Daily Archives: 06/04/2011

कुरा प्रजनन अधिकारको…


– आभा सेतु सिंह

नेपालको संविधानले विश्वका कतिपय विकसित मुलुकमा नभएको महिलाको प्रजनन अधिकारलाई मौलिक हकका रूपमा स्थापित गरेको छ । अन्तरिम संविधानको धारा २० ले नेपालभित्र बसोबास गर्ने सबै महिलालाई आमा बन्ने अधिकार प्रदान गरेको छ । तर, जेलको एकान्त भोगिरहेका महिलालाई नि ? पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकामा एक नेपालीको गोली हानी हत्या


लसएन्जलस । झापाको महारानी- ७ दुरामाढी स्थायी घर भएका २३ वर्षीय रोशन भण्डारीको अमेरिकाको लसएन्जलस सहरमा मंगलबार गोली हानी हत्या भएको छ । दुइ वर्ष अघि डिभी परेर त्यहा गएका भण्डारी लसएन्जलसस्थित एक पसलमा कार्यरत थिए । स्थानीय अपराधीहरुको एक समूहले पसल अगाडि गाडी चढ्न लागेका बेला भण्डारीमाथि गोली हानेका थिए । उनको घटनास्थलमै ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

‘कुवेत गएका’ थुप्रै युवती हराए


रुद्र खड्का/निर्मल घिमिरे,

 बर्दिया,- विदेश जानुअघि एक वर्षपहिले गुलरिया-१ बेलगाडीकी १७ वर्षीया राजकुमारी चौधरीले बुबाआमालाई भनेकी थिइन्, ‘पैसा कमाएर टायल किन्ने पैसा पठाइदिन्छु, घर छाउन।’  आफ्नी ‘राजकुमारी’ को विदेशमा कमाएर पैसा पठाउने ढिपी बुबाआमाले टार्न सकेनन्। खरको छानाबाट बर्सेनि बर्खामा पानी जो चुहिन्थ्यो! गाउँकै दलाल नारायण सुनार र डिलाराम पौडेलले राजकुमारीलाई ‘कुवेत लगिदिने’ भन्दै थिए। उनीहरूले बुबाआमालाई फकाए पनि, ‘कुवेतमा राम्रो काम पाइन्छ, कामअनुसारै पारिश्रमिक पनि।’ पढ्नेक्रम जारी राख्नुहोस्

भरतपुरमा गोली हानेर पेट्रोल पम्पका कर्मचारीको हत्या


रमेशकुमार पौडेल, चितवन, चैत २३- गोली प्रहारबाट आज बिहानै चितवनमा पेट्रोल पम्पका एक कर्मजारीको हत्या भएको छ। भरतपुर नगरपालिकाको वडा नं. १ रामनगरमा रहेको जगदम्बा पेट्रोल पम्पका म्यानेजर भरत घिमिरेको गोली प्रहारबाट मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ। घटना बिहान साढे चार बजे भएको थियो। लुटेरा समूहले गोली चलाएको प्रहरीको भनाइ छ। पढ्नेक्रम जारी राख्नुहोस्

आयोजना खर्च १ करोड


काठमाडौ, चैत्र २३ – एएफसी च्यालेन्ज कप छनोट आयोजनामा करिब १ करोड रुपैयाँ खर्च हुने भएको छ । सबैभन्दा धेरै टिम व्यवस्थापन र मैदान मर्मत सम्भारमा खर्च हुने एन्फाले मंगलबार जनाएको छ । दुई वर्षअघि च्यालेन्ज कप छनोट आयोजनामा लागेको खर्चको तुलनामा यसपल्ट दोब्बर बढी लाग्ने एन्फा अध्यक्ष गणेश थापाले बताए, ‘महँगी चुलिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

साईबाबा सिकिस्त


नेस/काठमाडौं, भारतीय धर्मगुरु साईबाबाको अवस्था चिन्ताजनक रहेको उपचारमा जुटेका चिकित्सकहरूले जनाएका छन् । ८५ वषीय बाबालाई भारतको प्रशान्तिग्रामस्थित श्री सत्यसाई इन्सिटच्युट अफ हाइयर मेडिकल साइन्स अस्पतालमा राखिएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि यही चैत १४ गते उहाँलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्