राष्ट्रपतिको अभिव्यक्ति मर्यादा बाहिरः उपेन्द्र


राजबिराज, चैत्र २४ – मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिका अभिब्यक्तिहरु मर्यादा बाहिर रहेको आरोप लगाएका छन् ।पार्टीका सप्तरी संगठन भित्रको बिवाद मिलाउन राजबिराज आएका अध्यक्ष यादवले बिहीवार बिहान संचारकर्मीहरु संग कुरा गर्दै राष्ट्रपति यादवले काँग्रेसलाई मिलाएर जानु पर्ने भनि दिएको अभिब्यक्ति राष्ट्रपतिको हैसियतमा भन्दा काँग्रेस पार्टीका शुभचिन्तकको हैसियतमा आएको टिप्पणी गरे ।

राष्ट्रपति यादवले केही दिन अघि मात्र दूई तिहाई बहुमतले मात्र नभई नेपाली काँग्रेसलाई लगायतलाई मिलाए संबिधान जारी गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । राष्ट्रपतिको उक्त अभिब्यक्ति प्रति टिप्पणी गर्दै यादवले भने – ‘राजवादी तथा केही यथास्थितीवादीहरुले नयाँ संबिधान बन्न नदिन षडयन्त्र गरिरहेका छन् । राष्ट्रपतिले संबिधान बाहिर गएर दिने यस्ता अभिब्यक्तिले त्यस्तै खाले अराष्ट्रय तत्वलाई मात्र सहयोग पुर्‍याउँछ ।’

वर्तमान संबिधानमा दुई तिहाई बहुमतबाट संबिधान जारी गर्न सकिने ब्यवस्था भएपनि राष्ट्रपतिले कांग्रेसलाई सहमतिमा ल्याएर मात्र संबिधान जारि गर्न मिल्ने भन्नु अनुचित भएको उनको भनाई थियो । भारत तर्फ ईंगित गर्दै यादवले भने -दक्षिणपन्थी धारले मुलुकमा संबिधान जारि हुन नदिन नाईटो सम्मको बल लगाएको छ । राष्ट्रपतिको अभिब्यक्तिले संबिधान बन्न नदिने त्यस्ता शक्तिहरुलाई नै बल मिलेको उनका कथन थियो ।

Posted by : DPR                                                          Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.