दिननाथ बराल/पोखरा, बर्षायाम सुरु हुन लाग्दासम्म पनि पर्यटकिय नगरी पोखराका सडकहरु मर्मत हुन नसक्दा दिदानु दिन जिर्णबन्दै गएका छन् । अब्यवस्थित रुपमा सडकमा खनेर तार तथा पानीको लाईनलको लागि त्यसै छाड्दा तथा सामान्य रुपमा भत्की खाल्टा खुल्टी भएका सडकहरु समयमै मर्मत हुन नसक्दा पोखराका सडकहरु दिनानु दिन जिर्णबन्दै गएका हुन् ।
पोखराको सिर्द्धार्थ चोकदेखि नालाको मुख सम्मको सडकमा हिजो आज सवारी साधनहरु चलाउन कठिनाई परेको छ भने स्थानीय बासिहरुलाई समेत सडक भत्केकाले निकै गा-रो भएको स्थानीय बासिहरुले बताएका छन्। पोखराको रामकृष्ण टोलका स्थानीय भागवत प्रसाद जैसवालले उक्त क्षेत्रमा सडक भत्केकोले पटक पटक सडक जाम हुने हुदा आफ्नो ब्यावसायलाई समेत जोखिममा पारेको गुनासो गर्नु भएको छ । उहाँले सडक दुर्घटना हुने गरेको बताउदै पानी परेको समयमा धेरै मोटरर्साईकलहरु समेत लडने गरेको बताउनु भयो । त्यस्तै ग १ च् २१२२ नम्बरका सवारी चालक रिम भुजेलले सडकमा भएका साना खाल्टा खुल्टीहरु समयमै मर्मत हुसन नसक्दा आफहुरुलाई सवारी साधन हाक्न निकै कठिनाई परेको बताउदै आफ्नो सावरी साधनहरुको पट्टा समेत भाचिने गरेको गुनासो गर्नु भयो ।
पोखराको ब्यस्त बजार महेन्द्रपुलमा बिगत एक महिना भन्दा बढी समय देखि खनियको सडकमा पुन मर्मत हुन सेकको छैन । पोखराको रामघाट देखि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा जाने गिता शान्ति मार्ग को सडक बिगत डेड बर्षेखि जिर्णबन्दै गएका कारण बिरामीहरुलाई अस्पताल पुराउन समेत निकै गारो हुने गरेको स्थानीय कृष्ण गिरीले बताउनु भयो । पोखराका जिर्ण अवस्था बन्दै गएका सडकहरु पोखरा उपमहानगरपालिका को जिम्मामा रहेका सडकहरु नै रहेका छन्। पोखरा उपमहानगरपालिका कार्यालयका इन्जिनियर तथा नगर योजनाकार सारदामोहन काफ्लेले अबको एक हप्तामा पोखराका मूख्य क्षेत्रमा जिर्णभएका केहि भागमा सडकमा देखिएका खाल्टा खुल्टी टालटुल गर्ने बताउनु भयो ।
Posted by: अमर गुरुङ, कुवेत