सल्लेरीमा भिषण आगलागी, १२ घर खरानी


२० करोडभन्दा बढीको क्षति, उद्दारमा खटिएका ९ घाइते-

भानुभक्त निरौल,  सोलुखुम्बु, २५ चैत सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा गए राती भिषण अगलागी हुँदा १२ घर जलेर नष्ट भएका छन्। सल्लेरीको मध्यबजारमा रहेको शान्ति रेष्टुरेण्टबाट राती सवा दश बजेतिर सुरु भएको आगलागीका कारण २० करोड भन्दा बढीको क्षति भएको छ।आगो निभाउनका लागि उद्दारमा खटिएका ५ सुरक्षाकर्मी सहित ९ घाइते भएका छन्। घाइते हुनेमा नेपाली सेनाका ४, नेपाल प्रहरीका २ र ३ जना स्थानीय छन्।  आगो निभाउने क्रममा घाइते भएका सुरक्षाकर्मी र भागदौडमा घाइते भएका स्थानीयबासीको जिल्ला अस्पताल फाप्लुमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक सुदमकुमार सिजापतिले जानकारी दिए।

रातको समयमा रेष्टुरेण्टबाट शुरु भएको आगोले उग्ररुप लिए पछि नियन्त्रणमा लिन हम्मे हम्मे परेको थियो। रेष्टुराँसँगै जोडिएर रहेका घरहरुमा लागेको आगो नियन्त्रणका लागि सैयौको संख्यामा नेपाली सेना, नेपाल प्रहरी, रेडक्रसकर्मी र स्थानीयबासी परिचालित भए तापनि आगो निभाउनका लागि पानीको अभाव भएका कारण घरहरु जलेर नष्ट भएका हुन्। आगलागीसँगै ती घरहरुमा बस्ने घरधनी तथा डेरावालहरुको नगद, जिन्सी तथा महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएका छन् भने एक सय परिवार भन्दा बढी विस्थापित भएका छन्।

लामो समयको प्रयास पछि राति २ बजे डोजर लगाएर एउटा घर भत्काएर आगो अन्यत्र फैलन रोकिएको थियो। त्यसपछि मात्र आगो नियन्त्रणमा आएको थियो। विस्थापित परिवार अहिले नजिकै रहेको सल्लेरी गाविसको पाखामा पाल टागेर बसेका छन्। आगलागिका कारण नेपाल टेलिकमद्वारा सञ्चालित ल्याण्डलाइन टेलिफोन सेवा अवरुद्ध भएको छ।

Posted By : Narayan Nepal                                                            Source: Nagariknews

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.