Daily Archives: 05/04/2011

विश्वकपमा अब १० राष्ट्रमात्र


मुम्बई, चैत २२ (एजेन्सी)- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आउने दुई विश्वकपमा १० टोलीको मात्र सहभागिता रहने निर्णय गरेको छ। ५० ओभरमा आधारमा खेलाइने विश्वकपको आउँदो संस्करण सन् २०१५ अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त आयोजना गर्नेछन् भने २०१९ को विश्वकप इङ्ल्यान्डमा हुनेछ। पढ्नेक्रम जारी राख्नुहोस्

कङ्गोमा राष्ट्रसंघीय विमान दुर्घटना, एकजना बाँचे


चालक सहित ३२  जनाको मृत्यु-
कङ्गो, चैत २२ (एजेन्सी)- राष्ट्रसंघीय विमान कङ्गोमा दुर्घटना हुँदा एकजना बाँच्न सफल भएका छन् ३२ जनाको मृत्यु भएको छ। दुर्घटनामा बाँचेका व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ। राष्ट्रसंघीय शान्ति रक्षकदूत एलियन ले रोयले विमानमा सबै राष्ट्रसंघमा काम गर्नेहरु रहेको जनाएका छन्। विमानमा २९ यात्रु र ४ चालक दल सदस्य थिए। पढ्नेक्रम जारी राख्नुहोस्

एसएलसी परीक्षामा १४ वर्ष मुनिका एक हजार विद्यार्थी!


भक्तपुर, चैत २२- केही दिन अगाडि सम्पन्न एसएलसी परीक्षामा झन्डै एक हजार विद्यार्थी १४ वर्षमुनि रहेको पाइएपछि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले छानबिन सुरु गरेको छ। परीक्षामा सामेल हुन १५ वर्ष उमेर पुग्नुपर्ने प्रावधान छ।
तर हालै सम्पन्न एसएलसी परीक्षामा करिब एक हजार एक सय विद्यार्थी १४ वर्षमुनि रहेको पाइएपछि परीक्षा नियन्त्रण कार्यालयले छानबिन सुरु गरेको परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्