्बेको दशकको अन्त्यसम्म सबै प्रकारको सहयोग लिने गरेको ट्रस्टले सन् २००० पछि भने नगदमात्रै चन्दा लिने गरेको छ।
गत वर्षको नोभेम्बर २३ मा आफ्नो ८५ औँ जन्मदिन मनाएपछि साईबाबाले अनुयायीलाई दर्शन दिने क्रम ह्वात्तै घटाएका थिए। स्वास्थ्यमा समस्या आएपछि बाहिरबाट चिकित्सकको टोली बोलाएर उनको जाँच गरिए पनि ट्रस्टले यस’bout सार्वजनिक जानकारी दिएको थिएन। १० दिनअघि (मार्च २८) स्वास्थ्य समस्या बढेको देखिएपछि साईबाबालाई अस्पताल भर्ना गरिएको थियो। उनको स्वास्थ्य स्थिति’bout पछिल्लो समयमा पनि थोरै जानकारीमात्र सार्वजनिक गरिएको छ।
Posted By : Narayan Nepal Source : Nagariknews