नेपाल र भारत बिचको सुरक्षा बैठक आज सकिँदै


काठमाडौं/२४ चैत, द्धिपक्षीय सुरक्षा चासो ’bout छलफल गर्न भारतको पुणेमा बसेको नेपाल-भारत द्धिपक्षीय परामर्श समूहको आठौं बैठक आज सकिँदैछ । हरेक वर्ष आलोपालो दुवै देशमा हुने बैठकमा नेपालका तर्फबाट १५ सदस्यीय टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव हरिकुमार श्रेष्ठको गर्नु भएको छ । नेपाली टोली मंगलबार त्यता गएको हो । टोलीमा चारवटै सुरक्षा निकायका प्रतिनिधिका अलावा अर्थ,रक्षा र गृहमन्त्रालयका अधिकारी सामेल छन् ।

भारतका तर्फबाट बैठकमा विदेश मन्त्रालयका सहसचिव शतीस मेहता नेतृत्वको टोली सहभागी छ । बुधबारदेखि सुरु भएको दुई दिने औपचारिक बैठकमा भारतले सीमा क्षेत्रमा अपराध बढेको भन्दै एकीकृत सुरक्षा जाँचचौकी राख्ने विषयमा सहमति जनाउन नेपाली टोलीलाई दवाव दिएको बुझिएको छ । यस्तै उसले वीरगञ्जमा निर्माणकार्य सुरु भएर रोकिएको सुरक्षा जाँचचौकी निर्माणमा स्थानीय नेपालीले अवरोध पुर्‍याएको विषयमा गम्भीर चासो देखाएको स्रोतले जनाएको छ । स्थानीय बासिन्दाले केही समयअघि जग्गाको उचित मुअव्जा माग गर्दै चेकजाँच निर्माण कार्यको विरोध गरेपछि भारतले काम रोकेको थियो ।

भारतले पाकिस्तानी गुप्तरचर संस्था ‘आइएसआइ’ ले नेपालमा भारतीय जाली नोटको बारोबार गरिरहेको दावी गर्दै त्यसलाई रोक्ने विषयमा नेपालको सहयोग मागेको बताईएको छ । नेपालले भने बैठकमा तराईमा जारी सशस्त्र समूहहरुको गतिविधि र सीमा अपराध नियन्त्रणमा प्रभावकारी सहयोग गर्न भारतसित कुरा राखेको बताईको छ । यस्तै भारतीय सीमा सुरक्षबल एसएवीले नेपाली भूमीमा प्रवेश गरी शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै नेपाल सरकारको अनुमति बेगर प्रवेश नगर्न अनुरोध गरेको छ । यस्तै तात्कालीन राजा ज्ञानेन्द शाहले सत्ता हातका लिएपछि रोकिएको भारतीय प्रतिरक्षा सहयोग सुचारु गर्ने ’bout पनि छलफल हुने परराष्ट्र स्रोतले जनाएको छ ।

Posted by: अमर गुरुङ, कुवेत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.