मानवताका लागि आएँ


स्मिता मगर                    
 काठमाडौ, चैत्र २५ – सात समुद्र वारि-पारिका यी दुई चेलीको फरक समाज, जीवनशैली र अभियानले एउटै स्टेज पाउँछ भन्ने कमैले सोचेका थिए । बिहीबार अपराह्न भने सीएनएन हिरो अनुराधा कोइराला र हलिउड चर्चित नायिका डेमी मुर माइती नेपाल परिसरमा हातेमालो गर्दै  उभिए । एक-अर्काको सफलता र कार्यप्रति प्रभावित अनुराधा र डेमीमा यस्तो गहिरो माया गाँस्ने डोरी बनेको थियो, चेलीबेटी र बालबालिका बेचबिखनविरुद्धको अभियान । गत नोभेम्बरमा ‘सीएनएन हिरो अफ द इयर’ घोषित हुँदा अनुराधाको डेमीसँग पहिलो भेट भएको थियो । कार्यक्रममा ह्याप्पी टियर्स’ नायिकाले विश्वसामु ६२ वर्षीया अनुराधाको परिचय दिँदै भनेकी थिइन्, ‘हरेक दिन उनी मानवताको नाममा रहेको कलंकसँग लड्छिन् र भन्छिन्, ‘रोक, हाम्रा चेलीबेटी बेच्न रोक ।’ बिहीबार पत्रकार सम्मेलनमा उनीहरूको भूमिका बदलियो, उपस्थितमाझ डेमीको परिचय अनुराधाले दिइन् । 

कार्यक्रममा भेट हुँदा डेमीले चेलीबेटी बेचबिखनविरुद्ध अभियानका लागि नेपाल आउने प्रतिबद्धता जनाएकी थिइन् । ‘उनले मानवतामाथिको जघन्य अपराध सबै मिलेर अन्त्य गर्नुपर्छ भनेकी थिइन्,’ अनुराधाले सम्भिmन् । सात दिन नेपालमा सँगै बिताउँदा नायिकाको यस अभियानप्रति रहेको समर्पणले ‘यो समस्या नेपालबाट मात्र नभई विश्वबाटै उन्मूलन गर्न सक्ने विश्वास जागेको’ अनुराधाले थपिन् ।

अनुराधाबाट प्रशंसित भइरहँदा गहिरो मुद्रामा सुनेकी डेमीले मुस्कुराउँदै ‘सीएनएन हिरो अफ द इयर’ लाई ‘नेप्लिज लायोनेस (नेपालकी सिंहनी)’ भन्दै उनले नेपाल-भारत सीमामा चेलीबेटी बेचबिखनविरुद्धको कार्यको प्रशंसा गरिन् । ‘तपाईंहरू भाग्यमानी हुनुहुन्छ ’cause अनुराधा छिन्,’ ४८ वर्षीया नायिकाले भनिन्, ‘तर, उनी एक्लैले यो अपराध उन्मूलन गर्न सक्दिनन् ।’ बेचबिखन र दासतामा परेका झन्डै २ लाख ५० हजार नेपाली महिला बचाउन सबैको साथ र हातेमालो चाहिनेमा उनले जोड दिइन् ।

यौनका लागि बेचबिखनमा परेका बालबालिका उद्धार गर्न ‘डेमी एन्ड एस्टन फाउन्डेसन (डीएनए) बाट नायक पति एस्टन कुचसँग मिलेर अभियान सुरु गरेकी डेमीले समस्या विश्वकै रहेको बताइन् । त्यसैले मिडियालगायत सबैलाई बेचबिखनविरुद्ध लड्ने कामलाई प्राथमिकतामा पार्न आह्वान गरिन् । ‘महिला हरेक देशको मुटु हुन्, चेलीबेटीलाई बेचबिखनबाट बचाउन जाग्नैपर्छ,’ उनले भनिन्, ‘त्यसो गरिएन भने देश भत्किन्छ, खिइन्छ ।’

‘म यहाँ बिदा मनाउन आएको होइन’ भन्दै डेमीले अभियान क्रममा प्रधानमन्त्री झलनाथ खनालसँग पनि भेटिन् । ‘प्रधानमन्त्रीको प्रतिबद्धताबाट हौसिएकी छु,’ उनले भनिन् । अनुराधासँग सिक्न र उनको काम हेरेर विभिन्न स्थानमा लागू गर्न नेपाल आएकी बताउने उनले भैरहवा र लुम्बिनीको यात्रा पनि गरेकी थिइन् । भैरहवामा उनले उद्धार गरिएका चार चेलीलाई भेटेकी थिइन् । उनीहरूको आत्मकथाले धेरै प्रभावित र प्रेरित बनेको बताउँदै उनले भनिन्, ‘दोस्रो जीवन पाएका महिला र बालबालिकाको अनुहारमा देखिएको खुसीलाई भ्रमणको सबैभन्दा उत्कृष्ट क्षण मानेकी छु ।’

व्यक्तिगत प्रश्न सोध्न मनाही गरिएको कार्यक्रममा डेमीले भनिन्, ‘म सेलिबि्रटीकी रूपमा भन्दा पनि मानवताको साइनोले आएकी हुँ,  ताकि समाजमा सकारात्मक परिवर्तन ल्याउन सहभागी बन्न सकूँ ।’ सीएनएन टेलिभिजनले आधुनिक युगको दासताविरुद्ध वर्षभरका लागि सुरु गरेको अभियान ‘फ्रिडम प्रोजेक्ट’ का लागि वृत्तचित्र बनाउन पनि उनी नेपाल आएकी हुन् । नायिका बिहीबारै अमेरिका फर्किइन् ।

Posted by: Shiva Paudel

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.