आयोजना खर्च १ करोड


काठमाडौ, चैत्र २३ – एएफसी च्यालेन्ज कप छनोट आयोजनामा करिब १ करोड रुपैयाँ खर्च हुने भएको छ । सबैभन्दा धेरै टिम व्यवस्थापन र मैदान मर्मत सम्भारमा खर्च हुने एन्फाले मंगलबार जनाएको छ । दुई वर्षअघि च्यालेन्ज कप छनोट आयोजनामा लागेको खर्चको तुलनामा यसपल्ट दोब्बर बढी लाग्ने एन्फा अध्यक्ष गणेश थापाले बताए, ‘महँगी चुलिएको छ ।

होटललगायत सबैको मूल्यवृद्धि भएकाले खर्च बढेको हो । विगतजस्तै आम्दानी गर्नसक्ने स्थिति यसपल्ट छैन ।’ नेपाली राष्ट्रिय टिमको दुई महिना लामो बन्द प्रशिक्षणले पनि खर्च बढेको उनले बताए ।

सहभागी चार टिम व्यवस्थापनका लागि २० हजार अमेरिकी डलरका दरले एसियाली फुटबल महासंघ (एएफसी) ले कुल ८० हजार डलर -करिब ५७ लाख २८ हजार रुपैयाँ) दिने बताइएको छ । पाँच लाख रुपैयाँ युवा तथा खेलकुद मन्त्रालयले दिनेछ । ‘बीस लाख रुपैयाँ टिकट बिक्रीबाट प्राप्त हुने आस छ,’ च्यालेन्ज कप र प्रेसिडेन्ट्स कप आयोजक प्रमुखसमेत रहेका थापाले भने, ‘त्यसैले टिकटको मूल्यवृद्धि गरेका छौं ।’

एक सय र २ सयबाट टिकटको मूल्य २ सय र ५ सय रुपैयाँ पुर्‍याइएको छ । खेलकुदबाहेकका कार्यक्रमले दयनीय भएको दशरथ रंगशाला नसोचेको स्थितिमा ल्याएको र अन्तर्राष्ट्रिय मापदण्डको भएकैले म्याच कमिस्नरले खेल आयोजनाका लागि मैदान स्वीकृत गरेको थापाले बताए ।

‘सशस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा २ ड्रेसिङ रुम निर्माण गरिएको छ,’ एएफसीको उपाध्यक्षसमेत रहेका थापाले भने, ‘त्यसैले हाम्रो आग्रहअनुसार सरकारले २५-३० लाख रुपैयाँ उपलब्ध गराउने आश्वासन दिएको छ ।’ नेपाल, उत्तर कोरिया, श्रीलंका र अफगानिस्तान सहभागी छनोट समूह ‘डी’ का ३-३ खेल दशरथ रंगशाला र हल्चोक मैदानमा हुनेछन् ।

सुरक्षामा चासो

‘विगतमा विभिन्न प्रतियोगिताको आयोजना सुरक्षित नहुँदा दसौं हजार डलर जरिवाना तिरेका छौं,’ एन्फा अध्यक्ष गणेश थापाले भने, ‘त्यसैले यसपल्ट सबैसँग राम्रो व्यवहारको आस गरेका छौं ।’

प्यारापिटबाट ढुंगा, पानीका बोतल, सिक्का प्रहार गर्ने विगतका अशोभनीय प्रवृत्ति दोहोरिन नदिन एन्फा फेरि सतर्क भएको छ । उसले दर्शकका लागि हेलमेट, पानीका बोतल, बोतलजन्य वस्तु, जुसका प्याकेट, ब्याग, छाता, पेन, सिक्का, चुरोट, लाइटर र सलाई रंगशाला भित्र्याउन निषेध गरेको छ ।

विदेशी टिम काठमाडौंमा

च्यालेन्ज कप छनोटमा सहभागी हुने उत्तर कोरिया र अफगानिस्तानका टिम मंगलबार काठमाडौं आइपुगेका छन् भने श्रीलंकाली टोली सोमबारै आएको थियो ।

 

    मिति    खेल    समय    स्थान

    २४ चैत    उत्तर कोरियाविरुद्ध श्रीलंका    १५:३०    हल्चोक

    अफगानिस्तानविरुद्ध नेपाल    १५:३०    दशरथ रंगशाला

    २६ चैत    नेपालविरुद्ध उत्तर कोरिया    १५:३०    दशरथ रंगशाला

    श्रीलंकाविरुद्ध अफगानिस्तान    १५:३०    हल्चोक

    २८ चैत    नेपालविरुद्ध श्रीलंका    १५:३०    दशरथ रंगशाला

    उत्तर कोरियाविरुद्ध अफगानिस्तान    १५:३०    हल्चोक

Posted by; Shiva Paudel

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.