जेठ १४ मा संविधान निर्माण कठिनः महरा


लालप्रसाद शर्मा                    
 पोखरा, चैत्र २५ – उपप्रधान तथा संचारमन्त्री कृष्णबहादुर महराले प्रक्रियागत रुपमा जेठ १४ मा संविधान बन्न नसक्ने बताएका छन् । राष्ट्रिय सहमति र राजनैतिक निर्णय भए समयमै संविधान बन्न पनि सक्ने भन्दै उनले राज्यको पुनर्संरचना र सेना समायोजनको मोडालिटी जस्ता विवादले संविधान निर्माणले गति लिन नसकेको बताए । क्रान्तिकारी पत्रकार संघले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री महराले संविधान बनाउने अबधि निकै कम भए पनि ठूलाठूला परिवर्तन राजनैतिक निर्णयमा हुदै आएको उदाहरणले राष्ट्रिय सहमति भएर संविधान बन्नेमा आफु विश्वस्त रहेको उल्लेख गरे । माओवादी संविधान सभाको म्याद थप्ने पक्षमा नरहेको उनको भनाई थियो ।

कांग्रेस लगायत अन्य पार्टीलाई पनि सरकारमा ल्याउने कोशीस भैरहेकाले सरकारलाई पुर्णता दिने काममा ढिलाई भएको दावी गर्दै महराले गृहमन्त्री माओवादीले नै पाउने बताए । 

महराले पत्रकार महासंघ कास्कीको निर्माणाधिन भवनको पनि शुक्रबारै अवलोकन गर्नुभयो । उहाँले सबै पक्षको सहयोगबाट भवन बन्न लागेकोमा खुशी ब्यक्त गदर्ैै सरकारको तर्फबाट पनि सक्दो सहयोगको आश्वासन दिए ।

 Posted by: Shiva Paudel

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.