साईबाबा सिकिस्त


नेस/काठमाडौं, भारतीय धर्मगुरु साईबाबाको अवस्था चिन्ताजनक रहेको उपचारमा जुटेका चिकित्सकहरूले जनाएका छन् । ८५ वषीय बाबालाई भारतको प्रशान्तिग्रामस्थित श्री सत्यसाई इन्सिटच्युट अफ हाइयर मेडिकल साइन्स अस्पतालमा राखिएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि यही चैत १४ गते उहाँलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साईबाबाको छाती र फोक्सोमा समस्या देखिएको छ ।

मिर्गैला सञ्चालनमा सहयोगका लागि गरिएको सीआरआरटीबाट कुनै सुधार नभएको चिकित्सकहरूले बताएका छन् । सत्य साई इन्सिटच्युट अफ हाइयर मेडिकल साइन्सेजका निर्देशक डा. एएन सफायाले स्वास्थ्य बुलेटिनमा साईबाबाको मुटु पेसमेकर र फोक्सो रेस्पिरेटरको सहायताले चलिरहेको बताउनुभएको छ ।

सरकारी डाक्टर रविराजले यसअघि भारत र विश्वभरका अनुयायीलाई उहाँको स्वास्थ्यस्थिति सुधार हुँदै आएको बताउनुभएको थियो । उहाँको रक्तचाप सामान्य रहे पनि पिसाबमा युरियाको मात्रा धेरै रहेकाले डायलोसिसको आवश्यकता रहेको बताइएको छ । उहाँले आफूलाई शिरडी बाबाको अवतार बताउँदै आउनुभएको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. किरणकुमार रेड्डी र गभर्नर इ. एसएल नरसिंहको निर्देशनमा डा. रविराजको नेतृत्वमा चारसदस्यीय विशेषज्ञ टोली उहाँको उपचारमा संलग्न छ । अस्पताल’round कडा सुरक्षाप्रबन्धका लागि करिब ५ हजार प्रहरी परिचालन गरिएका छन् ।

साईबाबाका अनुयायीहरू उहाँको स्वास्थ्यस्थिति बुझन ठूलो संख्यामा दक्षिण भारतस्थित उहाँको आश्रममा पुगेका छन् । यसैबीच प्रहरीले र्साईबाबाको आश्रम रहेको पुट्टपर्ती नगरमा निषेधाज्ञा जारी गरेपछि पूरै नगरमा कर्फयुको जस्तो स्थिति देखिएको छ । त्यहाँका पसल बन्द छन् भने सवारीसाधनको आवागमनमा प्रहरीले कडा नियन्त्रण गरेको छ । साईबाबाका अन्तर्राष्ट्रिय क्षेत्रमा अत्यधिक संख्यामा अनुयायी रहेका छन् ।

चमत्कारीपन र सेवाभावका कारण उहाँलाई देवताका रूपमा पुज्ने गरिन्छ । साईबाबाका नाममा १ सय ३० भन्दा बढी मुलुकमा विभिन्न संस्था सञ्चालन गरिएका छन् ।

Posted by: Jay Ale

3 responses to “साईबाबा सिकिस्त

  1. Get Well Soon BABA !!!
    We Love you Always !!!!
    Every Our Step we need you !!!!
    Get Well Soon BABA !!!

  2. long live sai baba & get well soon

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.