सेरिललाई चिन्दिनन् जेनिफर


एजेन्सी                     
 लस एन्जल्स, चैत्र २२ – ‘फाइट फर दिस लभ’ गायिका सेरिल कोल’bout नसुन्ने कमै होलान् । ब्रिटिस रियालिटी टीभी शो ‘एक्स फ्याक्टर’ का निर्णायकमध्ये एक यी स्टाइल आइकनलाई पूर्वपति फुटबलर एस्ले कोलसँगको सम्बन्धले पनि विश्वभर चर्चामा ल्यायो । गायन, फेसन र सुन्दरताका लागि चर्चित उनलाई ल्याटिन-अमेरिकी गायिका जेनिफर लोपेजले भने ‘चिन्दी रहिनछिन्’ ।

अमेरिकामा सुरु हुन लागेको म्युजिकल ट्यालेन्ट हन्ट शो ‘एक्स फ्याक्टर यूएसए’ मा पनि निर्णायक रहने २७ वर्षीया सेरिल र उनको म्युजिक’bout आफूलाई केही थाहा नभएको जेनिफरले बताएकी छन् । हलिउड र अमेरिकी दर्शकसँग सम्बन्ध गाँस्न डान्स पार्टनर तथा अनमानित ब्वाइफ्रेन्ड डेरेक ह्युको सहयोग लिएर लस एन्जल्स जीवनशैलीमा भिज्न प्रयासरत सेरिलको ‘इफ यू ह्याड माई लभ’ स्टार जेनिफरसँग भेटघाट भएको छैन ।

‘केही दिनअघि कसैले मलाई सेरिल’bout बताएको थियो,’ ४१ वर्षीया जेनिफरले भनिन्, ‘उनी गायिका हुन्, हैन ?’ आफूलाई सेरिल’bout त्यति थाहा नभएको दाबी गर्दै उनले थपिन्, ‘मैले उनको म्युजिक सुनेकी छैन । उनी र उनको म्युजिक’bout जान्न चाहन्छु ।’ बि्रटिस ब्यान्ड ‘गल्र्स अलाउड’ की गायिका’bout नसुन्नु उनको घमण्ड भने होइन । केही समययता जेनिफरलाई ‘सास फेर्ने फुर्सत छैन’ । 

‘एक्स फ्याक्टर’ को प्रतिस्पर्धी कार्यक्रम ‘अमेरिकन आइडल’ मा निर्णायक रहेकी जेनिफरले भर्खर मात्र ‘अन द फ्लोर’ सिंगल रिलिज गरेकी छन् । यसको प्रचारप्रसार र आफ्नो परफ्युमको कार्यमा व्यस्त दुई सन्तानकी आमा उनले सार्वजनिक समारोहहरूमा समय बिताउन पाइरहेकी छैनन् । यही व्यस्तताले मन मिल्ने साथी भिक्टोरिया बेखमलाई छोरीकी आमा बन्न लागेकामा बधाईसमेत दिन नपाएको जेनिफरले बताइन् ।

‘भिक्टोरियालाई नभेटेको एक जुग भयो,’ जेनिफरले भनिन् । जे होस्, बि्रटिस सेलिब्रिटी जोडी भिक्टोरिया र डेभिडकी निकट मित्र रहेकी जेनिफरलाई सेरिललाई राम्ररी चिन्ने मौका भने अवश्यै मिल्नेछ ।

 Posted by: Shiva Paudel

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.