Daily Archives: 08/04/2011

साइबाबा सिकिस्त, को हुन्छ उनको खर्बौंको सम्पतिको उत्तराधिकारी?


हैदराबाद, चैत २५ (एजेन्सी)- चिकित्सकहरूले भारतीय आध्यात्मिक गुरु साईबाबाको स्वास्थ्य स्थिति स्थिर, तर गम्भीर भएको जनाउ दिइरहेका बेला धेरैमा एउटा खुल्दुली पैदा भएको छ- खर्बौँ सम्पत्तिका मालिक साईबाबाको शेषपछि को हुन्छ उत्तराधिकारी?  साईबाबाका भतिजा आरजे रत्नाकर र उनका विश्वासपात्र के चक्रवर्ती उत्तराधिकारको दौडमा अग्रपंक्तिमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

सल्लेरीमा भिषण आगलागी, १२ घर खरानी


२० करोडभन्दा बढीको क्षति, उद्दारमा खटिएका ९ घाइते-

भानुभक्त निरौल,  सोलुखुम्बु, २५ चैत सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा गए राती भिषण अगलागी हुँदा १२ घर जलेर नष्ट भएका छन्। सल्लेरीको मध्यबजारमा रहेको शान्ति रेष्टुरेण्टबाट राती सवा दश बजेतिर सुरु भएको आगलागीका कारण २० करोड भन्दा बढीको क्षति भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मानवताका लागि आएँ


स्मिता मगर                    
 काठमाडौ, चैत्र २५ – सात समुद्र वारि-पारिका यी दुई चेलीको फरक समाज, जीवनशैली र अभियानले एउटै स्टेज पाउँछ भन्ने कमैले सोचेका थिए । बिहीबार अपराह्न भने सीएनएन हिरो अनुराधा कोइराला र हलिउड चर्चित नायिका डेमी मुर माइती नेपाल परिसरमा हातेमालो गर्दै  उभिए । एक-अर्काको सफलता र कार्यप्रति प्रभावित अनुराधा र डेमीमा यस्तो गहिरो माया गाँस्ने डोरी बनेको थियो, चेलीबेटी र बालबालिका बेचबिखनविरुद्धको अभियान । गत नोभेम्बरमा ‘सीएनएन हिरो अफ द इयर’ घोषित हुँदा अनुराधाको डेमीसँग पहिलो भेट भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

रोहित घाइते, उत्तर कोरियासँग खेल्न नसक्ने


काठमाडौं, चैत २५ – नेपाली टोलीका स्टार रक्षक रोहित चन्दले चोटका कारण शनिबार विश्वकप खेलेको उत्तर कोरियाविरुद्धको खेल गुमाउने भएका छन्।   दोस्रो हाफमा कुर्कुच्चामा चोट बोकेका उनको उपस्थिति श्रीलंकाविरुद्धको खेलका लागि बढी आवश्यक भएकाले प्रशिक्षक ग्राहम रोबर्टस शनिबार उनलाई आराम दिने योजनामा रहेको टिमस्रोतले नागरिकलाई बतायो। पढ्नेक्रम जारी राख्नुहोस्

जेठ १४ मा संविधान निर्माण कठिनः महरा


लालप्रसाद शर्मा                    
 पोखरा, चैत्र २५ – उपप्रधान तथा संचारमन्त्री कृष्णबहादुर महराले प्रक्रियागत रुपमा जेठ १४ मा संविधान बन्न नसक्ने बताएका छन् । राष्ट्रिय सहमति र राजनैतिक निर्णय भए समयमै संविधान बन्न पनि सक्ने भन्दै उनले राज्यको पुनर्संरचना र सेना समायोजनको मोडालिटी जस्ता विवादले संविधान निर्माणले गति लिन नसकेको बताए । क्रान्तिकारी पत्रकार संघले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री महराले संविधान बनाउने अबधि निकै कम भए पनि ठूलाठूला परिवर्तन राजनैतिक निर्णयमा हुदै आएको उदाहरणले राष्ट्रिय सहमति भएर संविधान बन्नेमा आफु विश्वस्त रहेको उल्लेख गरे । पढ्नेक्रम जारी राख्नुहोस्

आइतबारसम्म मन्त्रिपरिषद् पूर्ण गराउन तीन दल तयार


काठमाडौं, चैत २५ (नागरिक) – प्रधानमन्त्री झलनाथ खनाल, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव आइतबारसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिन सहमत भएका छन्। बिहीबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा भएको वार्तामा नेताहरु मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिन सहमत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए।  पढ्नेक्रम जारी राख्नुहोस्